Onlinesiraha-Nepali |
विरामीले नपाएपछि औषधी कहाँ जान्छ ? ,लहान अस्पतालमा विरामीलाई सास्ती Posted: 30 Jul 2017 02:24 AM PDT ![]() दिनेश्वर गुप्ता लहान १५ साउन । भगवान भरोसे चल्दै आएको राउ स्मारक अस्पतालमा सरकारले पठाएको औषधी वितरण नगरी विरामीहरुलाई थप पीडा दिने गरेको खुलासा भएको छ । उपचारको लागि पुगेका अधिकांश विरामीलाई लहान अस्पतालका स्वस्थ्यकर्मीहरुले बाहिर पसलबाट औषधी खरिद गर्न लगाउंछन् । जहां सरकारले निःशुल्क उपलब्ध गराउने भनेका ७० वटा अत्यावश्यक औषधी दे शैभरका २५ बेडसम्मको क्षमता भएका सम्पूर्ण सरकारी अस्पतालवाट लिन सकिन्छ । त्यसैगरी प्राथमिक स्वास्थ्य सेवा केन्द्रवाट ५८ प्रकारका र स्वास्थ्य चैकीबाट ३५ प्रकारका औषधी निःशुल्क लिन सकिन्छ । सरकारी अस्पतालबाट पाइने निःशुल्क औषधी १. लिग्नोकेन २. पेरासिटामोल ३. एस्पिरिन ४. एबियुपोफिन ५. डिक्लोफिन्याक ६. इन्डोम्याथेसिन ७. क्लोरोफेनीरेमाइन ८. फेनिरिमाइन ९. सेटिरिजाइन १०. मेटा«निडिजोल ११. टेनिडिजोल १२. एमोक्सिसाइलन १३. जेन्टमिजन १४. सिप्रोफ्लाक्सीन १५.क्लोरमफेनिकोल १६. सेफ्ट्रिसवान १७. सेल्फेमेथोक्सजोल १८. एक्सीसाइक्लाइन १९. एजिथ्रोमाइजिन २०. क्लोक्सासिलिन २१.नियोमिसिन २२. फुलकोनाजोल २३. एसिक्लोविर २४. फेरोस सल्फेट २५. फोलिक एसिड २६. भिटामीन बि कम्प्लेक्स २७. कम्पाउन्ड सोलुसन अफ सोडियम लेक्टेट २८. ओडियम क्लोराइड २९. डक्स्टोस सोलुसन ३०. हाइड्रोकोलोथियाजाइड ३१. एटिनोलोल ३२. अल्वीनपेजोली ३३. क्यालमाइन लोसन ३४. पोभिडोन लोडिन ३५. गामा बेन्जिन हेक्साक्लोराइड ३६. अल्मोनियमंहाइड्रोअक्साइडंम्यागाा हाइड्रोअक्साइड ३७. रेनिटिडिन ३८. एट्रोपाइन ३९. हियोसिन बटेलबोरेमाइट ४०. रिहाइड्रेसन ४१. क्लोभ ओइल ४२. मेटोक्लोरप्रोयामाइट ४३. प्रोमेथोजिन हाइड्रोक्लोराइड ४४. चारकोल इक्टिभेटेड ४५.वेन्जोइक एसिड ४६. फ्रोसेमाइड ४७. एम्लोडिपिन ४८. डेक्सामेथोसेन ४९. एल्बुटामोल ५०. एमिनोफिलिन ५१. प्रिडनीसोलोन ५२.प्रालीडोक्सीन सोडियाम ५३.फिनोबारबिटोन ५४.अल्पाजोलम ५५. कोल्प्रोम्याजि ५६.एमिट्रिपिलाइन ५७. हाइड्रोकोर्टिसोन ५८.मेटर्फो्मिन ५९. एड्रिनलाइन ६०. डिगाग्सिन ६१. सिल्भर सल्फाइजिन ६२. क्लरटिमिजोल ६३. डाइजेपाम ६४. सेन्सिन भाइलेट ६५. एल्लोपुरीनोल ६६. टेट्रासाइक्लाइन ६७.कार्वमेजेपाइन ६८.एसिटिजोलमाइड ६९.अक्सीमेटाजोलाइन ७०.लेभोथेरेक्सीनराजपा लगायतको औषधी निःशुल्क उपलब्ध गराउंनुपर्ने प्रावधान रहेको छ । तर, विरामीहरु यि औषधी पाइदैन् अनि औषधी कहां जान्छ ? स्रोतका अनुसार औषधी अस्पतालका इन्चार्ज र स्टोर तथा लेखापालको मिलोमतोमा बाहिर विक्री हुने गरेको दावी गरेको छ । अस्पताल ईन्चार्ज सुनिल कुशवाहाले पनि आफ्नो श्रेया पोली क्लिनिक खोलेका छन् । यसरी विरामीको हालत देखेर राजपा कार्यकर्ताहरुले साउन १२ गते अस्पताल प्रशासनको विरोध गरेको छ । तर, अस्पताल बाहिर रहेका इन्चार्ज शुशिल कुशवाहाले फोन उठाउंन मानेन र अस्पतालमा समेत आईपुगेन । यस बारे अस्पताल समितिका अध्यक्ष फुलेश्वर महतोलाई सम्पर्क गर्न खोज्दा उनको ९८४२८२७६२६ नम्बरको मोबाईल स्वीच अफ रहेको छ ।![]() ![]() ![]() ![]() |
You are subscribed to email updates from Onlinesiraha.com. To stop receiving these emails, you may unsubscribe now. | Email delivery powered by Google |
Google Inc., 1600 Amphitheatre Parkway, Mountain View, CA 94043, United States |
No comments:
Post a Comment