/ Undifined / [JANLOKPRIYA] जनकपुर जयनगर रेलमार्ग काम अन्तिम चरणम , सुरु भयो रेलमार्गमो लिक बिछ्याउन काम

[JANLOKPRIYA] जनकपुर जयनगर रेलमार्ग काम अन्तिम चरणम , सुरु भयो रेलमार्गमो लिक बिछ्याउन काम


जनकपुरधाम –  निर्माणाधिन जयनगर जनकपुर रेलमार्गमा बिछ्याउने रेलका लिक आउन थालेका छन् । ३५ किलोमिटर लामो उक्त मार्गका लागि आवश्यक फलामे लिक आई सकेको छ । उक्त रेलमार्गमा बिछ्याउनका लागि झन्डै ४१ हजार टन रेल लिक ल्याउन लागिएको हो ।

सोमबार झन्डै १० टन लिक आइसकेको रेल विभागका महानिर्देशक अनन्त आचार्यले बताए । जयनगरदेखि सुरु भएर जनकपुर हुँदै बर्दिबाससम्म पुग्ने ६९.२ किलोमिटर मध्ये धनुषा कुर्थासम्म ३५ किमि रेलमार्ग लिक बिछ्याउन लागिएको हो । यो मार्ग २०७५ कात्तिकभित्र सक्ने विभागले जनाएको छ । रेलका लिक बिछ्याउनुअघि उक्त मार्गमा सिमेन्टका ब्लक बिछ्याइने छ । अन्य लिकमा काठ बिछ्याउने गरिएकोमा काठको अभावमा 'सिमेन्ट स्लिपर' बिछ्याउन लागिएको हो । यी स्लिपर पनि भारतबाट आउँदैछन् ।  भारतको आर्थिक र प्राविधिक सहयोगमा बनिरहेको यो परियोजना आसामको नायक इन्फ्रास्ट्रक्चरले बनाइरहेको छ । १० अर्ब रुपैयाँको यो परियोजनाका लागि आएका सबै लिकहरू यसै अन्तर्गत हुन् । यो मार्ग निर्माणको लागि कालिकारमण जेभीले ठेक्का पाएको छ । बिजुलपुरादेखि बर्दिबासम्मको भने जग्गा अधिग्रहण हुन सकेको छैन ।

लिक बिछ्याउने तयारी भइरहेको भए पनि रेलको डिब्बा किन्ने प्रक्रियाम भने अघि बढ्न सकेको छैन । लिक बिछ्याएर सबै काम सकिँदासम्म पनि रेलको डिब्बा आउन सक्ने सम्भावना कम देखिन्छ ।  उक्त मार्गको लागि आवश्यक पर्ने यात्रु र मालबाहक डिब्बा किन्न दुई अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।  निर्माण सम्पन्न हुनै लागेको उक्त लिकमा कसरी रेल सञ्चालन गर्न सकिन्छ भनेर विभागले अध्ययन समेत गरेको थियो । अध्ययन अनुसार उक्त मार्गमा हाल कम्तीमा सात हजार यात्रु दैनिक आवतजावत गर्ने अनुमान छ । त्यसैगरी, प्रशस्त मात्रामा सामान ओसारपसार हुने देखिएको छ । 

अध्ययनमा देखिए अनुसार विभागले यात्रु बोक्ने कम्तीमा पाँचवटा इन्जिन (लोकेमोटिभ) आवश्यक परेको भन्दै मन्त्रालयमा प्रस्ताव गरेको छ । उक्त मार्गमा दैनिक चारवटा इन्जिन सञ्चालन गर्नुपर्ने र एउटा इन्जिन आपतकालीन अवस्थाको लागि तयारी हालतमा राख्नुपर्ने विभागको प्रस्ताव छ । त्यसैगरी, सामान बोक्ने चारवटा इन्जिन आवश्यक पर्ने प्रस्ताव विभागले गरेको छ । यात्रुसँगसँगै सामान पनि प्रशस्त मात्रमा हुने, ढुवानी सेवा पनि हुने भएकाले त्यसका लागि कम्तीमा चारवटा इन्जिन आवश्यक पर्ने विभागको ठहर छ ।
            फागुनदेखि सञ्चालनमा आउने

