लहान, ६ पुस । चुनाव सकियो । त्यसको चर्चा पनि कम हुँदै गएको छ । अव विवाहको महिना सुरु भएका छन् । तर, उमेर पुगेर विवाह गर्ने भन्दा वाल विवाह बढी भइरहेको नागरिक अगुवाहरुले बताएका छन् । त्यसको विरुद्धमा लड्न सकस भइरहेका छन् ।
केही महिना अगाडी एउटा गैरसरकारी संस्थाले लक्ष्मीपुर पतारी गाउँपालिका ६ सितापुर र वडा नम्बर १ पिप्रा प्र.ध.का २३ जना युवतीहरुलाई आफुमाथि भइरहेको अन्यायको विरुद्ध लड्न 'सेल्फ डिफेन्स सम्बन्धी तालिम दिँदै थियो । तालिमकै क्रममा एक जना सहभागी युवतीको विवाह भयो । त्यसलाई न त ती युवती, न संस्था कसैले रोक्न सकेनन् । यस्तै, सखुवानन्कारकटि गाउँपालिका १ मौवाहीमा वाल विवाहरु विरुद्धमा काम गर्नका लागि स्थानीय स्तरमा एउटा समिति बनाएका थिए । समितिको संयोजकले नै आफ्नो नातिनीको वाल विवाह गराए ।
सितापुर र पिप्राका अहिले पनि ३० जना किशोरीहरुलाई 'सेल्फ डिफेन्स सम्बन्धी तालिम हुँदै छ । समाजबाट किशोरीहरु त्रसित रहेको अवस्थामा छन् । अभिभावकले आफ्ना वाल वालिकालाई वाल विवाह गर्दा कुनै उजुरी आउँदैन् । तर, कुनै युवा युवतीले आफुखुशी विवाह गर्दा त्यही अभिभावकले प्रहरीमा वाल विवाह, अपहरण भएको भनेर उजुरी गर्न जान्छन् । अभिभावकमा अझैपनि चेतनाको अभाव रहेको अधिकार कर्मी गंगा अधिकारीले बताईन् ।
नेपाल राष्ट्रिय समाज कल्याण संघका अध्यक्ष मोहन पासमानले, 'छोरीलाई जति पढाए, त्यती बढी दाइजो दिनुपर्ने अभिभावकले सोच्ने गरेको बताए । अभिभावक मा चेतनाको अभाव छ । कतिपय ठाउँमा वाल विवाह रोकिन्छ । त्यसपछि के हुन्छ ? कसैले हेर्न जादैन् । अभिभावकहरुले घरमा वाल विवाह कसैले रोकाए पनि वाहिर पठाएर आफ्ना छोरा छोरीलाई विवाह गराउने गरेका छन् । छोरीहरुले आफुखुशी विवाह गर्दा इज्जत जाने तर छोराहरु विवाह गर्दा इज्जत नजाने कुरा समाजमा परम्परा सोच छ । त्यो कुरा हामीले परिर्वतन गर्न नसकिरहेको अधिकारकर्मी जिवछी यादवले सुनाईन् ।
वाल विवाहले घरेलु हिंसा बढिरहेका छन् । हामीले वाल विवाह रोक्नु पर्छ भन्छौँ । तर, वाल विवाह हुँदा के के असर पर्छ त्यो धेरै भन्दैनौँ । अव त्यतातिर ध्यान दिनुपर्ने अधिकारकर्मी देवराज पोखरेलले बताएका छन् । वाल विवाहको कुरा आउँदा जहिलेपनि छोरीको कुरा मात्रै आउँछ, छोराको कुरा पनि आउनु प¥यो उनले बताए ।
नागरिक अभियान समिति गठन इन्सेक र इह्किन नेपालको संयुक्त आयोजना बुधवार लहानमा भएको जिल्ला मानव अधिकार नगरानी समुहको बैठकबाट वाल विवाह विरुद्ध नागरिक अभियान समिति गठन भएका छन् । समितिको अध्यक्षमा नेपाल पत्रकार महासंघ सिरहाका सभापति दिनेश्वर गुप्तालगायत देवराज पोखरेल, रेणु कर्ण, देवकुमारी महरा समितिमा रहेका छन् ।
--
Posted By मार्गानुगामी राष्ट्रिय दैनिक to Marganugami Daily at 12/22/2017 08:39:00 PM
No comments:
Post a Comment