एजेन्सी, १ पुस । राहुल गान्धीले कांग्रेस आइको नेतृत्व औपचारिक रुपमा सम्हालेको छ । निर्विरोध पार्टी अध्यक्षमा चुनिएका राहुलले आफ्नी आमा सोनिया गान्धीलाई विस्थापित गर्दै पार्टी अध्यक्षको जिम्मेवारी शनिबारदेखि औपचारिक रुपमा सम्हालेको हो । अध्यक्ष पदको जिम्मेवारी ग्रहण गरे लगतै राहुलले प्रधानमन्त्री नरेन्द्र मोदी र भारतीय जनता पार्टीको कडा आलोचना गरेको छ । अंग्रेजी अनि हिन्दीमा भाषण गर्दै राहुलले बिजेपीले देशभर हिंसा फैलाउने प्रयास गरिरहेको आरोप लगाए । उनले भने 'एकपटक आगो लाग्यो भने निभाउन मुश्किल हुन्छ, यो कुरा हामीले बिजेपीलाई बुझाउने प्रयास गरिरहेका छौँ । किनकी उनीहरु अहिले देशभर हिंसा फैलाउने प्रयासमा छन् ।
देशमा लाग्दै गएको हिंसाको आगो निभाउने एक मात्र शक्ति कांग्रेस रहेको र कांग्रेसका नेता तथा कार्यकर्ता भाजपाले फैलाएको हिंसाको आगो निभाउने प्रयासमा रहेको उनले बताए । भाजपाले राजनीतिको प्रयोग नागरिकलाई बलियो बनाउनका लागि नभइ दबाउनका लागि गरिरहेको उनको आरोप छ । यसले गर्दा नागरिक राजनीतिबाट निराश रहेको राहुल गान्धीले बताए । यस्तै कांग्रेस अध्यक्ष राहुलले प्रधानमन्त्री नरेन्द्र मोदीले भारतलाई पछि धकेलेको आरोप लगाए । उनले भने 'कांग्रेसले भारतलाई २१ औं शताब्दीसँग मिल्ने देश बनायो तर प्रधानमन्त्री नरेन्द्र मोदीले यसलाई पछि धकेल्दै मध्ययुग तर्फ लैजाँदै गरेको देखिँदै छ । मानिसलाई अरु भन्दा फरक भएकै आधारमा बर्बर रुपमा हत्या गर्ने युग तर्फ भारतलाई लैजाँदै हुन्छ उनी ।
भिन्न भएकै आधारमा हुने गरेको हिंसाका कारण भारतको इज्जत अन्तर्राष्ट्रिय स्तरमा नराम्रो बन्दै गएको उनले आरोप लगाए । प्रधानमन्त्री मोदी अहिले पूरै देशको आवाज आफू मात्रै बनेर बसेको र सबै योग्यता तथा विशेषज्ञतालाई किनारा लगाएको राहुलको आरोप छ । मोदीमाथि राहुलको यो अहिलेसम्मकै ठूलो आक्रमकम आरोप हो ।
--
Posted By मार्गानुगामी राष्ट्रिय दैनिक to Marganugami Daily at 12/16/2017 08:55:00 PM
No comments:
Post a Comment