/ Undifined / [Marganugami Daily] चिसोले सिरहाका सामुदायिक विद्यालय एक साता बन्द, निजीले बन्द गर्न मानेन

[Marganugami Daily] चिसोले सिरहाका सामुदायिक विद्यालय एक साता बन्द, निजीले बन्द गर्न मानेन

कमलेश यादब
सिरहा, २३ पुस । कुहिरो तथा शितलहरका कारण जिल्लाको जनजीवन कष्टकर वनेपछि जिल्लाका सामुदायिक विद्यालय एक साताको लागि मन्द गरिएको छ । पछिल्लो दुई साताभन्दा लामो समयदेखि हुस्सु तथा शितलहर कारण विद्यालयसम्म विद्यार्थी कम आउन थालेपछि माघ १ गतेसम्मका लागि बन्द गरिएको जिल्ला शिक्षा कार्यालय सिरहाले जनाएको छ ।
बढ्दै गएको चिसोका कारण सामुदायिकमा बिद्यार्थीहरुको उपस्थिति कम भएको र आबजाबतमा समेत समस्या हुन थालेपछि मध्य नजर गर्दै बिभिन्न शिक्षक संघसंगठन र जिल्ला शिक्षा कार्यालयले आज (आइबार) देखी माघ १ गतेसम्मका लागि सम्पूर्ण सामुदायिक बिद्यालय बन्द गर्ने निर्णय गरिएको शिक्षा अधिकारी महेन्द्र महतोले जानकारी दिए ।
सिरहामा कुल चार सय २३ सामुदायिक विद्यालय रहेको जिल्ला शिक्षा कार्यालय सिरहाले जनाएको छ । यता, चिसोका कारण सिरहामा सामुदायिक बिद्यालय माघ १ गते सम्मका लागि बन्द गर्ने निर्णय गरेपनि निजि बिद्यालयले संचालनमै रहेका छन् । निजी विद्यालयहरुले परीक्षाको नाममा साना नानीहरुको ज्यान नै जोखिममा पर्ने गरी जाडोमा विद्यालय चलाई रहेको जिल्ला शिक्षा कार्यालयले जनाएको छ । 

जिल्ला शिक्षा अधिकारीले सवै विद्यालयहरुलाई प्रतिकुल मौसमलाई ख्याल गरी एक साता विद्यालय बन्द गरेको भएपनि निजी विद्यालयहरुले भने परीक्षाको नाममा साना नानीहरुलाको ज्यानमाथि नै खेलबाड गरेको शिक्षाअधिकारी महतोले बताए । उनले नीजिविद्यालयहरु विद्यार्थीको ज्यान भन्दा पनि परीक्षाको वेला फीस असुल्नकै लागि पनि विदा नदिएको आरोप लगाए ।
यता निजी विद्यालयहरुको संगठन प्याब्सनका अध्यक्ष श्यामसाहले भने परीक्षा चलिरहेकोले अहिले विद्यालय बन्द गर्न समस्या भएको बताए । निजी विद्यालयहरुले प्रत्यक तीन महिनामा परीक्षा लिने गरे अनुसा अहिले परीक्षा संचालन भईरहेको छ । परीक्षा सकिएपछि केही दिनको लागि विदा निदे भन्दै अहिले खासै जाडो नभएको भन्दै विदादिनुपर्ने कारण पनि नभएको बताए ।
सिरहामा जाडोले ३ जनाको मृत्यु भइसकेको छ, चिसोका कारण स्वास्थ्य संस्थामा बिरामीको चाप बढेको छ । चिसो मौसमका कारण सर्वसाधारण घरबाट कमै निस्कने गरेका छन् भने निजी विद्यालयका विद्यार्थीहरु जाडोको बेला पनि थर्थर काम्दै विद्यालय जान बाध्य छन् ।
प्रतिकूल मौसममा पनि परीक्षाको नाममा विद्यालय सञ्चालन गरेर केही निजी विद्यालयले स–साना बाल बालिकाको स्वास्थ्यमाथि खेल बाड गरिरहेको अभिभावक को गुनासो छ ।


--
Posted By मार्गानुगामी राष्ट्रिय दैनिक to Marganugami Daily at 1/07/2018 07:46:00 PM

about author

Blogger Sens it website about blogger templates and blogger widgets you can find us on social media
Previous Post :Go to tne previous Post
Next Post:Go to tne Next Post

No comments:

Post a Comment