/ Undifined / Onlinesiraha-Nepali

Onlinesiraha-Nepali

Onlinesiraha-Nepali


निर्वाचन आयोग घेराउ गर्न पुगेका नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराई पक्राउ

Posted: 02 Apr 2017 05:22 AM PDT

आशिक शाह लाहान,चैत्र २० । दलीय चुनाव चिन्ह माग गर्दै नयाँ शक्तिसहित ६४ दलका नेता कार्यकर्ताले निर्वाचन आयोग घेराउ गर्न जादा नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईसँगै हिसिला यमी, परशुराम तामाङ, गंगा चौधरीका साथै बैद्य माओवादीका नेता सीपी गजुरेल लगायत नेतालाई प्रहरीले पक्राउ गरेको छ ।नेता तथा कार्यकर्ताहरु लाई ट्रकमा हालेर अहिले प्रहरी कार्यालयतर्फ लगिएको नयाँ शक्तिका नेता विश्वदीप पाण्डले बताए । नेताहरुलाई अहिले नेपाल प्रहरी २ नं. गण, महाराजगञ्जमा राखिएको छ ।

सिरहामा गोलभेडा किलोको चार रुपैयाँ , किसान मार्कामा

Posted: 01 Apr 2017 08:42 PM PDT

चैत्र २० । यतिबेला सिरहाको हाटबजारहरु गोलबजार, चोहर्वा, धनगढी , मिर्चैया र लहानमा गोलभेडा प्रतिकिलो ४ रुपैयाँमा मात्रै बिक्री भईरहेको छ । गोलभेडाको मूल्य सस्तो भएपछि कृषकहरु भने चिन्तामा परेका परेकाछन् । एक टायरगाडा भरी गोलभेडा लिएर बिक्री गर्न गोलबजार हाटबजार आएका गोलबजार नगरपालिका २ सिरहाका कृषक माधव थपलियाले प्रति किलो ४ रुपैयाँका दरले पनि बिक्री नभए पछि पुर्पुरोमा हात लाएर सुस्केरा हाल्दै भन्नुभयो, 'खै के गर्नु ? मेहनत गर्यो मुल्य पाइदैन । केहीबेर अझै पर्खिन्छु त्यसपछि पनि बिक्री भएन भने फालेर जानुको बिकल्प छैन ।' थपलिया आफ्नो खेतमा अझै सय क्विन्टल गोलभेडा टिप्नै बाँकी नै बताउनु हुन्छ । माधव थपलिया प्रतिनिधी पात्र मात्र हुनहुन्छ । यस क्षेत्रका गोलभेडा उत्पादन गर्ने अधिकांशक कृषक गोलभेडाको मूल्य नपाएपछि लागनी समेत नउठ्ने चिन्तामा परेका छन् । गोलबजार २ कै कृषक गणेशी महतोले १० कट्ठा जमिनमा लाएको लटरम्म फलेका गोलभेडाको बोट काटेर फालिदिएको बताउनु भयो । महतो भन्नुहुन्छ, 'गोलभेडा टिप्ने र ढुवानी गर्ने मजदुरको खर्च पनि निस्कदैन अनि घरैबाट नगद खर्च गरेर मजदुरलाई दिनुपर्छ । त्यसै कारण काटेर फालिदिए । ' महतोले थप्नु भयो, 'अर्को सिजन खेति लाउन पुँजी मासियो । अब खेति लाउन ऋृण लिनु पर्छ । गुरुधाम गाउँका अर्का अगुवा कृषक रामजी यादव भन्नु हुन्छ, 'गोलभेडाको बजार मूल्य घट्यो, सबैभन्दा महंगो बीउ गोलभेडाको छ । १० कट्ठा गोलभेडा लागउन १० हजारको बिउ खरिद गर्नुपर्छ । ४ रुपैयाँ प्रति किलो बेचेर त गोलभेडा टिप्न लाग्ने मजदुरलाई नै ठिक्क हुन्छ । बीउको मूल्य पनि उकासिदैन ।' उहाँ थप्नुहुन्छ,'कमसेकम सरकारले बजार व्यवस्थापनमा सहयोग गरे हुन्थ्यो । गोलबजार २ कै अगुवा कृषक राजकुमार सिंह भन्नु हुन्छ, 'फागुन महिनासम्म प्रति किलो १० रुपैयाँमा बिक्री भईरहेको थियो तर चैत लागेपछि मूल्य घट्यो । ' उहाँले आक्रोस पोख्दै भन्नुभयो, ' काठामाडौं र पोखरा जस्ता शहरमा अहिले महंगो पैसामा गोलभेडा बिक्री भईरहेको छ । सरकारले बजार व्यवस्थापनमा ध्यान नदिएर भएको हो ।' कम्तिमा प्रति किलो १० रुपैयाँमा बिक्री भए पनि लगानी उठ्थो भन्ने कृषकहरुको आशा छ । यो समाचार सरगम खवर सभार गरिएको छ

