Onlinesiraha-Nepali |
- वाढीले जलमग्न सिरहा सयौं घर डुवानमा, विस्थापितलाई सुरक्षित स्थलतर्फ
- मुसलधारे वर्षाका कारण लहानको माधोपुर अस्त व्यस्त @GROUND-ZERO REPORT
- सिरहाको लहान नगरपालिकाका मुसहर बस्ती डुवानमा
वाढीले जलमग्न सिरहा सयौं घर डुवानमा, विस्थापितलाई सुरक्षित स्थलतर्फ Posted: 13 Aug 2017 08:28 AM PDT साउन २९ गते । अविरल वर्षाले सिरहा डुवानमा परेको छ । सिरहाको बजार र ग्रामीण क्षेत्रका सयौं घर डुवानमा परेको हो। कमला, बलान, गागन, घुर्मी, बतहा, खुट्टि खोलाको वाढिले वस्तिहरु जोखिममा परेको छ । बलान नदिको बाढिले सखुवानन्कारकट्टिको ४५ घरपरिवार विस्थापित भएको छ । विस्थापित परिवारलाई स्थानीय विद्यालयमा सुरक्षित राखिएको प्रमुख जिल्ला अधिकारी श्रीकृष्ण श्रेष्ठले वताए । ![]() गागन नदिले आफ्नो वहाव बदलिदा औरही गाउँपालिकाको औरही, ईटाटार, कमलपुर लगायतका गाउँवस्ती डुवानमा परेको छ । गागनको वाढिले औरही गाउँलाई चारतिरैवाट पानीले घेरेको छ । औरहीमा ३ घरपरिवार विस्थापित भएको छ । यस्तै कमला नदिको वाढिले बेल्हा, सारस्वर, बसपिट्टा, मानपुर, रमौल, पटेर्वा, माडर, मल्हनिया गम्हरिया लगायत सिरहा नगरपालिका वडा नम्बर २, ७, ८ का वस्ती डुवानमा परेको प्रजिअ श्रेष्ठले बताए । जिल्ला सदरमुकाम सिरहाका अधिकांश सरकारी कार्यालयमा पानी २ फिटसम्म जमेको छ । ![]() यस्तै पूर्वपश्चिम राजमार्ग अन्तर्गत मिर्चैया नगरपालिकाको बजार क्षेत्र र राजमार्ग जलमग्न रहेको छ । राजमार्गमा ठाउँठाउँमा पानीले सडक भत्काएको छ । यो संगै कल्याणपुर जब्दी नगरपालिका ३ ईटारी प्रसाहीमा वाढिले घर डुवानमा परेर विस्थापित भएका ४५ घरपरिवारलाई सुरक्षित तरिकाले स्थानीय विद्यालयमा राखिएको प्रजिअ श्रेष्ठले बताए । वाढिको पानीले ग्रामीण सडक, हुलाकी सडक, सिरहा-कल्याणपुर-मिर्चैया सडक, मल्हनिया-सिक्रोन सडक, बसपिट्टा-सिरहा सडक, पदमपुर-नरैहिया सडक, ठेगही-सिरहा सडक लगायत तीन दर्जन वढी ग्रामीण सडकहरु भत्किएको छ । विरामी र सुत्केरीलाई सकस वाढीको पानीले गाउँगाउँका सडक भत्काएपछी विरामी र सुत्केरीलाई स्वास्थ केन्द्र पुग्न समस्या हुने भएको छ । बढीले सडक भत्किदा एम्बुलेन्स लगायतका सवारी साधन पुग्न नसक्ने अवस्था रहेको मानव अधिकारकर्मी राज कुमार राउतले बताए । ![]() सुरक्षा निकायद्वारा निरीक्षण प्रमुख जिल्ला अधिकारी श्रीकृष्ण श्रेष्ठको नेतृत्वमा स्थानिय विकास अधिकारी सुरेश राउत, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाका मेजर सहितको सुरक्षा निकाय वाढीले क्षति पुर्याएको ठाउँहरुको निरिक्षण गरेको छ । टोलिले राहत र उद्वारलाई तिव्रता दिन निरिक्षन गरेको टोलिमा सहभागी स्थानीय विकास अधिकारी सुरेश राउतले बताए । ![]() नगरपालिकाद्वारा च्यूराभूजा कमला नदिको वाढीले डुवानमा परेका सिरहा नगरपालिका ६ बसपिट्टाका दलित वस्ती सहित ५ सय घरपरिवारलाई राहत वितरण गरिएको छ । सिरहा नगरपालिकाले च्यूरा, भूजा, दालमोट, चाउचाउ र मट्टीतेल वितरण गरेको कार्यकारी अधिकृत ईन्द्रदेव यादवले बताए । राहत माग गर्दै ती वडाका सयौं