/ Undifined / Onlinesiraha-Nepali

Onlinesiraha-Nepali

Onlinesiraha-Nepali


एउटा देसमा दुइटा कानून मधेशी मर्दा रोएन पहाड़ी मर्दा रोए निधी

Posted: 10 Mar 2017 08:25 AM PST

फागुन २७ । उपप्रधानमन्त्री एवम् गृहमन्त्री विमलेन्द्र निधिले कञ्चनपुरको सीमामा भारतीय सुरक्षाकर्मीको गोली प्रहारबाट निधन भएका नेपाली नागरिक गोविन्द गौतमलाई सहिद घोषणा गरेको जानकारी दिनुभएको छ । व्यवस्थापिका–संसद्को आजको बैठकमा कञ्चनपुर र सप्तरी घटनाका सम्बन्धमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै गृहमन्त्री निधिले सहिद घोषणाका साथै रु दस लाख राहतस्वरुप उपलब्ध गराउने, गौतमको अन्त्येष्टि सम्मानपूर्वक गरिने र सन्ततिको निःशुल्क पठनपाठन गराइदिने निर्णय भएको पनि जानकारी दिनुभयो । संसदमा कञ्चनपुर घटनाका विषयमा जानकारी गराउँदै गर्दा गृहमन्त्री निधि रुनु भयो । गौतमलाई सहिद घोषणा गरेको जानकारी गराउँदै गर्दा निधिको गला अवरुद्ध भएको थियो । गला अबरुद्ध भएपछि उनी केही समय रोक्नु भएको थियो । कञ्चनपुर जिल्लाको दक्षिणी सिमाना नजिक आनन्द बजारमा कल्भर्ट निर्माण सम्बन्धमा नेपाल र भारतका सीमा अधिकारीबीच यही फागुन १० गतेको सहमति विपरीत भारतीय पक्षले कल्भर्ट भत्काएपछि उत्पन्न विवादमा भारतीय सुरक्षाकर्मीको गोली प्रहारबाट निर्दाेष गोविन्द गौतमको उपचारका क्रममा दुःखद् निधन भएको मन्त्री निधिले अवगत गराउनुभयो । उहाँले उक्त अकल्पनीय घटनाबारे गृह र परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गरी धारणा स्पष्ट पारिसकेको जानकारी दिँदै भारतीय पक्षबाट गोली प्रहार हुनु निन्दनीय भएको बताउनुभयो । सोही विषयमा आफूले प्रधानमन्त्रीको निर्देशनमा भारतीय विदेशमन्त्री सुष्मा स्वराजसँग टेलिफोन गरी घटनाको छानबिन गर्न र दोषीमाथि कारबाही गर्न आग्रह गरेको उहाँले जानकारी दिनुभयो । यस्तै, परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले पनि स्वराजलाई फोन गरी आइन्दा यस्तो घटना नदोहो¥याउन आग्रह गर्नुभएको र यहाँस्थित भारतीय दूतावासका कार्यबाहक राजदूतलाई परराष्ट्र मन्त्रालयले बोलाइ ध्यानाकर्षण गराएको पनि बताउनुभयो ।

