Onlinesiraha-Nepali |
- शहिदहरुको शवयात्रामा उर्लियो जनसागर (फोटो फिचर)
- राजविराजबाट शवयात्रा निकालिंदै, पानिका कारण लहान आउन केहि ढिला हुने
- होसियार ! होलीमा सवारी तीव्र गतिमा हाँक्दा प्रहरीको राडर गनले भेटाउला
- कञ्चनपुरमा नेपालको भूभाग मिच्ने भारतको दाउ
- गोलबजारमा करेन्ट लगेर एक युवतीको मृत्यु
शहिदहरुको शवयात्रामा उर्लियो जनसागर (फोटो फिचर) Posted: 11 Mar 2017 06:24 AM PST राजविराज, २८ फागुन । सप्तरीमा प्रहरीले चलाएको गोली लागेर ज्यान गुमाएकाहरुको शवयात्रामा जनसागर उर्लिएको छ । शनिवार विहान आठ बजे शवयात्रा निकाल्ने कार्यक्रम रहे पनि रातीदेखिको अविरल वर्षाले गर्दा शवयात्रा निकाल्ने कार्य प्रभावित भएको थियो । साढे १ बजेको समयमा शवयात्रा निकालिएको शवयात्रामा हज्जारौं जनसमुदाय सहभागी भएका छन् । राजविराजबाट निकालिएको शवयात्रा तोपा, मन्सापुर, हनुमाननगर, भारदह, बरमझिया, कञ्चनपुर, रुपनगर, महुली, विरेन्द्र बजार, सितापुर, रुपनी, शम्भुनाथ, कठौना, कल्याणपुर, खर्चुहिया, कडरबोना, कुशहा बजार हुँदै सिरहाको लहानस्थित शहिद चौकसम्म परिक्रमा गरिने संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा सप्तरीले जनाएको छ । शवयात्रा पश्चात अन्तिम संस्कारकालागि शव परिवारजनको जिम्मा लगाईने मोर्चाका जिल्ला संयोजक दिनेशकुमार यादवले जानकारी दिएका छन् । विभिन्न स्थानमा शवयात्रालाई रोकेर स्थानीयवासिन्दाले शहिदहरुलाई अन्तिम विदाई गरेका छन् । प्रस्तुत छ शवयात्राका क्रममा विभिन्न स्थानमा देखिएका दृष्यहरुः |
राजविराजबाट शवयात्रा निकालिंदै, पानिका कारण लहान आउन केहि ढिला हुने Posted: 10 Mar 2017 08:54 PM PST फिरोज शेख लहान , फागुन २८ । सप्तरी मलेठ घटनामा प्रहरीको गोलीलागी मारिएका पाँच जनाको शवयात्रा केहीबेरमा निकालिदैछ। गोलीलागी मारिएका पाँच जनाको शव शुक्रबार राति ल्याएर श्रद्धाञ्जलीका लागि राजविराजस्थित गजेन्द्र चोकमा राखिएको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा सप्तरीका संयोजक दिनेश यादवले जानकारी दिएका छन्। संयोजक यादवका अनुसार शवयात्रा राजविराजबाट शुरु भएर सप्तरीको हनुमाननगर, भारदह, कञ्चनपुर, रुपनगर, महुली, रुपनी, कल्याणपुर, कुशहा हुँदै लहान पुगेर दिउँसो ३ बजेतिर लहानको शहीद रमेश महतो चोकमा श्रद्धाञ्जली सभा हुनेछ। बिहान ८ बजे देखि शुरु गर्ने भनिएको शवयात्रा पानी परिरहेकोले केही ढिलो हुने यादवले बताए। शहादत शवयात्रामा १० हजार भन्दा बढी जनाको सहभागिता रहने मोर्चाले जनाइएको छ। नेकपा एमालेको मेची महाकाली राष्ट्रिय अभियान अन्तर्गत गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रमा फागुन २३ गते आयोजना गरिएको जनसभामा सुरक्षाका लागि खटिएको नेपाल प्रहरी र शशस्त्र प्रहरीको गोली लागेर मलेठ गाविस वडा नम्वर– २ का २५ वर्षिय सञ्जन मेहता, मलेठ–४ का ५० वर्षिय पीताम्बर मण्डल, प्रसवनी–४ टेङ्गरी घर भएका ३५ वर्षिय सिनियर अहेव आनन्द कुमार साह र उपचारको क्रममा शहदत प्राप्त गरेका मलेठ–४ का विरेन्द्र महतो र सप्तरीको जमुनी मधेपुरा गाविस वडा नम्वर–१ कटवी गाउँ निवासी ५० वर्षिय ईनरदेव यादवको ज्यान गएको हो। सोहि घटनाको विरोधमा मोर्चाले गरेको अनिश्चतकालीन सप्तरी जिल्ला बन्दको घोषणाले तराई मधेशको जनजीवन कष्टकर बन्दै गएको छ । लगातारको बन्दको कारण आज सनिबार छैठौ दिन पनि जिल्लाको जनजीवन प्रभावित भएको छ। |
