सिरहा, २४ मंसिर । सिरहाको प्रदेश तर्फ ८ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक हुँदा ३ वटामा बाम गठवन्धनले विजयी हात पारेको छ । सिरहाको क्षेत्र नं. १ को क नेकपा एमालेका लगनलाल चौधरी विजयी भएका छन् ।
उनले ११ हजार पाँच सय ४२ मत सहित विजयी हासिल गरेको हो । उनका निकटतम प्रतिद्वन्द्वि नेपाली काँग्रेसका सन्तोष चौधरी ले १० हजार ६ सय ९९ मत ल्याएका थिए । लगनलाल चुनाव भन्दा केही अघिमात्र राप्रपा परित्याग गरि एमाले प्रवेश गरेका थिए । सन्तो चौधरी भने नेपाली काँग्रेसका नेता पदमनारायण चौधरीका छोरा हुन् ।
सिरहा २ को 'क बाट संघिय समाजवादी फोरमका विजय यादव १० हजार ३ सय ८३ मत सहित विजयी भएका छन् भने, उनका निकटतम प्रतिद्वन्ति जिवट यादवले नौं हजार एक सय ५४ मत ल्याएका छन् । यादव २०६४ को संविधानसभा निर्वाचनमा पनि यसै क्षेत्रबाट विजयी भएका थिए । उनी १३ दिने उद्योग मन्त्री समेत भएक थिए ।
त्यसैगरी, सिरहा निर्वाचन क्षेत्र नं. ३ को १ मा बाम गठवन्धनका तर्फबाट नेकपा माओवादीकेन्द्रका रामकुमार यादव ११ हजार ८ सय ६६ मत सहित विजयी भएका हुन भने, उनका निकटतम प्रतिव्दन्व्दि संघिय समाजवादी फोरमका मनोज कुमार सिंहले १० हजार ९ सय ३३ सहित दोस्रो स्थानमा रहेका छन् ।
सिरहाको गोलबजार नगर पालीका–७ का यादवले नेकपा माओवादी केन्द्रका पोलिटव्यूरो सदस्य हुन् । उनी बाबुराम भट्टराई नेतृत्वको सरकारमा सामान्य प्रशासन मन्त्री समेत भएका थिए ।
यस क्षेत्रमा जम्मा ४२ हजार ५ सय ११ मत मध्ये ३० हजार एक सय १८ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ ।
क्षेत्र नं. ३ को १ लाई बाम पन्थिहरुको क्षेत्र मानिएपनि यादव फोरमका यवा उम्मेदवार सिंहसँग सानो अन्तरले विजयी भएको टिप्पनी गर्ने गरेको छ । सिरहा क्षेत्र नं. ४ 'क प्रदेशसभामा बाम गठबन्धनका साझा उम्मेदवार माओवादी केन्द्रका दिलिप साह बिजयी भएका छन् । शनिवार अबेर राति सार्बजनिक भएको मत परिणाम अनुसार साहले राजपा उम्मेदबार रामकुमार मण्डललाई ११ सय ३८ मतले पराजित गरेका हुन् । साह ११ हजार १ सय २१ मत प्राप्त गरेर बिजयी भएका हुन् भने निकतम प्रतिद्धन्दी मण्डलले ९ हजार ९ सय ८३ मत प्राप्त गरेका थिए ।
--
Posted By मार्गानुगामी राष्ट्रिय दैनिक to Marganugami Daily at 12/11/2017 07:46:00 PM
No comments:
Post a Comment