करिब २ बर्ष अघि बन्द भएको नेपालको एक मात्र नेपाल रेल्वे फेरि सञ्चालनमा आउने भएको छ  । भारतको जयनगरदेखि जनकपुर हुँदै महोत्तरीको बिजुलपुरासम्मको रेल मार्गको पुनर्निर्माण अन्तिम चरणमा पुगेसँगै २०७४ फागुनदेखि सञ्चालनमा आउने भारतीय पक्षले प्रतिबद्धता व्यक्त गरेको छ । ५१ किलोमिटर लामोे रेल लिकको पुनर्निर्माण अन्तिम फेजमा पुगेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तरगतको जनकपुरस्थित रेल विभागका साईट कार्यालयले जनाएको छ  ।
भारतको जयनगरदेखि नेपालको बर्दिवाससम्म जम्मा ६९ किलोमिटर ब्रोडगेज रेल मार्ग निर्माण कार्य सम्पन्न गरिने योजना भए पनि अबको आठ महिनामा जयनगरदेखि कुर्था सम्म ३२ किलोमिटर रेल पहिलो चरणमा संचालन गर्न अधिकांश तयारीहरु पूरा भइसकेको छ ।

भारतको जयनगर स्थित भारतीय रेल्वेको
प्लेटफार्म र नेपाल रेल्वेको प्लेटफार्म जोड्ने ओभरफ्लाई ।

भारतको जयनगर देखि जनकपुरसम्म २९ किलोमिटर दुरीमा नेपाल रेल पहिलो चरणमा संचालन हुने भएको छ । त्यसका लागि आवश्यक कार्यहरु यूद्ध स्तरमा अगाडी वढाइएको नेपाल रेल विभागको साईट कार्यालय जनकपुरका इन्जिनियर विनोद ओझाले बताए । माटो भर्ने, ग्राभल(व्लयाङ्केटिङ्ग) गर्ने, साना देखि ठुला पुलपुलेसाहरुको निर्माण कार्य लगभग सम्पन्न भईसकेको हुनाले सन् २०१८ मार्च  देखि रेल पहिलो चरणमा संचालन हुने गरी काम अगाडी वढेको इन्जिनियर ओझाको दावी छ ।

अहिले विभिन्न स्टेशन तथा हल्टहरुमा स्टेशन निर्माणका साथसाथै कर्मचारीहरुको आवासका लागि फ्लयाट सहितको क्वार्टर निर्माण भईरहेको छ । यसका अतिरिक्त मेन टूयाक निर्माणको लागि भारतको भिलाई स्थित सेल कम्पनीलाई अर्डर दिई निर्माण कार्य लगभग सम्पन्न भएकाले नेपालको विरगञ्ज हुँदै ढुवानी गरी पटरी ल्याइने भारतीय इरकन कम्पनीका एक अधिकारीले बताए । ६७ किलोमिटर सम्मको टूयाक निर्माणका लागि ४२ सय मेटिूक टन पटरी ढुवानी गरिने उनले बताए ।

भारत सरकारको आर्थिक सहयोगमा भइरहेको निर्माणका लागि सुरुवातमा भारत सरकारले भारतीय रुपैयाँ पाँच अर्ब ३९ करोड सहयोग गरे पनि पछि त्यो रकम परिमार्जित भएर हाल सात अर्ब २० करोड भारतीय रुपैंया खर्चिने जनाइएको छ । पहिलो चरणमा जयनगरदेखी कुर्थासम्म ३२ किलोमिटर, दोस्रो चरणमा २०१९ मार्च सम्म कुर्थादेखि भंगहासम्म र तेस्रो चरणमा बर्दिबास सम्म गरी जम्मा ६९ किलोमिटर ब्रोडगेज निर्माणको काम भइरहेको छ । मार्च २०१८ सम्ममा नेपालमा ब्रोडगेज संचालनको लक्ष्य लिई निर्माण कार्यलाई तिव्रता दिइएको छ ।
रेल सञ्जाललाई नेपालमा विस्तार गर्नेबारे नेपाल सरकार र भारत सरकारबीच सन् २०१० मा भएको द्विपक्षीय सम्झौता भएको थियो । सोही अनुसार २०११ माघ महिनामा निर्माणको थालनी भएको थियो । ब्रोडगेज निर्माणको ठेक्का भारतीय ठेकेदार कम्पनी इरकन इन्टरनेसनल लिमिटेडले प्राप्त गरी कम्पनीको निगरानीमा धनुषा र महोत्तरीमा दुईवटा निर्माण कम्पनीलाई ठेक्का दिएर काम अघि बढेको छ । जस अन्तर्गत नायक इन्फ्रास्टूक्चर प्रालि असम गुहाटीलाई इनर्वा बोर्डरदेखी महुवा कपिलेश्वरसम्म २४ किलोमिटर र धनुषाको कालिका रमण जेभिलाई कपिलेश्वरदेखि भंगहासम्म २४ किलोमिटरमा माटो, स्लोप, दुवैतिरको घाँस रोपाई र ग्राभलको कामको ठेक्का दिइएको हो ।

