Onlinesiraha-Nepali |
अन्तः सत्य नारायण यादव एमालेमै फर्के Posted: 22 Nov 2017 06:36 AM PST लहान । संघिय समाजवादी फोरम नेपालका केन्द्रिय सदस्य सत्य नारायण यादव एमालेमै फर्केका छन् । बुधवार लहानमा एक कार्यक्रम गरी नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालको हातबाट माला लगाई एमालेमै प्रवेश गरेका छन् ।![]() आसन्न प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा निर्वाचनमा फोरमले यादवलाई सिरहा क्षेत्र नम्बर एकबाट प्रतिनिधि सभाको टिकट नदिएपछि उनी असन्तुष्ट बनेका थिए । गएको मधेश आन्दोलनमा उनी एमाले परित्याग गरि फोरम आएका थिए । केही दिन अगाडी यादवले आफ्नो फेसबुक पेजमा पुरानै घर फक्रिने रहह जागेर आयो भनेर पोष्ट गरेका थिए । त्यसपछि फोरमका कार्यकर्ताले उनको डेरा घेराउ गरेका थिए । पछि यादवले आफु तत्काल कुनै पार्टीमा नजाने वक्तव्य दिएका थिए । तर, उनी फेरी एमालेमै फर्केका छन् । यस्तै, फोरम लोकतान्त्रिकको तर्फबाट नरहा गाउँपालिकाको अध्यक्षमा उम्मेदवारी दिएका अमरनाथ यादव पनि एमालेमा प्रवेश गरेका छन् । पार्टी प्रवेश कार्यक्रममा बोल्दै, एमाले वरिष्ठ नेता नेपालले आसन्न चुनावमा वाम गठबन्धनको बहुमत आउने दावी गरेका छन् । उनले भने, गएको स्थानीय तहको निर्वाचनमा एमाले माओवादीले ६१ प्रतिशत मत प्राप्त गरेका छन् । त्यसैले आफुहरुको बहुमत आउने उनले बताए ।-Samatakhabar |
कक्षा ११ र १२ को वार्षिक परीक्षा समयतालिका सार्वजनिक (तालिकासहित) Posted: 22 Nov 2017 12:13 AM PST
![]() |
You are subscribed to email updates from Onlinesiraha.com. To stop receiving these emails, you may unsubscribe now. | Email delivery powered by Google |
Google, 1600 Amphitheatre Parkway, Mountain View, CA 94043, United States |
No comments:
Post a Comment