/ Undifined / [Marganugami Daily] प्रधानाध्यापकद्वारा दुई करोड भ्रष्टाचार

[Marganugami Daily] प्रधानाध्यापकद्वारा दुई करोड भ्रष्टाचार

मिथिलेश यादव
लहान, २१ पुस । लहानस्थित पशुपति माध्यमिक विद्यालयका निमित्त प्रधानाध्यापक परमेश्वर रायले दुई करोड रुपैयाँभन्दा बढी रकम अनियमितता गरेको पाइएको छ । उनले विद्यालयको जग्गामा पक्की व्यापारिक भवन निर्माणका लागि उपभोक्ताबाट संकलन गरेको रकम र  सरकार बाट प्राप्त अनुदान अनियमितता गरेको छानबिनबाट खुलेको छ ।
विद्यालयका स्रोत व्यक्ति कासिन्द्र यादवले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्देशनअनुसार छानबिन गर्दा निमित्त प्रधानाध्यापक रायले अनियमितता गरेको पुष्टि भएकोे बताए । उनले भने, 'उजुरीमा उल्लेख गरिएको अनियमितताका धेरै बुँदामा निमित्त प्रधानाध्यापक रायले लिखित जबाफ पेस गरेको छ । प्रारम्भिक छानबिनबाट उनले अनियमितता गरेको प्रस्ट हुन्छ । अनियमितता छानबिन गरी त्यसको प्रतिवेदन शिक्षा कार्यालय मा पेस गरिसकेको जानकारी यादवले दिए ।
रायले विद्यालयको जग्गामा पक्की व्यापारिक भवन बनाउन उपभोक्तासँग लिएको एक करोड ३३ लाख रकम भवन निर्माण नगरी आफैंले खर्च गरेको, छात्रवृत्ति र पाठ्यपुस्तकका लागि सरकारबाट प्राप्त रकममा पनि अनियमितता गरेको भन्दै तीन वर्षअघि अख्तियारमा उजुरी परेको थियो । रायले भने आफूले विद्यालय व्यवस्थापन समिति सँग अनुमति लिएर रकम खर्च गरेको बताएका छन् । उनले  भने, '१६ लाख रकम मैले खर्च गरेको छु, म तिर्छु । बाँकी रकम कसले खर्च ग¥यो थाहा छैन । धेरै रकम विद्यालय व्यवस्थापन समिति सँग अनुमति लिएर खर्च गरेको उनले बताए ।
उपभोक्तासँग व्यापारिक भवन निर्माणका लागि संकलन गरेको रकम विद्यालय भवन निर्माणमा खर्च भएको दाबी निमित्त प्रधानाध्यापक रायले गरे । लहान ७ का वडाध्यक्ष राकेश गुप्ता रोशनले जनता र राज्यको रकम हिनामिना गर्नेउपर कारबाहीमा आलटाल नगर्न सम्बन्धित निकायसँग आग्रह गरे । उनले  भने, 'यो अनियमितता प्रकरण करिब चार वर्षदेखि दबाउँदै आइएको छ । अनियमितता छर्लंगै छ, रीत पु¥याएर छिटो कारबाही अघि बढाउन सम्बन्धित निकायलाई अग्रह गर्छु ।
न स्टल पाए, न धरौटी फिर्ता पशुपति मावि प्रांगणमा निर्माण गर्ने भनिएको व्यापारिक भवन
(स्टल) का लागि लहान–७ का पवन दासले ०६९ चैतमा धरौटीस्वरुप विद्यालयलाई दुई लाख रकम बुझाए । राजमार्गसँग मुख्य बजार जोड्ने एक नम्बर सडकको पश्चिमपट्टि व्यापारिक भवन बन्ने भएपछि व्यापारी पवन आकर्षित भएका थिए । धरौटी बुझाएपछि भवन बन्ने दिन गन्ती गर्दै व्यापारको योजना बुन्न थाले उनी । धरौटी बुझाएको तीन वर्ष बित्दा पनि भवन निर्माण सुरु नभएपछि उनी छटपटिए । धरौटी बुझाउन लिएको ऋणको ब्याज बढ्दै थियो । ऋणको ब्याजले थलिएपछि पवन गत वर्ष रोजगारीका लागि विदेश गए । आफ्नै ठाउँमा व्यापार गरेर जिन्दगी धान्ने सपना विद्यालय प्रशासनका कारण चकनाचुर भयो ।
कस्टलका लागि धरौटी बुझाएका गिरिराज रौनियार भन्छन् 'पैसा बुझाएको वर्षाैं भइसक्यो न स्टलको ठेगान छ न हामीले बुझाएको रकम । उनका अनुसार ६१ जनाले बुझाएको एक करोड ३३ लाख रकमको कुनै हिसाब छैन । विद्यालयमा भएको अनियमिताबारे अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय इटहरीमा उजुरी परेकोथियो । उजुरीमाथि छानबिन गरी प्रतिवेदन पेस गर्न अख्तियार कार्यालयले शिक्षा कार्यालय सिरहालाई पत्र पठाएको थियो । शिक्षाले छानबिनसहित प्रतिवेदन पेस गर्न स्रोत व्यक्ति कासिन्द्रप्रसाद यादव र भोगेन्द्र प्रसाद यादवलाई तोकेको थियो । उजुरी छानबिनका क्रममा अख्तियारले शिक्षा कार्यालयमा पटकपटक पत्राचार गरेर प्रतिवेदन पेस गर्न भन्यो । अख्तियारकै कर्मचारी समेत स्थलगत छानबिन गरेर गएको विद्यालयका शिक्षकहरु बताउँछन् । यति धेरै रकम अनियमितता गर्दा पनि उनीमाथि कारबाही नभएको विद्यालयका शिक्षकहरुले बताएका छन्। 'अति धेरै रकम अनियमितता हुँदा पनि उनीमाथि कारबाही नगरिँदा शंका उब्जिएको छ ।


--
Posted By मार्गानुगामी राष्ट्रिय दैनिक to Marganugami Daily at 1/06/2018 03:15:00 AM

about author

Blogger Sens it website about blogger templates and blogger widgets you can find us on social media
Previous Post :Go to tne previous Post
Next Post:Go to tne Next Post

No comments:

Post a Comment