भारतको कम्पनीलाई सोही कामका लागि ६५ करोड र कालिका रमण जेभिलाई ७० करोडको ठेक्का दिइएको हो । जसमा हाल भारतीय कम्पनीले इनर्वादेखी महुवासम्ममा माटो, स्लोप, घाँस राख्ने, लगायतको कामहरु सम्पन्न गरिसकेको कम्पनीका इन्जिनियर कौशिक साहुले बताए । उनले भने, 'हामी मार्चमा रेल सञ्चालनका लागि प्रतिबद्ध भई काम गरिराखेका छौं । यता, अर्काे ठेकेदार कम्पनीले पनि आफ्नो काम करिब करिब सकेकै हो ।'


नेपाल रेल्वेको इतिहास
विक्रम सम्बत १९९४ सालमा तत्कालीन ब्रिटिस शासकले महोत्तरीको जंगलबाट सखुवाको गोलिया काठ ओसार्नका निम्ति जनकपुर जयनगर रेल्वेको निर्माण गरिएको थियो । जनकपुर रेल्वे महोत्तरीको बिजुलपुराबाट धनुषाको जनकपुर हुँदै भारतको जयनगरसम्म सञ्चालनमा रहेको थियो  । ५२ किलोमिटर सम्म रेल संचालनमा थियो । तर २०५९ सालमा आएको बाढीबाट  महोत्तरीको विग्ही पुल क्षतिग्रस्त भएपछि जनकपुर देखि विजलपुरा सम्मको रेल सेवा बन्द भएको थियो । त्यसपछि  रेल सेवा जनकपुरदेखि जयनगर २९ किलोमिटरमा सीमित हुन पुगेको थियो  । तर, न्यारोगेजमा संचालित उक्त रेल ब्रोडगेज सेवामा स्तरोन्नती हुँदा जनकपुर जयनगर सम्म सुचारु रहेको रेल सेवा २०७१ माघ देखि पुर्णतः ठप्प रहेको छ ।

सुरुमा इन्धनको रूपमा कोइला तथा दाउरा प्रयोग गरी चल्ने रेल २०१८ साल देखि यात्रु ओसारपसार कार्यको थालनी गरेको थियो  । पछि २०५१ सालमा भारत सरकारको सहयोगमा १८ बोगीसहित चारवटा डिजेल पावर इन्जिन प्राप्त भएपछि आधुनिक रेल सेवा सञ्चालन भएको हो  । रेल्वेलाई व्यवस्थित गर्ने उद्देश्यले २०२१ सालमा यसलाई नेपाल यातायात संस्थान अन्तर्गत राखियो  । पछि २०२५ सालमा सरकारले यसको नाम  जनकपुर(जयनगर रेल्वे राख्यो  । रेल्वेको पहिलो प्रबन्धकको रूपमा टेकजंग थापा नियुक्त भएका थिए  । २०६१ सालमा रेल्वे सेवालाई नेपाल रेल कम्पनीको रूपमा कम्पनी रजिस्टूारको कार्यालयमा दर्ता गरिएपछि नेपाल रेल्वेको रूपमा हालसम्म चिनिएको छ  । श्रम तथा यतायात व्यवस्था मन्त्रालयअन्तर्गत रहेको रेल्वे सेवालाई  भौतिक योजना निर्माण तथा यतायात मन्त्रालयअन्तर्गत रेल विभाग गठन भएपछि त्यसले हेर्दै आएको छ  ।
रेल्वेले धानेको जीवन

नेपाल रेल्वेले यस क्षेत्रको व्यापारमा ठूलो योगदान दिएको छ  । व्यापारीहरुका लागि भारतीय बजार जयनगरबाट जनकपुर सामान ल्याउन सबैभन्दा सुविधाजनक बाटो रेलमार्ग नै हो  । महिनामा करोडौँ मूल्यबराबरको सामान रेलमार्फत ढुवानी हुने गरेको छ  । रेल संचालन भएको बेला धनुषा भन्सार कार्यालयमा लक्ष्यभन्दा बढी राजस्व उठ्ने गरेको भन्सारकै तथ्याङ्कमा उल्लेख छ  ।  जनकपुरदेखि जयनगरसम्म रेल्वे लिकको छेउमा तथा होटेलमा हजारौँले पसल खोलेका थिए । तर, अहिले ती सबै पसलेहरु विगत ३ बर्ष देखि विस्थापित हुन परेका छन् । सभार :द एक्सक्लुसिभ



--
Posted By madheshexpress.com to JANLOKPRIYA at 12/02/2017 01:52:00 AM

about author

Blogger Sens it website about blogger templates and blogger widgets you can find us on social media
Previous Post :Go to tne previous Post
Next Post:Go to tne Next Post

No comments:

Post a Comment