/ Undifined / [Marganugami Daily] मत बदरको जिम्मा दलहरुले पनि लिनुपर्छ ः प्रमुख निर्वाचन आयुक्त

[Marganugami Daily] मत बदरको जिम्मा दलहरुले पनि लिनुपर्छ ः प्रमुख निर्वाचन आयुक्त

खोटाङ, ३ पुस । प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले ऐतिहासिक निर्वाचन सकिएसँगै लोकतन्त्रलाई संस्थागत गर्ने कार्यभार पूरा गर्नमा लाग्नुपर्ने बताएका छन् । निर्वाचन गतिविधि र निर्वाचनपछिको अवस्थाका विषयमा जानकारी लिन सोमबार खोटाङ आइपुगेका प्रमुख निर्वाचन आयुक्त यादवले निर्वाचनपछि लोकतन्त्र, संघीयता र गणतन्त्रलाई संस्थागत र स्थापित गर्ने कार्यभार नवनिर्वा्चित जनप्रतिनिधिको काँधमा आएको बताएका हुन्। 'स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन गर्ने ऐतिहासिक दायित्व पूरा गरेका छौँ, जिल्ला प्रशासन कार्यालयमा आयोजित सर्वदलीय भेटघाट कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त यादवले भने, 'आगामी कार्यभार भनेको डेमेक्रेटिक इलेक्सनलाई स्टाब्लिस गर्नु हो । जनताको बीचमा लोकतन्त्र, संघीयता, गणतन्त्रलाई स्थापित गर्नु अबको प्रमुख कार्यभार हो । सबै
लाई त्यसतर्फ लाग्न आग्रह छ । प्रमुख निर्वाचन आयुक्त यादवले विभिन्न जटिलताका वावजुद पनि प्रदेश र प्रतिनिधिसभा को दुई वटा निर्वाचन एकै पटक सम्पन्न भएकामा मतदातालाई बधाई एबं धन्यबाद ज्ञापन गरे । 'कानून छैन । मिति घोषणा भयो । निर्वाचन क्षेत्र छैन । यी विविध चुनौतीकाबीचमा पनि निर्वाचन ग¥यौँ । स्टाव्लिस्ड डेमोक्रेटिक कन्ट्रीले समेत दुई वटा निर्वाचन एकैपटक गर्न नसकेको अवस्थामा हामीले गरेर देखायौँ, यादवले भने, 'चुनौतीका बावजुद पनि नेपाली जनताले अदम्य साहस देखाए । निर्भिकताका साथ मतदात गर्न मतदान केन्द्र गयो । त्यसका लागि नेपाली जनताप्रति आभार व्यक्त गर्छु ।
यादवले नमूना मतपत्रमा दलको वास्तबिक चुनाव चिह्न उल्लेख नहुँदा मतदाता झुक्किएर बढि मत बदर भएको स्वीकार गरे । मत बदरको नैतिक जिम्मेवारी राजनैतिक दलले समेत लिनु पर्ने यादवको भनाई थियो । आगामी दिनमा निर्वाचनलाई प्रविधिमैत्री बनाउदै लैजाने प्रमुख निर्वाचन आयुक्त यादवले बताए ।


--
Posted By मार्गानुगामी राष्ट्रिय दैनिक to Marganugami Daily at 12/18/2017 09:47:00 PM

about author

Blogger Sens it website about blogger templates and blogger widgets you can find us on social media
Previous Post :Go to tne previous Post
Next Post:Go to tne Next Post

No comments:

Post a Comment