/ Undifined / Onlinesiraha-Nepali

Onlinesiraha-Nepali

Onlinesiraha-Nepali


नयाँ शक्ति पार्टी नेपाल धनुषाका १५ कार्यकर्ता पक्राउ

Posted: 03 Apr 2017 08:37 AM PDT

आशिक शाह सिरहा, २१ चैत ।नयाँ शक्ति पार्टी नेपाल धनुषाका १५ जना नेता कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ। दलीय चुनाव चिह्नको माग गर्दै निर्वाचन कार्यालय धनुषा अगाडि धर्ना दिन गएका सो पार्टीका १५ जना कार्यकर्तालाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ। नयाँ शक्ति पार्टी नेपाल तथा अन्य दलहरूको निर्णयअनुसार देशभरका जिल्ला निर्वाचन कार्यालय घेराउ गर्ने क्रममा जिल्ला निर्वाचन कार्यालय धनुषा घेराउ गर्न पुगेका उनीहरूलाई पक्राउ गरेको धनुषाका प्रहरी उपरीक्षक लीलामणि आचार्यले जानकारी दिएका छन्।पक्राउ पर्नेहरूमा नयाँ शक्ति पार्टी नेपालका केन्द्रीय सचिवालय सदस्य तारा महतो, हेना झा, केन्द्रीय प्रादेशिक सदस्य रुवी मिश्र, जिल्ला सदस्य अमना खातुन, मोहन झा, विजय भगत, रमेश यादव, सुरेन्द्र यादव, प्रशान्त झा रहेका छन्। यसैगरी भरत साह, सुमन ठाकुर, रघुनाथ साह, नरेन्द्रविक्रम साह, सोहेल खाँ र जयकुमार दास पनि पक्राउ परेका छन्। आइतबार काठमाडौंस्थित निर्वाचन आयोगको केन्द्रीय कार्यालय घेराउ गर्न पुगेका नयाँ शक्ति पार्टी नेपालका संयोजक एवं पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईसहितका नेताहरूलाई प्रहरीले पक्राउ गरेको थियो।प्रहरीले आफ्ना नेताहरूलाई पक्राउ गरेपछि आक्रोशित प्रदर्शनकारीले सोमबार जिल्ला निर्वाचन कार्यालय घेराउ गर्दै सरकारविरुद्ध चर्का नाराबाजीसहित प्रदर्शन गरेका थिए। सोही क्रममा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले बताएको छ। उनीहरूले संसद्मा नरहेका दललाई दलीय चुनाव चिह्न नदिने निर्वाचन आयोगको निर्णय तानाशाही भएको आरोप लगाउँदै आफूहरूको माग सम्बोधन नभएसम्म आन्दोलन जारी राख्ने चेतावनीसमेत दिएका छन्।

लागूऔषध सहित युवक पक्राउ

Posted: 03 Apr 2017 05:42 AM PDT

आशिक शाह सिरहा, २१ चैत। प्रहरीले सिरहाको ईटहर्वा-६ बाट आईतवार साँझ ठुलो परिमाणको लागूऔषधसहित एक युवकलाई पक्राउ गरेको छ।पक्राउ पर्नेमा सोही ठाँउ बस्ने १७ बर्षिय राज कुमार यादव रहेका छन्। उनको साथबाट प्रहरीले पत्रीकामा पोको पारी झोला लुकाएर ल्याउँदै गरेको २ सय ९६ एम्पुल, डाईजेल्याव २ सय ९८ एम्पुल, लुपिजेसिक १ सय ९७ एम्पुल, नोफिन १ सय ३ एम्पुल लागूऔषध फेलापारी नियन्त्रणमा लिईएको हो।साईकलमा सवार यादवलाई इलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरी टोलीले भारतीय बजारबाट नेपालतर्फ आँउदै गरेका अबस्थामा शंकालागी चेकजाँच गर्नेक्रममा सो परिमाणको लागूऔषध फेलापारी बरामद गरेको हो।यादवउपर थप अनुसन्धान भईरहेको उक्त कार्यालय जनाएको छ।

पाँच गाविस बोदेबर्साइन नपामा नरहने भन्दै जनताहरु द्वारा प्रदर्शन

Posted: 03 Apr 2017 05:37 AM PDT

आशिक शाह सिरहा, २१ चैत।सप्तरीको जिल्लाको मल्हनियाँ, नेंगडा, मौवाह बेल्ही, रौतहट र रामनगर गाविसका जनताहरु बोदे बर्साइन नगरपालिकामा नबस्ने भन्दै आइतबार राजविराजमा बिरोध प्रर्दशन गर्दै जिल्ला प्रशसन कार्यालय सप्तरीमा ज्ञापन बुझाएका छन् ।ती गाविसका जनताहरु बोदे बसाईन नगरपालिकामा नबस्ने भन्दै छुट्टै गाउँपालिकाको माँग गर्दै बिरोध प्रदर्शन गरेका हुन् । स्थानिय शिवमन्दिरको प्राङ्गनबाट निकालिएको बिरोध प्रदर्शनले राजविराज नगरको परिक्रमा गरेको थियो । सो बिरोध प्रदर्शनमा सप्तरी क्षेत्र नं. ६ का निर्वाचित काँग्रेस सांसद सुरेन्द्र यादव समेतको सहभागिता रहेको थियो ।क्षेत्र नं. ६ का बिहुल नदी पश्चिमका पाँच गाविसहरुको आफ्नै भौगोलिक, समरुपता र जनसंख्यात्मक घनत्व हुदाँहुदै पनि पाँच गाविस मिसाएर एक गाउँपालिका नबनाएको प्रति शान्तिपूर्ण आन्दोलनमा उत्रनु परेको बाध्यता रहेको बुझाइएको ज्ञापनमा उल्लेख गरिएको छ ।

नयाँ शक्तिसहितका दलद्धारा सिरहा निर्वाचन कार्यालय घेराउ

Posted: 03 Apr 2017 05:21 AM PDT

आशिक शाह सिरहा, २१ चैत। आज सिरहा सदरमुकामस्थित जिल्ला निर्वाचन कार्यालय नयाँ शक्ति पार्टी, नेपालले घेराउ गरेको छ । चर्को घाममा कार्यालय अगाडी त्रिपाल टाँगेर नयाँ शक्ति पार्टी नेपालका नेता तथा कार्यकर्ता धर्ना बसेको हो ।उक्त धर्नामा वैद्य नेतृत्वका नेकपा क्रान्तिकारी माओवादीका नेता तथा कार्यकर्ता समेत सहभागी थिए।उनीहरुले दिउँसो ५ बजेसम्म धर्ना बसेको थियो।निर्वाचन आयोगमा दर्ता भएको नयाँ दललाई संविधानप्रदत्त पाउनुपर्ने दलीय चुनाव चिन्ह पाउने अधिकारबाट बञ्चित गरेको भन्दै नयाँ शक्ति नेपालका नेता तथा कार्यकर्ताहरु धर्ना बसेका थिए ।

about author

Blogger Sens it website about blogger templates and blogger widgets you can find us on social media
Previous Post :Go to tne previous Post
Next Post:Go to tne Next Post

No comments:

Post a Comment