सिरहा, पौस ८ । सिरहा सदरमुकाम लागयत आसपासका गाउँहरुमा बुधबार राती सुरुङ खनेर चोरी गर्ने चोरको आतंक बढेको छ ।
सिरहा नगरपालिका वडा नं. ७ महिसोथा मा प्रेम लाल महराको घरमा सुरुङ खनेर लगभग ७० हजार बराबरको नगद २५, चाँदीको हौसली २५ तोलाको १ थान, मोबाइल २ थान, लताकपडा लगायतको सामनाहरु चोरी गरिएको छ । चोरी र लगायत अपराधमा वृद्धि भएपनि प्रशासन सम्वेदन शिल नभई सम्वेदन हिन भएर वसेको स्थानियको आरोप रहेको छ ।
त्यस्तै कैला मुखियाको घरमा सुरुङ खने पनि चोरी गर्न सकेको छैन । छिमेकीले चोरहरुलाई देखेर हल्ला गरेपछि चोरहरु भागेका थिए । त्यस्तै सिरहा नगरपालिका वडा नं. ८ मलिया टोल महिसोथामा महमुद मियाँको घरमा पनि सुरुङ खनेर नै लगभग ३० हजारको लताकपडा लगायत घरायसी सामानहरु लगेको पिडितले बताएका छन् ।
त्यस्तै सिरहा नगरपालिका वडा नं। १२ को सारस्वरमा ३ जनाको घर सुरुङ खनेर नै चोरी भएको छ । सारस्वरमा मो। महमुद राइनको घरमा ८५ हजारको चोरी भएको छ । त्यस्तै मो. आमिल मियाँ र तेतरी खातुनको घरमा समेत चोरी भएको स्थानीय मनोज मण्डलले बताएका छन् ।
त्यस्तै सिरहा सदरमुकाममा रहेको सूर्य नारायण सत्य नारयण मोरबैता यादव बहुमुखी क्याम्पसको भौतिक विज्ञान प्रयोगशालाको कोठा नं. २२ को ताला फुटाई कोठा नं. २५ मा सामानहरु राखेको छ भने कुनै सामान नलगेको क्याम्पस प्रमुख रामहित यादवले बताएका छन् । भने उक्त घटनाको छानबिनको लागि क्यापसमा राती पालो पहरामा बस्ने सर्ना पासमानलाई जिल्ला प्रहरी कार्यालय सिरहाले सोधपुछको लागि लगिएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार चोरीको घटनाको बारेमा अनुसन्धान भइरहेको हालसम्म कसैलाई नसमातिएको भनी बताएको अपन दैनिकमा सामाचार छ ।
--
Posted By madheshexpress.com to JANLOKPRIYA at 12/22/2017 07:09:00 PM
No comments:
Post a Comment