Onlinesiraha-Nepali |
- अनौठो मेलाः कमला नदीमा भूतमेला (फोटो फिचर)
- मतदाताले तीनवटा मतपत्रमा चार ठाउँ भोट हाल्नुपर्ने, जानकारीको लागि सक्दो सेयर गरौं
- गठबन्धनलाई स्वतन्त्र उम्मेदवारको चुनौती
अनौठो मेलाः कमला नदीमा भूतमेला (फोटो फिचर) Posted: 05 Nov 2017 07:52 AM PST सिरहा– वर्षेनी कत्तिके पूणिमामा यहाँस्थित कमला नदीमा अनौठो मेला लाग्छ । कतिलाई धामीझाँक्रीमा विश्वास नरहेपनि पहेँलो धोती र सारीमा सजिएका नयाँ सिकारु धामी–झाँक्रीहरु हातमा बलेको आगो सहितको माटोको ढकना (भाडा) र बेतको लाठी घुमाउँदै कर्कश स्वरमा चिच्यउँदै यहाँ आउने गर्दछन् । 'पापकी छय, धर्मकी जय, हई भगतकाली राघो बन्नी...' यस्तै यस्तै आ आफनो इष्ट देवताको हरुको नाम फालाक्दै धामीझाँक्री मिर्दङ (मादल), झ्याली, ढोलपिपही जस्ता बाजाको तालमा कमला नदीमा सपथ ग्रहण गर्न पुग्ने गरेका छन् । सिरहा र धनुषाको सीमामा पर्ने कमला नदीमा उनीहरुको आज बिहानैदेखि घुँइचो लागेको हो । शुक्रवार रातीबाटै कमलानदी किनारमा भगत (देउता) खेल्नहरुको घुइँचो लागेको थियो । प्रत्येक भगतासँग रहेका २० देखि २५ को समूह भगतै (भगता) लाई प्रश्न गर्ने गीत गाउने गर्दछन् । तन्त्रशास्त्रअनुसार तन्त्रसिद्धिका लागि कात्तिक पूर्णिमाका पूर्णहुति दिँदा तन्त्रविधा सिद्ध हुने मान्यता छ। साभार :रातो पाटी |
मतदाताले तीनवटा मतपत्रमा चार ठाउँ भोट हाल्नुपर्ने, जानकारीको लागि सक्दो सेयर गरौं Posted: 05 Nov 2017 07:54 AM PST काठमाडौं १२ कात्तिक– निर्वाचन आयोगले प्रदेश र प्रतिनिधि सभाको प्रत्यक्ष तर्फको लागि छुट्टा छुट्टै मतपत्र छाप्ने तयारी गरेको छ । आयोग पदाधिकारीको आइतवार बसेको बैठकले सर्वोच्च अदालतको आदेश अनुसार प्रत्यक्षतर्फ छुट्टा छुट्टै मतपत्र छाप्ने निश्कर्ष निकालेको हो । |
गठबन्धनलाई स्वतन्त्र उम्मेदवारको चुनौती Posted: 05 Nov 2017 07:54 AM PST रंजन भण्डारी |
You are subscribed to email updates from Onlinesiraha.com. To stop receiving these emails, you may unsubscribe now. | Email delivery powered by Google |
Google Inc., 1600 Amphitheatre Parkway, Mountain View, CA 94043, United States |
No comments:
Post a Comment