पीडितहरु नगरपालिका कार्यालय पुगेका थिए । थामिएन वर्षा पाँच दिनदेखी लगातार भैरहेको वर्षा थामिसकेको छैन् । वर्षा जारी रहदा डुवानको जोखिम उच्च रहेको छ । आईतवार पनि वर्षा रोकिएन । वर्षा नरोकिदा विस्थापित हुनेको संख्या वढ्ने स्थानीय अगुवा शम्भू साहले बताए । विधुत छैन् वर्षाले सडकसंगै विधुतको पोलहरु ढालिदिदा विधुत आपूर्ति ठ्प्प भएको छ । बिष्णुपुर स्वस्टेशनवाट विधुत आपूर्ति हुने सदरमुकाम सिरहा, माडर, भलुवाही, सारस्वर, बेल्हा, कल्याणपुर, बिष्णुपुर लगायतमा विधुत ठप्प छ । विधुत नहुदा झन जोखिम वढेको स्थानिय सोनु महराले बताए । |
मुसलधारे वर्षाका कारण लहानको माधोपुर अस्त व्यस्त @GROUND-ZERO REPORT Posted: 13 Aug 2017 05:09 AM PDT ओम प्रकाश यादव साउन २८ । लहान नगर पालिका २१ मा पर्ने माधोपुर टोलमा मुसलधारे परेको पानिले जनजिबन अस्त व्यस्त भएको छ | वर्षाका पानी घरघरमा पस्न थालेपछि फुसको घर भत्किन थालेपछि शनिवार विहानैदेखि भगाभाग सुरु भएको छ । विगत ४ दिन देखि परिरहेकोअविरल वार्षको कारण माधोपुर टोलमा पानीको चाप वढन गई फुसको घर वनाएको एक जना दलितको घर भात्किसकेको छ |शनिवारदेखि नै परेको पानिले गाउ नै अस्त व्यस्त बनेको छ | त्यस्तै माधोपुर नजिकै रहेको हाइस्कुल भित्र पनी वर्षाको पानिले ताण्डव मचएको छ स्कुलको वरिपरी पूरे जलमग्न भएको दृश्य | त्यस्तै वर्षका कारण सिरहाका दर्जनबढी गाउँ डुवानमा परेका छन् । डिमा खोलाको पानी गाउँमा पस्दा कर्जन्हा गाउँपालिका– ६ गौताडीका दर्जनबढी घरहरु डुवानमा परेका हुन् । लगातारको वर्षाका कारण बेचो खोलामा आएको बाढी कल्याणपुर नगरपालिका–४ मा रहेका घरमा पसेको छ ।वर्षा नरोकिएका कारण स्थानीय बासिन्दा त्रसित भएका छन् । वर्षाले सिरहा जिल्लाका मिर्चैया, गोलबजार, लहान, पर्सा पोखरभिण्डा, सुखिपुरका घर डुवानमा परेको प्रमुख जिल्ला अधिकारीले जानकारी दिनुभएको छ । कमला नदीले कटान सुरु गरेकाले बाँध बनाउने काम भैरहेको छ । |
सिरहाको लहान नगरपालिकाका मुसहर बस्ती डुवानमा Posted: 13 Aug 2017 05:00 AM PDT सिरहा । सिरहाको लहान नगरपालिका एकस्थित मुसहर बस्ती डुवानमा परेको छ । नहरको बाँधमा घर बनाएर बसेका सुकुम्बासी मुसहर बस्तीमा बाढी पसेको हो । बाँधमा रहेका दर्जनौं घर डुबानमा परेर भत्केका छन् भने मुसहर बस्ती भएर नहरको पानी बगिरहेको छ । उनीहरुको घरमा भएका धान, चालम, गहुँ र अन्य समानहरु समेत पानीमा डुबेको छ । कतिपयको घरभित्र रहेका समानहरु समेत पानीले बगाएको स्थानीयले बताएका छन् । घर भत्किएपछि मुसहर समुदायको बिचल्ली भएको छ । घरमा पानी पसेपछि खाना समेत पकाउने अवस्था छैन् । बस्तीमा बाढी पसेपनि राहत र उद्दारको काम भने नभएको स्थानीयले गुनासो गरेका छन् । Source:http://avenues.tv |
You are subscribed to email updates from Onlinesiraha.com. To stop receiving these emails, you may unsubscribe now. | Email delivery powered by Google |
Google Inc., 1600 Amphitheatre Parkway, Mountain View, CA 94043, United States |
No comments:
Post a Comment