राजविराजदेखि लाहानसम्म शव यात्रा, हजारौं सहभागी हुने

Posted: 10 Mar 2017 03:14 AM PST

राजविराज २७ फागुन । नेकपा एमालेको मेची–महाकाली अभियान सफल बनाउने क्रममा सशस्त्र पैहरीले गोली हानी हत्या गरेका चारै जनाको शव यात्रा शनिबार हुने भएको छ ।
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा सप्तरीले शव बुझेर भोलि (शनिवार) सिरहाको लहानसम्म शवयात्रा गर्ने जनाएको छ । शव यात्रामा सप्तरी, सिरहा र धनुषाका हजारौं मधेशीहरुको सहभागिता रहने मोर्चाले जनाएको छ ।
सप्तरीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालको अध्यक्षतामा बसेको मोर्चासम्मिलित बैठकले शव ल्याउने निर्णय गरेको गरेको थियो ।
सोमबार सप्तरीमा भएको घटनामा प्रहरीले हत्या भएकाहरुलाई सहिद घोषणा, परिवारलाई उचित क्षतिपूर्ति, घाइतेको उपचार खर्च, मृतक परिवारमध्ये एकजना सदस्यलाई जागिरको व्यवस्थासहितका मोर्चाले अघि सारेका मागलाई स्थानीय प्रशासनले गृह मन्त्रालयलाई सिफारिस गर्ने बैठकले निर्णय गरेको हो ।
सप्तरी घटनामा मलेठ–२ बस्ने २५ वर्षीय सञ्जन मेहता, मलेठ–४ का ५० वर्षीय पीताम्बर मण्डल, मलेठ–४ का वीरेन्द्र महतो र प्रसवनी–४ टेङ्गरी घर भएका ३५ वर्षीय सिनियर अहेव आनन्दकुमार साहको हत्या भएको हो ।
उनीहरुको शवपरीक्षण धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गराई शनिबार राजविराजदेखि लहानसम्म शवयात्रा गर्ने निर्णयसमेत भएको छ ।
लहानबाट पुनः मलेठ ल्याई तीनजनाको मलेठमै औद्योगिक क्षेत्र नजिक र प्रसवनीका साहको प्रसवनीमै दाहसंस्कार गरिनेछ ।  स्रोत :हुलाकी न्यूज

मोर्चाद्धारा सप्तरीमा एक यात्रुबाहक बसमा आगजनी, बस पूर्ण रुपले जलेर नष्ट

Posted: 10 Mar 2017 12:12 AM PST

सप्तरी ,२७ फागुन । आन्दोलनरत मधेशी मोर्चाका नेता तथा कार्यकर्ताहरुले सप्तरीको मलेठ गाविसस्थित सडक खण्डमा बन्द को अवज्ञा गरेको भन्दै वीरगञ्ज देखि राजविराज चल्ने स्वस्तिका ट्राभ्ल्समा एक यात्रु बाहक बसमा आगजनी गरेका छन । सोमबार सप्तरीमा प्रहरीले गोली चलाएको स्थानमै मोर्चाका कार्यकर्ताहरुले बिरगन्जबाट राजविराजतर्फ आउँदै गरेको ना. ५ ख. ६७१३ नम्बरको यात्रुबाहक बसमा आगजनी गरेका हुन । आगजनीबाट बस पूर्ण रुपले जलेको छ । बसका यात्रुहरुलाई ओरालेर सोही बसमा रहेको डिजल र पेट्रोल छर्केर आगो लगाएको जनाइएको छ । यता संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा सप्तरीको आह्वानमा अनिश्चितकालिन बन्दको आज पाँचौं दिन पनि प्रदर्शन जारि रहेको छ भने संघीय गठबन्धनले आह्वान गरेको एक दिने नेपाल बन्दको पूर्ण प्रभाव परेको छ । यहाँबाट कुनै सवारीसाधन चलेका छैनन् भने पसल, कलकारखाना, उद्योग, बजार समेत बन्द रहेको छ । जिल्लाको भारदह, कंचनपुर, रुपनी, कल्याणपुर लगायतका स्थानहरुमा मोर्चाका कार्यकर्ताहरुले सडकमा टायर बालेर प्रदर्शनलाई निरन्तरता दिइरहेका छन् ।यसअघि हिजो मात्रै आन्दोलनकारीहरुले राष्ट्रिय मानवअधिकार आयोगकी सदस्य एवं प्रवक्ता मोहना अन्सारी चढेको बा. ७ च ७४७९ नम्बरको गाडीमा तोडफोड गरेका थिए । सो गाडीलाई पनि मलेठमै तोडफोड गरिएको थियो । सभार सरगम खवर

about author

Blogger Sens it website about blogger templates and blogger widgets you can find us on social media
Previous Post :Go to tne previous Post
Next Post:Go to tne Next Post

No comments:

Post a Comment