Onlinesiraha-Nepali |
मधेशको भूमिमा मधेशीलाई जिताउन नेता ठाकुरको आग्रह Posted: 06 Nov 2017 06:29 PM PST राष्ट्रिय जनता पार्टी नेपालका संयोजक महन्थ ठाकुरले 'जन्मभूमिले बोलाएपछि' यस पालि महोत्तरी जिल्लामा चुनाव लड्न आएको बताएका छन्। आउँदो मंसिर २१ गते हुने दोस्रो चरणको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा महोत्तरी जिल्लाको क्षेत्र नं ३ बाट प्रतिनिधिसभाको निर्वाचनका उम्मेदवार ठाकुरले सदरमुकाम जलेश्वरमा आज पत्रकार सम्मेलन गर्दै मतदाताको विशेष आग्रहमा आफू महोत्तरीबाट चुनाव लड्न आएको बताए। जिल्लाको साविक एकरहिया गाविस र हाल पिपरा गाउँपालिका जन्मभूमि रहेका नेता ठाकुरले भने, "जन्मभूमिको आकर्षणले मलाई यसपालिको चुनावमा महोत्तरीबाट लड्न उत्प्रेरित गर्यो", उनले भने । उनले चुनावमा सम्पूर्ण मधेशको भूमिमा केवल मधेशीलाई जिताउन सबै मतलाई आग्रह गरे । उनले मधेशलाई अधिकारसम्पन्न, विभेदबाट मुक्ति, न्यायोचित सम्मान र चौतर्फी विकासका लागि चुनावमा मधेशको सम्पूर्ण निर्वाचन क्षेत्रमा मधेशी नेतालाई जिताएर मधेशलाई मधेशीमय बनाउन आग्रहरे । उनले मतदातालाई प्रदेश नं २ मा मधेशी सरकार बनाएर आफ्नो विशेष पहिचान कायम गर्न पनि आग्रह गरे । |
You are subscribed to email updates from Onlinesiraha.com. To stop receiving these emails, you may unsubscribe now. | Email delivery powered by Google |
Google Inc., 1600 Amphitheatre Parkway, Mountain View, CA 94043, United States |
No comments:
Post a Comment