Onlinesiraha-Nepali |
चिसोका कारण सिरहाको जनजीवन प्रभावित Posted: 18 Dec 2017 07:29 AM PST शुभ नारायण कामती सिरहा, ३ पौष । सिरहामा पछिल्लो केही दिनदेखि बाक्लो हुस्सु र चिसोका कारण जनजीवन प्रभावित बनेको छ । चिसोले स्थानीय हाट बजारमा सर्वसाधारणको चहलपहल घटेको छ भने हुस्सु लागेकाले सडकमा सवारी साधनहरु बत्ती बालेर चलिरहेका छन् । जाडोका कारण सिरहाको मिर्चैया, गोलबजार, लहान र सिरहा सदरमुकाम लगायतका व्यापारिक ठाउँहरुमा चहलपहल कम भएको छ । स्थानीय हाट बजारमा मानिसहरुको चलपहल कम हुँदा अन्य सामानको व्यापार घटे पनि जाडोको लुगाको व्यापार भने बढेको देखिन्छ । जाडोका कारणले मानिसहरु अति जरुरी कामबाहेक बाहिर निस्किन सकिरहेका छैनन ।शुक्रबार बिहानदेखि नै राम्ररी घाम नलाग्दा चिसो बढेको हो । चिसोका कारण बृद्धबृद्धा र बालबालिका बढि प्रभावित भएका छन् । चिसोकै कारण अस्पतालमा अहिले दैनिक ३५ देखि ४० जना रुघाखोकी, भाइरल ज्वरो, श्वासप्रश्वास, हाडजोर्नी, निमोनिया, कुल डायरियाका बिरामी उपचारको लागि आउन थालेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा. चुमन लाल दासले बताए । उनले जाडोबाट बच्न तातो झोलिलो खानेकुरा बढि मात्रामा खानुपर्ने, न्यानो कपडा लगाउनु पर्ने र घरभित्रै बस्नु पर्ने र कुनै समस्या भए अस्पतालमा गएर उपचार गराउन सुझाव दिएका छन् । त्यस्तै जिल्लाभर चिसो बढे पनि स्थानीय विद्यालयहरु खुलिरहेका छन् । जिल्ला शिक्षा अधिकारी महेन्द्र महतोका अनुसार स्थानीय तह, प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनमा कारण बालबालिकाको पठनपाठन निरन्तर हुन नसकेकाले चिसोका कारण तत्कालै विद्यालय बन्द नगराइने तर जोखिमपूर्ण अवस्था आए जिल्ला शिक्षा समितिको बैठक बसेर निर्णय गर्न सकिने बताए । स्रोत :ABC NEPAL |
आठ हजार घुससहित सिरहाका इन्जियर लहानमा पक्राउ Posted: 18 Dec 2017 03:48 AM PST दिनेश्वर गुप्ता लहान, ३ पुष । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज घुस लिएको आरोप जिल्ला प्राविधिक कार्यालय सिरहाका इन्जियर रामबहादुर यादवलाई लहानमा पक्राउ गरेका छन् । लक्ष्मीपुर पतारी साविक वडा ३ का रामजानकी कन्ट्रक्शन दर्ताको लागि सिफारिस पाउंन कात्तिक १२ गते जिल्ला प्राविधिक कार्यालय सिरहामा निवेदन दिएका थिए । सिफारिस वापत इन्जिनियर यादवले घुस माग गरेको थियो । कार्यालयमा घुस लिन नमिल्ने भन्दै रामजानकी कन्ट्रक्शनका प्रोपराइटरपक्षले लहानको महावीर मिस्ठान भण्डारमा आठ हजार रुपैयां इन्जिनियर रामबहादुर यादवलाई दिने क्रममा अख्तियारका टोलीले पक्राउ गरिएको एसपि कृष्णसिंह थापाले बताए । अख्तियार टोलीमा सात जना रहेका थिए । घरेलु तथा साना उद्योग कार्यालय लहानले कन्ट्रक्शन दर्ताको लागि जिल्ला प्राविधिक कार्यालय सिरहाको सिफारिस माग गरिएको थियो । पक्राउ परेका यादवलाई विशेष अनुसान्धानको लागि अख्तियार आयोग इटहरी लैजाने तयारी गरिएको छ भने यहांबाट भोली काठमाण्डौ पठाउंने एसपी थापाले बताए । सिफारिस लामो समयदेखि नपाउंदा कन्ट्रक्शन दर्ता गराउंने पक्षले आक्रोशित भएर अख्तियारको ढोका ढक्ढकाएका छन् भने इन्जिनियर र सिफारिस लिनेपक्षबीच मनमुटाव चल्दै आएको निर्माण व्यावसाय जितेन्द्र यादवको दावी छ । |
You are subscribed to email updates from Onlinesiraha.com. To stop receiving these emails, you may unsubscribe now. | Email delivery powered by Google |
Google, 1600 Amphitheatre Parkway, Mountain View, CA 94043, United States |
No comments:
Post a Comment