रामबाबु यादब
सिरहा, १४ माघ । भुपु शिक्षा मन्त्री चित्रलेखा यादवले समाजलाई परिवर्तनको बाटोमा लैजाने कुनै पनि युक्ति र शक्ति हो भने त्यो सबैको सुरुवात शिक्षाबाट हुने गरेको बताइन् । जिल्लाको नवराजपुर गाउँपालिका खुल्ला दिशामुक्त घोषणासभामा बोल्दै शनिवार त्यस्तो कुरा बताएकी छन् ।
केही वर्ष अगाडि खुल्ला रुपमा दिशा र पिसाप गर्ने परिपाटी बसालेका समाजका केही प्रतिशत वाहेक अधिकतर बासिन्दा घर घरमा चर्पी बनाएर प्रयोग गर्नु भनेको शिक्षाको प्रभाव बढेको उनले दाबी गरिन् । चर्पी बनाउन र प्रयोग गर्न केही प्रतिशतले गर्दै आएको अनाकानीलाई शिक्षा र चेतनाको माध्यमबाट नियमित रुपमा चर्पीको प्रयोग गराउन बाटोमा ल्याउनुपर्ने उनले तर्क गरिन् ।
सामाजिक विकासका विभिन्न बाधा व्यवधान मध्ये खुल्ला रुपमा गरिने दिशा र पिसाव प्रमुख बाधा भएको हुँदा सामाजिक सभ्यता तथा बढ्दो रोग व्याधीको प्रकोपलाई ध्यानमा राखेर बनाएको चर्पीलाई सफासँग नियमित रुपमा प्रयोग गर्न उनले सबैसँग आग्रह गरिन् ।
चर्पी निर्माण गरेर प्रयोग गर्नु भनेको समाजलाई नयाँ युगमा प्रवेश गराउनु भएको हुँदा चर्पीलाई नियमित रुपमा प्रयोग गर्न जिल्ला समन्वय समितिका सभापति रामचन्द्र ठाकुरले बताए । खुल्ला दिशामुक्त अभियान अन्तर्गत खुल्ला दिशामुक्त घोषणा पछि हुने पूर्ण सरसफाईतिर लाग्ने उनले सबैसँग आग्रह गरे ।
खुदिमु पछि सबै वडामा चर्पी प्रयोगलाई नियमितता गर्न घुम्ती टोली परिचालन गरिनुपर्ने घोषणासभा बोल्दै वक्ताहरुले बताएका छन् । उनीहरुले केही व्यक्तिहरुले ढिठ्याई गर्न सक्छ भने कुरालाई ध्यानमा राखेर घुम्ती टोली परिचालनमा जोड दिए ।
साविक गाविसहरु भगवतीपुर ता.सु., मझौरा र नवराजपुर गरी ३ हजार ३ सय ८८ घरधुरी रहेको गाउँपालिकामा अभियान थाल्नु अघि ७ सय ८९ अर्थात २३.२८ प्रतिशत घरधुरीले मात्र चर्पी प्रयोग गरिरहेको प्रस्तुत तथ्यांकमा उल्लेख छ । अभियानको क्रममा भएको विभिन्न क्रियाकलापको प्रभाव स्वरुप नवराजपुर गाउँपालिकाको सबै वडा तथा बस्तीमा चर्पी निर्माण भएर प्रयोगमा आएको तथ्यांकले जनाइएको छ ।
खुृल्ला दिशामुक्त घोषणा गराउन एसएनभी नेपालको सहयोगमा नेपाल रेडक्रस सोसाइटी सिरहाले सामुदाय तथा अन्य सरोकारवालाहरुसँग सहजीकरण गरेको थियो । सहजीकरणको सन्दर्भमा नेरेसोले चर्पी निर्माण र प्रयोग बृद्धि गर्न सामुदाय सचेतना कार्यक्रम, अभिमुखीकरण, तालिम तथा घर भेट एवम् चर्पी निर्माणमा रचनात्मक सहायता गरेको कार्यक्रम प्रबन्धक अशोक यादवले बताए ।
खुल्ला रुपमा दिशा र पिसाव गर्दै गरेको फेला परेमा गाउँपालिका स्तरीय खानेपानी, सरसफाई तथा स्वच्छता समन्वय समितिले गरेको निर्णयलाई कडाईका साथ लागु गराउने आफ्नो तर्फबाट सक्रिय भुमिका निर्वाह गर्ने प्रशासकीय प्रमुख ललन यादवले बताए । उनले प्रशासनिक तवरबाट खुल्ला दिशामुक्त घोषणालाई कडाईका साथ लागु गराउनुका साथै पूर्ण सरसफाई गाउँपालिका बनाउने तर्फ अभियानको थालनीमा लाग्ने प्रतिबद्धता व्यक्त गरे ।
गाउँपालिका अध्यक्ष विश्वमोहन यादवको अध्यक्षतामा भएको उक्त खुदिमु घोषणासभामा नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य देवकुमार यादव, जिल्ला प्रशासन कार्यालय सिरहाका प्रशासकिय अधिकृत कमलदेव यादव, सुखीपुर नगरपालिकाका मेयर रामऔतार यादव, अभियानकर्मी रामप्रकाश सिंह, युएन ह्यावी ट्याटका विजय यादव तथा स्थानीय राजनीतिक दलका प्रतिनिधि, समाजसेवी एवम् विकासप्रेमी लगायतका विभिन्न व्यक्तिहरुले खुल्ला दिशामुक्त र पूर्ण सरसफाईको महत्व दर्साउदै आ–आफ्ना विचार व्यक्त गरे । अभियानमा सहयोग पु¥याएका सैकडौं व्यक्ति तथा संस्था प्रतिनिधिहरुलाई दोसल्ला आढाएर सम्मान गरे । घोषणासभालाई रोमाचिंत बनाउन खुल्ला दिशामुक्त अभियान लक्षित गीत, नृत्य तथा नाटक प्रस्तुत गरेर र· दर्पण जनकपुरका कलाकर्मीहरुले सहभागीहरुमा हौसला थपेको थियो । यस्तै खुदिमु अभियान तथा अन्य चेतनामुलक गीत स्थानीय गीतकार सोनु मिश्राले गीत प्रस्तुत गरेको थियो ।
--
Posted By मार्गानुगामी राष्ट्रिय दैनिक to Marganugami Daily at 1/30/2018 09:01:00 PM
No comments:
Post a Comment