जनकपुरधाम / मंसिर । जनकपुरधाम नेपाली काँग्रेसका नेता तथा धनुषा निर्वाचन क्षेत्र नम्बर ३ का प्रत्यासी विमलेन्द्र निधिले आफ्नो बोलीमाथि लगाम कस्न सुझाव दिएका छन् ।
भुठोको खेती गरेर जनतालाई भ्रमित गर्ने काम बन्द गरी बोलीमाथि लगाम नकसे जनकपुरको हावाहुरीमा बढारिने चेतावनी समेत उनले दिएका छन् । शनिबार जनकपुरमा आयोजित चुनावीसभामा बोल्दै नेता निधिले बोलीमाथि लगाम नराखे प्राचिन मिथिलाको राजधानी माता सीताको भुमि जनकपुर विष्फोट हुन सक्ने बताए । निधिले भने,'सीताको जन्म धरती जनकपुरको आफ्नै शैली छ । सीतामाताको तागत विष्फोट भएपछि ठुलाठुला रावणको बोलीमाथि पनि लगाम लागेको छ ।
' जनकपुरवासी शालिन छन्, उनले भने,'हामी हो–हल्ला गर्दनौँ । तर, मौका परेको बेला एकपटक ताके हावा हुरीमा उड्न बेर छैन ।' एक इञ्च विकासको काम नगरेका व्यक्ति अहिले बढाई चढाई कुरा गरिरहेको भन्दै निधिले भने,'चोरले उल्टै कोतवाललाई गाली गर्दैछ । म राष्ट्रीय राजनीति गरिरहँदा उनी त विमानस्थलमा लोडरका ठेकेदारीमा व्यस्त थिए ।' बाटो बिर्सिएर अहिले धनुषाबाट चुनाव लड्न आएका उनी जनताको अधिकारका लागि कतिपटक जेल गएको देखाउन निधिले चुनौती दिए ।
निधिले भने,'मुलुकमा प्रजातन्त्र स्थापनाको लागि म बाल्यकालमै जेल परेँ । तर, अहिले अधिकार अधिकार भन्दै हल्ला गरिरहेका उनी कतिपटक जेल परेका छन् तँपाईहरु सोध्नुस .' आफु मन्त्री हुँदा धनुषा लगायत मधेशका जिल्लाहरुमा सडक सञ्जाल विस्तारको कार्यक्रम ल्याएको भन्दै पटक पटक आु"र्ति मन्त्री बनेका महतोले मधेशका लागि गरेका कामहरु देखाउन निधिले चुनौती समेत दिएका छन् । उनले भने,'आपुर्ति मन्त्रालयमा त उहाँको स्थायी नियुक्ति झैँ थियो । तँपाईहरु सोध्नुस मधेशमा के कति काम गर्नु भएको छ । केबल झुठको खेती गरेर जनता भ्रमित हुनेबला छैन ।' नेता निधिले जनकपुरलाई प्रदेश नम्बर २ को राजधानी बनाउने आफ्नो चाहना रहेको र यसलाई कसैले रोक्न नसक्ने दावी गरे ।
जनकपुरलाई प्रदेशको राजधानीका साथै राजर्षि विश्वविद्यालय बनाउन आफु चुनाव लडेको र विश्वविद्यालय बन्नबाट कसैले रोक्न नसक्ने निधिले बताए । यसैगरि व्यापारीहरुका लागि जटही – ढल्केबर सिक्स लेन सडक निर्माण गरेर जनकपुरलाई व्यापारिक र आर्थिक केन्द्र बनाउने आफु दृढ संकल्पित रहेको समेत उनले बताए । जनकपुरका व्यापारी वर्गका लागि निधिले आफ्नो दिर्घकालीन योजना समेत बताएका छन् । भारतको कोलकत्तामा लोड गरिएको मालसमान रेलमार्गबाट सोझै जनकपुर सम्म ल्याउने व्यवस्था गर्न आफ्नो दिर्घकालीन योजना रहेको निधिले बताए ।
उपचारपछि चुनावी अभियानलाई तीब्रता दिएका निधिले शनिबार स्थानीय विद्यापति चोक, जिरोमाइल, बलवाटोल, वडा नम्बर ११ को हनुमान मन्दिर लगातका स्थानहरुमा आयोजना गरिएको चुनावीसभामा भाग लिएका छन् । स्थानीय युवा निरज झा गुडुको अध्यक्षतामा सम्पन्न भएको चुनावीसभामा पुर्व सांसद स्मृतिनारायण चौधरी, नेपाली काँग्रेसका नेता ललन चौधरी, नेपाल पत्रकार महासंघका पुर्व केन्द्रीय अध्यक्ष धर्मेन्द्र झा, प्रवेश चौधरी, प्राध्यापक बब्लुकान्त ठाकुर लगायतका वक्ताहरुले बोलेका थिए ।
त्यसैगरी रामएकबाल साहको अध्यक्षतामा जिरोमाइलमा आयोजित सभामा प्रदेशसभाका उम्मेदवार श्यामप्रसाद साह, पुर्व मेयर बजरंगप्रसाद साह, ब्रम्हदेव साह, डा. गौराङ्ग मिश्र लगायतका वक्ताह?ले नेपाली काँग्रेसका उम्मेदवारलाई निर्वाचित गउरान आग्रह गरेका थिए ।
--
Posted By madheshexpress.com to JANLOKPRIYA at 12/02/2017 03:12:00 AM
No comments:
Post a Comment