होसियार ! होलीमा सवारी तीव्र गतिमा हाँक्दा प्रहरीको राडर गनले भेटाउला Posted: 10 Mar 2017 08:05 PM PST फागुन २८ । होलीको दिन तीव्र गतिमा सवारी हाँक्दै हुनुहुन्छ ? सावधान ! ट्राफिक प्रहरी सडकमा राडर गन लिएर उत्रिएका हुनेछन् ! सडकमा निश्चित दूरीभन्दा बढी गतिमा गाडी हाँके तपाईं कारबाहीमा पर्नुहुनेछ । ट्राफिक प्रहरीले दुघर्टना न्यूनीकरणका लागि सडकमा व्यापक सुरक्षा जाँच विन्दु राखेर सवारी चालकमाथि निगरानी राख्ने भएको छ । होलीमा मादक पदार्थ सेवन गरेर तीव्र गतिमा सवारी चलाउने प्रवृत्ति बढेपछि ट्राफिक प्रहरीले कडाइ गर्न लागेको हो । सवारी तीव्रगतिमा हाँक्ने, क्षमताभन्दा बढी हाँक्ने, हेल्मेट नलगाइ चलाउने र इच्छाविना रंग वा लोला हान्नेजस्ता प्रवृत्ति रोक्न प्रहरीले विशेष निगरानी गर्ने भएको हो । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख डीआईजी मिङ्मार लामाका अनुसार होलीलाई दुर्घटनारहित बनाउन विशेष सुरक्षा योजनासहित प्रहरी परिचालित भएका छन् । होलीका लागि मात्र राजधानीमा एक हजार प्रहरी परिचालित हुने भएको छ । महाशाखाले यो वर्ष होलीमा मादक पदार्थ सेवन गरेर सवारी चलाउनेलाई पूर्ण निषेध गर्ने, लापरबाहीसाथ चलाउने र तीव्र गतिमा हाँक्नेलाई कारबाहीको दायरामा ल्याउने जानकारी डिआईजी लामाले दिए । |
कञ्चनपुरमा नेपालको भूभाग मिच्ने भारतको दाउ Posted: 10 Mar 2017 08:01 PM PST फागुन २८ । पारि भारतको बसहीकस्वा, वारि आनन्द बजार । बीचमा रहेको अलि उँचो भूभागलाई बूढापाकाले दुम्के डाँडा भन्थे । तर, पटकपटक सीमा विवादका कारण तनाव बढ्न थालेपछि स्थानीय बासिन्दाले यसको नाम 'कारगिल डाँडा' राखिदिए । भारतीय प्रहरीले बिहीबार नेपाली भूभागमै पसेर गोली चलाउँदा एक जनाको मृत्यु भएपछि विवाद फेरि बल्झिएको छ । 'सीमापारिबाट दिनहुँजसो मदिरा पिउन आनन्द बजार पुग्ने भारतीय सीमा सुरक्षा बलका जवान र सर्वसाधारणले नै यो डाँडाको नाउँ कारगिल राखेका हुन्,' स्थानीय शेरबहादुर कामीले भने, 'गोली चलेको घटना पहिलो हो तर सामान्य तनाव र झडप १७ औं पटक देखिसकेको छु ।' शेरबहादुरका अनुसार बसहीकस्वा र आनन्द बजारका बासिन्दाको सम्बन्ध कहिल्यै राम्रो हुन सकेन । 'केही वर्षअघि विद्यालय बनाउँदा पनि उनीहरुले अवरोध गरे । दुवै देशका अधिकारीबीच सहमतिपछि मात्र विद्यालय बन्यो । एक महिनाअघि दुवै देशका अधिकारीबीच सहमति भएपछि कल्भर्ट बनाइएको हो, यही कारण तनाव बढ्दै जाँदा ३२ वर्षीय युवकले अनाहकमा ज्यान गुमाउनपर्यो ।' धनगढीदेखि २५ किमि दूरीमा रहेको आनन्द बजारमा अधिकांश जनजाति समुदायको बसोबास छ । पुनर्वास नगरपालिका ८ मा रहेको यो बजारको पारितर्फ भारतको सानो मन्डी बसही बजार छ । |
गोलबजारमा करेन्ट लगेर एक युवतीको मृत्यु Posted: 10 Mar 2017 07:50 PM PST फाल्गुन २८ । सिरहाको गोलबजार नगरपलिका-१ स्थित मुक्सारमा करेन्ट लगेर एक युवतीको मृत्यु भएको छ। मृत्यु हुनेमा सोही ठाउँकी १७ बर्षिया सानु कुमारी सोसलिङ रहेकी छन्।शुक्रबार साँझ ७ बजेतिर आएको हावा हुरीले अचानक विधुतको तार चुँडिएर विधुत लिक भइ चार्जमा राखेको मोबायल निकाल्ने क्रममा करेण्ट लागेर उनि घाईते भएकी थिईन।घाईते युवतीलाई उपचारकालागी लहान अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय गोलबजारले जनाएको छ। |
You are subscribed to email updates from Onlinesiraha.com. To stop receiving these emails, you may unsubscribe now. | Email delivery powered by Google |
Google Inc., 1600 Amphitheatre Parkway, Mountain View, CA 94043, United States |
No comments:
Post a Comment