मिथिलेश यादव
लहान, १३ माघ । सम्बन्धित प्रदेशका अस्थायी मुकाममा प्रदेशसभा सदस्यहरुले पद तथा गोपनीयताको शपथ लिएको छन् । संविधान र प्रदेशसभा निर्वाचन ऐनअनुसार प्रदेशसभामा निर्वाचित ज्येष्ठ सदस्यलाई प्रदेश प्रमुखले र ज्येष्ट सदस्यले अन्य सांसदलाई शपथग्रहण गराएको छन् ।
प्रदेश २ का सांसदले जनकपुर मा पद तथा गोपनीयताको शपथ ग्रहण गरे । सभागृहमा प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले सभाका ज्येष्ठ सदस्य लगनलाल चौधरीलाई शपथ गराए । लगतै चौधरीले अन्य १ सय ६ विधायकलाई शपथ गराए । ७५ वर्षीय चौधरी एमालेबाट विधायक हुन् ।
प्रदेश प्रमुख कायस्थले सभाका ज्येष्ठ सदस्य चौधरीलाई नेपाली भाषामा शपथ खुवाएपछि चौधरीले पनि अन्य सदस्यलाई शपथ गराउँदा नेपाली भाषामै लिखत वाचन गरेकाके थिए । सदस्यहरुले भने नेपाली, मैथिली, भोजपुरी र हिन्दी भाषामा शपथ लिए ।
चौधरी राजनीतिक यात्राः–
राष्ट्रिय प्रजातन्त्र पार्टीकाके उम्मेदवारको रुपमा २०४९ को स्थानीय निकाकय निर्वाचन लड्दा लगनलाल चौधरीकाके चुनाव चिन्ह थियो हलो । प्रजातन्त्र स्थापनापछि भएको पहिलो स्थानीय निकायको चुनाव जितेर नगरमा विकास र समृद्धिको पाईडल चलाउने योजनासहित चुनाव लडेको उनले परिणाम आफ्नो पक्षमा पार्न सफल भए ।
पञ्चायती साशन व्यवस्थामा लगातार दुई कार्यकाल (०३९ देखी ०४९ सम्म) लहान नगर हाकिसकेका उनेल ०४९ को चुनाव जितेर ह्याट्रिक गरे । यस अवधिमा उनले लोकप्रिय काम गरेर जनताको मन जिते । चुनावका वखत विभाजित मतलाई एकत्रित पारेर सेवा प्रवाह गरे । यस अवधिमा उनले लोकप्रिय काम गरेर जनताको मन जिते । चुनावकाक वखत विभाजित मतलाई एकत्रित पारेर सेवा प्रवाह गरे । विकासकाके सन्दर्भमा आफूलाई एउटा राजनीतिक 'ब्राण्ड' को रुपमा स्थापित गरे–मेयर साब को रुपमा ।
२० वर्षपछि लहान नगर पालिकामा लगनलाल चौधरी काके पनुः प्रवेश भयो । तर यसपटक चुनावी परिणाम उनको विपक्षमा आयो । उनी चुनाव उठेको पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टी चिरा परिसकेकाले जनआधार खस्किसकेको थियो । यसले उनी लोकप्रिय उम्मेदवार भए पनि कमजोर संगठनका कारण पराजय बेहोर्नुप¥यो ।
यो पराजयलाई शक्तिमा बदल्दै उनी प्रदेशसभा सदस्यमा चुनाव लड्ने आँट गरे । जसका लागि उनलाई प्रजातन्त्र पार्टीबाटै पनि टिकट सुरक्षित थियो । तर उनी पार्टी परिवर्तन गरेर चुनाव उठ्ने निष्कर्ष निकाकले । तर एमालेले सिरहा क्षेत्र नम्बर १ क बाट प्रदेशसभा सदस्यमा टिकट दिन्छ कि दिन्नमा दुविधा काकयमै थियो । जसकारण उनी पञ्चायत र प्रजातन्त्र पार्टीको विरासत छोडेर एमालेमा प्रवेश गर्न हिच किचाईरहेका थिए ।
नेकपा एमालेसँग टिकटमा कुकरा मिलेपछि उनी पार्टी बदल्दै निष्कर्षमा पुगे । उनलाई सिरहा क्षेत्र नम्बर १ क बाट प्रदेश सभा सदस्यमा टिकट दिने बचन दिँदै एमालेले पार्टीमा भित्रयायो । यस क्षेत्रमा एमालेको मजबुट संगठन छँदै थियो आवश्यकता थियो भने लोकप्रिय चेहराको । त्यो लोकप्रिय चेहराको रुपमा लगनलाल चौधरी अगाडी आएपछि उनको जित लगभग सुनिश्चत जस्तै भयो । तर उनी प्रवेश गरेको दलले (एमाले) मधेश विरोधी आरोप खेपिरहेको थियो । यसबीच मधेश आन्दोलनको उद्गमस्थल लहान समेटिएको सिरहा क्षेत्र नम्बरब १ क बाट जित निकाल्नु उनका लागि कम्ता गाह्रो थिएन । चुनौती खेप्दै चौधरीले भने सानदार जित निकाकल्दै एमालेको रातो झाण्डा फहराए । लहान र आसपासका जनतामा विकासवादी भिजन भएको नेताकाके छवि बनाएकाक उनलाई चुनावमा जित सुनिश्चत गर्न मद्दत मिल्यो ।
मेयर हुँदा उनले लहानमा उच्च शिक्षाको जगबसाले । काकलोपत्रत्रेको रेखा कोरे । बारुण यन्त्र जोडे । नगरमा पानी निकाकसी नालाको निर्मानजस्ता थुप्रै काम गरे । दिन दुःखीको सहयोगमा जुटिरहन्थे उनी मेयर हुँदा जेएस मुरारका क्याम्पस लहानका लागि १५ विघा जग्गा खरिद गरेर उच्च शिक्षाको आधार तयार पारे ।
उनले गरेका रामौ कामको प्रतिस्पर्धा नेता कार्यकर्ता पनि प्रशंसा गर्छन् । लगातार तीनपटक मेयर भएर नगर हाँकेकाके उनको राजनीतिक यात्रालाई अझ मजबुत बनायो । उनकाकके राजनीतिक यात्रालाई अझ मजबुत बनायो । उनको विकासे योजनाले जनतामा भरोसा भर्ने काम ग¥यो । लगनबाबुले जिते भने यस क्षेत्रको विकासमा केही गर्छ भन्ने विश्वास देखियो, लहान–३ का राजेश चौधरीले भने, उनले पनि मतदातामा यो विश्वास भर्न सक्नुभयो, मेयरसावबाट विद्यायक बन्न सफल भयो ।
चौथो पटक लहानको मेयर होक्ने लालसा थियो तर, मेयरमा परिणाम मेरो विपक्षमा आयो । लगतै भएको प्रदेशसभा चुनावकाके परिणाम भने मेरो पक्षमा आयो । यसले चौधरीलाई पनि उत्साही बनाएको छ । जनताको पक्षमा राम्रो गर्ने भन्नेमा छु ।
--
Posted By मार्गानुगामी राष्ट्रिय दैनिक to Marganugami Daily at 1/27/2018 07:42:00 PM
No comments:
Post a Comment