गोलबजार, १९ पुस । लगातारको शीतलहरका कारण सिरहा लगाएत तराइको जनजीवन प्रभावित बनेको छ । पछिल्लो एकसाताभन्दा लामो समयदेखि लागेको कुहिरो र सितलहरले चिसो बढाएपछि जिल्लाका सम्पूर्ण विद्यालयहरु बन्द गराएका छन् ।
चिसो बढेको चार सय २३ सामुदायीक विद्यालय तीन दिनकालागि बन्द गरिएको हो । कठ्यांग्रीने चिसोका कारण विद्यार्थीपनि कम आउने र शिक्षकहरुलाई पनि पढाउन समस्या हुने गरेपछि तीन दिनको लागि विदा दिएको जिल्ला शिक्षा अधिकारी महेन्द्र महतोले जानकारी दिए ।
दिनभरीजासे तुसारो खस्ने र हल्का चिसोहावाचल्दा अत्यधिक चिसो हुन थालेपछि विद्यालय विदा दिएको शिक्षा अधिकारीले बताए । विद्यालय आउने साना नानीहरु चिसोले आउनै नसक्ने भएपछि विद्यालय खोलिराख्नु उपयुक्त नभएको भन्दै तत्काललाई आइतबार सम्म र मौसमा फेरवदल नभए विदा अझै थपीने शिक्षा अधिकारी महतोले जनाए ।
जाडोले बालविलिका र वृद्धवृद्धा बढी प्रभावित हुने गरेको छ । जिसोका कारण जिल्लाका विभिन्न अस्पताल तथा क्लिनिक हरुमा जाडोको विरामी बढेको जनाएको छ । बिहानदेखि अत्यधिक चिसो बढेको छ । चिसो बढेपछि लहान नगरपालिकाको बजार क्षेत्रमा सशस्त्र प्रहरी वेश लहानले दाउरा बितरण गरेको छ ।
सशस्त्र प्रहरी निरीक्षक अनिरुद्र हजराको नेतृत्वमा बजारमा आगो व्यवस्थापन गर्न सुरक्षाकर्मी परिचालन गरिएको सशस्त्र प्रहरी उपरीक्षक निरंकार शुक्लाले बताए । एक्कासी अत्यधिक चिसो बढेपछि अत्यधिक चाप हुने सरकारी कार्यालयहरुमा समेत सेवाग्राही देखिदैनन् ।
मंगलबार रातिदेखि हावा चलेका कारण बुधवार बिहानदेखि नै सिरहामा चिसो बढेको हो । नगरपालिका बासिन्दालाई चिसोबाट प्रभावति हुन नदिन लहान नगरपालिका र जिल्ला बन कार्यालयले समेत दाउरा बितरण गरिरहेको लहान नगरपालिकाका मयर मुनि साहले बताए । चिसोले बालबालिका, वृद्ध, वृद्धा र बिरामीहरु बढी प्रभावित भएका छन् ।
--
Posted By मार्गानुगामी राष्ट्रिय दैनिक to Marganugami Daily at 1/03/2018 07:47:00 PM
No comments:
Post a Comment