सिरहा, २५ मंसिर । सिरहा क्षेत्र नं. ४ बाट प्रतिनिधि सभा सदस्यमा राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका सदस्य तथा पूर्व सचुना तथा संचार मन्त्री राजकिशोर यादव विजयी भएका छन् । बाम गठवन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रकाका नेता तथा पूर्व सामान्य प्रशासन मन्त्री
अजयशंकर नायकलाई पछारर्दै यादव विजयी भएका हुन ।
यादवले २१ हजार एक सय ४४ मतमत सहित विजयी भएका हुन । उनका निकटतम प्रतिव्दन्व्दि अजय शंकर नायकल १७ हजार ७ सय ७५ मत ल्याएका छन् ।
मतगणणाको सुरुबाट अग्रता कामय गर्दै आएका नायकलाई उछिन्दै यादव विजयी हुनु भएको हो । जिय लगदै यादवले मधेसको अधिकारको लडाई अझै बाँकी रहेको भन्दै बाँकी रहेको कार्यभार अव संसदबाटै पुरा गरिने प्रतिकृया दिए । आपफ्नो दलले चुनावलाई पनि आन्दोलनकै एउटा कडीको रुपमा लिएको भन्दै संविधान संशोधनको लागि आफ्नो लडाई जारी रहने बताए ।
सिरहा निर्वाचन क्षेत्र नं. ४ मा मधेसी गठवन्धनका उम्मेदवार वन्नेका राजकिशोर यादव राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य हुन् । सिरहाकै क्षेत्र नं. ४ मा पर्ने नरहा गाउँपालीका ३, चोहर्वामा २०३० भदौ ७ गते जन्मेका यादव, सिरहकै चोहर्वास्थित जनता माध्यमिक विद्यालयबाट एसएलसी र भारतको पञ्जावस्थित चण्डिगड बाट एयर इन्जिनियरीङ गरेका छन् । उनकोे राजनीतिक यात्रा २०६० बाट उपेन्द्र यादवको नेतृत्वमा रहेको सवैपार्टीका तथा स्वतन्त्र मधेसीहरुको संगठनको रुपमा स्थापना भएको मधेस अधिकारवादी फोरमबाट भएको हो । त्यसलगतै मधेस २०६३ को मधेस आन्दोलनमा सक्रिय उनी २०६४ को संविधानसभामा सिरहाको तत्कालिन क्षेत्र नं. ६ बाट विजयी भएका थिए । ०७० को निर्वाचनमा भने नेकपाली काग्रेसका गणेश मण्डलसंग पराजय भएका थिए ।
उपेन्द्र यादवसँग फूटेर विजय गछ्छेदारको लोकतान्त्रिक फोरम हुँदै जयप्रकाश गुप्ताको गणतान्त्रिक फोरममा पुगेका उनी पछि २०६८ मा जयप्रकाश भ्रष्टाचार अभियोगमा जेल परेपछि चिठ्ठा परेर गणतान्त्रिकका अध्यक्ष र सोही अवधिमा सूचना तथा संचार मन्त्री भएका थिए ।
७० को निर्वाचनमा एउटामात्र सामानुपतिक सिट पाएका उनले आफ्नै श्रीमतीलाई सभासद वनाएपछि उनको पार्टीनै संकटमा परेको थियो । पछि मधेसी दलहरुको एकतामा उनीपनि राजपामा गएका हुन् ।
कसरी हारे अजयशंकर स्थानीय निर्वाचनमा सिरहा क्षेत्र नं. ४ मा पर्ने मिर्चैया र कर्जन्हा नगरापालीका जितेका माओवादी ले प्रतिनिधी सभामा हार्नुको मुख्य कारण पार्टी अन्तरघात रहेको बताउन थालिएको छ । पार्टीभित्र आफूलाई एकछत्र प्रभुत्व जमाउन खोज्ने र आफ्नो विरोधीलाई सखाप पार्ने स्वभाव रहेको भन्दै नायकको विरोध हुँदै आएको थियो ।
स्थानीय निर्वाचन र प्रतिनिधि तथा प्रदेश निर्वाचनमा पनि अजय शंकर नायकले व्यक्तिगत प्रभावका कारण मनपर्दि ढंगले उम्मेदवारहरु छनोट गर्ने र आफ्नो जनिककोलाई मात्र काखीच्याप्ने गरेको आरोप लाग्दै आएको थियो । त्यसैको परिणाम यो निर्वाचनमा देखिएको बताउने गरिएको छ ।
यसको साथै मधेस सेन्टिमेन्टले पनि काम गरेका कारण नायक पछाडी परेको विश्लेषण हुने गरेको छ ।
--
Posted By मार्गानुगामी राष्ट्रिय दैनिक to Marganugami Daily at 12/11/2017 07:50:00 PM
No comments:
Post a Comment