काठमाडौं, १ पुस । सातै प्रदेशमा मुख्यमन्त्रीको कार्यालय व्यवस्थापनका लागि सरकारले प्रदेश प्रमुख सचिवको रूपमा सरकारका सचिवहरूलाई जिम्मेवारी दिएर पठाउने तयारी अन्तिम चरणमा र्पुयाएको छ ।
प्रदेशमा अन्तरिम व्यवस्थापनस्वरुप केन्द्रीय सरकारले प्रदेश मन्त्रिपरिषद तथा मुख्यमन्त्रीको कार्यालयसहित सातवटा मन्त्रालयको प्रस्ताव गरेको छ । प्रदेश मन्त्रिपरिषद तथा मुख्य मन्त्रीको कार्यालयको प्रशासनिक नेतृत्वको रूपमा प्रदेश प्रमुख सचिव रहने व्यवस्था गरिएको छ । प्रधानमन्त्री कार्यालयले हाल रहेका पाँचवटा क्षेत्रीय प्रशासन कार्यालयका सचिवलाई नै प्रदेश प्रमुख सचिवको रुपमा पठाउने भएको हो । बाँकी दुई प्रदेशका लागि केन्द्रबाट दुईजना वरिष्ठ सहसचिवलाई कामु जिम्मेवारी दिएर पठाइने तयारी गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।
पाँच प्रदेशमा क्षेत्रीय प्रशासकलाई र अन्य दुई प्रदेशमा केन्द्रका वरिष्ठ सचिवलाई प्रदेश प्रमुख सचिवको रुपमा खटाउने तयारी। प्रदेश १ मा पूर्वाञ्चल क्षेत्रीय प्रशासक राजेश्वरमान सिंह, प्रदेश ३ मा मध्यमाञ्चल क्षेत्रीय प्रशासक रेश्मीराज पाण्डे, प्रदेश ४ मा पश्चिमाञ्चल क्षेत्रीय प्रशासक लक्ष्मण अर्याल, प्रदेश ६ मा सुरेश प्रधान र प्रदेश ७ मा लक्ष्मीराज पौडेललाई खटाउने तयारी गरिएको प्रधानमन्त्री कार्यालयले जानकारी दिएको छ। यसैगरी प्रदेश २ र ५ मा वरिष्ठ सहसचिव यादवप्रसाद कोइराला र वैकुण्ठ अर्याललाई कामु जिम्मेवारी दिएर पठाइँदै छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका संघीयता हेर्ने सचिव खगराज बरालले सातैवटा प्रदेश मन्त्रिपरिषद् तथा मुख्य मन्त्रीको कार्यालयमा प्रशासनिक नेतृत्वको रूपमा छिट्टै सचिवहरूलाई पठाउने तयारी गरिएको जानकारी दिए । प्रदेशमा मुख्यमन्त्री नियुक्त हुनुअघि नै प्रदेश प्रमुख सचिवलगायत कर्मचारी त्यहाँ पुगेर कार्यालयको सबै व्यवस्थापन गरिसक्ने सचिव बरालले वताए । प्रधानमन्त्री कार्यालयले प्रदेशमा बन्ने मन्त्रालयको प्रशासनिक नेतृत्वमा भने केन्द्रका सहसचिवलाई पठाउने भएको छ । प्रधानमन्त्री कार्यालयका संघीयता हेर्ने सचिव बरालले प्रदेशमा रहने मन्त्रालय हरुमा केन्द्रका सहसचिव लाई सचिवको रुपमा पठाइने बताए ।
--
Posted By मार्गानुगामी राष्ट्रिय दैनिक to Marganugami Daily at 12/16/2017 08:56:00 PM
No comments:
Post a Comment