स्थानीय चुनावमा एमाले अग्रस्थानमा आउने पूर्व मन्त्री यादवको दावी

Posted: 01 Apr 2017 08:35 PM PDT

जिवछ उदासी - लहान, चैत २० गते । सिरहाको स्थानीय तहको हुने निर्वाचनमा नेकपा एमाले अधिकांश गाँउपालिका र नगरपालिकामा अग्रता लिने पूर्व समान्य प्रशासन मन्त्री तथा सिरहा –२ वाट निर्वाचित सांसद राम चन्द्र यादवले शनिवार रेडियो सरगम ९३ मेगाहर्जको कार्यक्रम सरगम सम्वाद कार्यक्रममा यस्तो दावी गर्नु भएको छ । सिरहामा ११ गाँउपालिका र ६ नगरपालिका मध्ये सात गाँउपालिका र ६ नगरपालिका मध्ये ४ नगरपालिकामा जित हासिल गर्ने पूर्व मन्त्रीले ठोकुवा गर्दै चुनावको तयारीमा एमाले अर्जून दृष्टिले लागि सकेको भन्दै यसको कुनै विकल्प छैन । संविधान कार्यान्वयन र प्राप्त उपलब्धीको लागि चुानव हुनैपर्छ । अब पनि चुनाव हुन्छ कि हुदैन तर्कमा अल्झिनु भन्दा चुनावी माहोलमा लाग्न एमाले कार्यकर्ताहरुलाई निर्देशन दिई सकेको बताउनु भएको छ । मधेशी मोर्चाले पनि आफनो शक्ति परिक्षण गर्न चुनावमा आउनुको विकल्प छैन भन्दै चुनावको वातावरण वन्दै गएको पूर्व मन्त्री यादवले तर्क गर्नु भएको छ । मधेशमा एमाले कमजोर भएको हौवा फैलाएको छ । चुनावमा गएपछि तस्बीर प्रष्ट हुन्छ भन्दै पूर्व मन्त्री यादवले एमालेको वलियो संगठन र प्रतिवद्ध कार्यकर्ताहरु हावा र हौवाको भ्रममा पर्दैन । लहान , गोलवजार मिचैया कल्याणपुर नगरपालिकामा अग्रस्थानमा छ । यस्तै गाँउपालिकाहरुमा पनि एमाले हावी हुने देखेर अन्य दलहरु चुनावमा जान नचाहेर अनेकौ वखेडा र एमालेलाई वदनाम गराउने काम गरिरहेको वताउनु भएको छ । उहाँको अनुसार स्थानीय तहको निर्वाचनमा एमालेको प्रतिस्पर्धा नेपाली काँग्रेससंग हुने ठोकुवा गर्नु भएको छ ।

about author

Blogger Sens it website about blogger templates and blogger widgets you can find us on social media
Previous Post :Go to tne previous Post
Next Post:Go to tne Next Post

No comments:

Post a Comment