/ Undifined / [Marganugami Daily] मोरङमा भेटिइन् ३२ इन्चकी मालती ः नेपालकै होचो भएको दाबी

[Marganugami Daily] मोरङमा भेटिइन् ३२ इन्चकी मालती ः नेपालकै होचो भएको दाबी

विराटनगर, १४ माघ । मोरङको सुन्दरहरैंचा नगरपालिकाकी एक आदिवासी महिला नेपालकै होचो कदको भएको दाबी गरिएको छ । सुन्दरहरैंचा नगरपालिका वडा नम्बर ४ बस्ने १९ वर्षीय मालती मुरर (ऋषिदेव) को उचाई ३२ इन्च र तौल १४ केजी मात्र छ ।
मुररको जन्म २०५६ साल भदौ १८ गते भएको थियो। बुबा रमेशकुमार मुरर र मिना कुमारीको पहिलो सन्तानको रुपमा जन्मिएको मालतीको जन्म सामान्य रुपमा भएपनि एक वर्षपछि भने उचाई बढ्ने क्रम निकै धिमा भएको थियो । आमा मीना कुमारीले भनिन,'जेठी छोरी सामान्य रुपमै जन्मिएकी थिई तर उसको उचाई भने बढ्न सकेन । अरु तीन सन्तानको उचाई सामान्य नै छ । अरु छोराछोरीलाई जस्तै माया गरेरै हुर्काएपनि छोरीको उचाई किन बढेन् भन्ने पत्ता नलागेको उनले बताइन ।
लजालु स्वभावकी मालती घरबाट बाहिर निस्कन्न् । सानो कदर र उचाईका कारण धेरैले उनलाई बोकेर काखमा राख्ने गर्छन । आफ्नो मातृभाषामात्र बोल्ने उनलाई लेखपढ गर्न आउँदैन । झट्ट हेर्दा बालिका झैं लाग्छ । उनलाई स्थानीय भाषामा बोलाएपछि भने मुसुक्क मुस्काउँछिन् ।
नागरिकता बनाउन वडा कार्यालयमा सिफारिस लिन गएपछि वडाअध्यक्ष शैलेन्द्र श्रेष्ठले मालतीको अवस्था देखेर उनलाई र परिवारलाई सहयोग गरेका थिए । लुगाफाटा वडा कार्यालयबाटै उपलब्ध गराई दिएको श्रेष्ठले बताए । भने,'यिनी नेपालकै होची युवती हुन भन्ने हाम्रो दाबी छ । सहयोग चाहिएकोले विपन्न परिवारलाई नगरपालिकाको तर्फबाट सहयोग गरेका हौं ।
गरिब परिवारमा जन्मिएकी उनको विषयमा धेरैपछि मात्र थाहा पाएपछि नगरपालिका कार्यालयले उनको भरण पोषणमा सामाजिक सुरक्षा बापत मासिक २ हजार रुपैयाँ दिन सुरु गरेको छ । नगरपालिकाका प्रमुख शिव ढकालले भने,'हामीलाई उनको विषयमा वडा कार्यालयबाट जानकारी प्राप्त भएपछि उनको भरण पोषणका लागि सहयोग दिन सुरु गरेका हौं । आइतबार नगरपालिका कार्यालयमा औपचारिक कार्यक्रम गरी उनको स्वास्थ्य उपचार तथा उचाईं नबढ्नुको कारण पत्ता लगाउने पनि घोषणा गरिएको छ ।
मुरर परिवार नजिकैको खोलामा बालुवा चाल्ने काम गर्छ । त्यहीबाट आएको पारिश्रमिकले परिवार चलेको छ । अरु दुई छोरीको विवाहदानसमेत भई सकेको छ । एकजना छोरा ट्याक्टर चलाउँछन् । बुबा रमेश भन्छन, 'छोरीको उचाई कम रहेको भन्ने खबर फैलिएपछि अहिले धेरै मानिसहरु आएर फोटो खिच्ने गरेका छन् । उनले आफूहरुको कमजोर आर्थिक अवस्थाका कारण छोरीलाई उपचार गर्नुपर्ने हो अथवा के हो भन्ने थाहा नभएको बताए । उनले आफूहरुसँग जग्गाजमिन नभएको र सुकुम्बासीको रुपमा झोपडीमा बस्दै आएको दुखेसो गरे । नगपालिकाले मालतीको स्वास्थ्य परीक्षण गर्न विराटनगरको नोबेल अस्पतालसँग छलफल अघि बढाएको र अस्पतालले पनि सकारात्मक जवाफ दिएको नगरपालिकाका प्रमुख ढकालले जानकारी दिएका छन् ।


--
Posted By मार्गानुगामी राष्ट्रिय दैनिक to Marganugami Daily at 1/30/2018 08:59:00 PM

about author

Blogger Sens it website about blogger templates and blogger widgets you can find us on social media
Previous Post :Go to tne previous Post
Next Post:Go to tne Next Post

No comments:

Post a Comment