लहानमा ट्रकको ठक्करबाट बालकको मृत्यु, दुई घाईते Posted: 28 Feb 2017 03:28 AM PST सिरहा, फाल्गुन १७। लहान नगरपालिका-२२ भोटिया टोलस्थित मंगलबार बिहान ट्रकको ठक्करबाट मोटरसाईकलमा सवार एक बालकको मृत्यु भएको छ भने दुई जना घाईते भएका छन् ।ठक्करबाट जिल्ला सिरहा लक्ष्मिपुर पतारी ६ घर भई हाल सशस्त्र प्रहरी बल सिमा सुरक्षामा कार्यरत सशस्त्र प्रहरी जवान गोपाल मंण्डलको ५ बर्षिय छोरा हेमन्त मंण्डलको मृत्यु भएको हो भने सप्रज मंडल र निजको श्रीमती उषा मंण्डल घाईते भएका छन्।पूर्व पश्चिम लोकमार्गमा पश्चिमबाट पूर्वतर्फ आँउदै गरेको ना ५ ख ५१४ नम्बरको ट्रकले बिपरित दिसाबाट आउदै गरेको को.२५ प. ८०८७ नम्बरको मोटरसाईकललाई ठक्कर दिएको थियो।ठक्करबाट घाईते उनिहरुलाई उपचारार्थ फ्रेण्डस हस्पिटल लाहान लैजाने क्रममा ५ बर्षिय मण्लको बाटोमै मृत्यु भएको थियो भने दुई जनाको सोहि हस्पिटलमा उपचार भईरहेको इलाका प्रहरी कार्यालय लहानले जनाएको छ। ठक्कर दिने ट्रक र चालकलाई इप्रका लहानको नियन्त्रणमा राखिएको छ। यसैगरी मोरङ इटहरा-५ आँपडाँडास्थित भित्री सडक खण्डमा उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको को १४ प ८४५८ नम्बरको मोटरसाईकलको ठक्करबाट एक पैदलयात्री घाईते भएका छन्।घाईते हुँनेमा इटहरा-५ बस्ने पैदल यात्री कृष्ण प्रसाद चौलागाई रहेका छन् ।ठक्करबाट घाईते चौलागाईलाई उपचारकालागी मोटरसाईकल चालक सोहि ठाँउ बस्ने विक्रम बरालले नोबेल हस्पिटल बिराटनगर लगेको प्रहरी चौकी इटहराले जनाएको छ। |
यौन दुर्व्यवहार गरेको आरोपमा महरा पक्राउ Posted: 27 Feb 2017 06:53 PM PST फिरोज शेख लहान , फागुन १७ - सिरहाको लहानमा १३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा लहान नगरपालिका १२ बस्ने २५ वर्षीय विनोद महरालाई इलाका प्रहरी कार्यालय लहानले सोमबार पक्राउ गरेको छ। पीडित बालिकालाई आरोपितले फागुन १३ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित परिवारले इलाका प्रहरी कार्यालय लहानमा फागुन १५ गते लिखित उजुरी दिएका थिए । पीडित पक्षको उजुरी आएपछि अनुसन्धानका लागि आरोपितलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय लहानका डिएसपी हिराबहादुर पाण्डेले बताएका छन् । पीडित बालिकाको स्वास्थ्य परीक्षण लहान स्थित रामकुमार उमाप्रसाद स्मारक अस्पतालमा आइतबार भएको थियो । |
मोवाईल चार्ज गर्नेक्रममा करेन्ट लागेर एकको मृत्यु Posted: 27 Feb 2017 06:42 PM PST सिरहा, फाल्गुन १७ गते। सिरहाको गोलबजार नगरपालिका ५ मा सोमबार करेन्ट लागेर एक युवकको ज्यान गएको छ।मृत्यु हुनेमा स्थानीय बुलन महतोको १७ वर्षका छोरा कमलेशकुमार रहेका छन। कमलेशलाई सोमबार राती आफ्नै घरमा बिजुलीको होल्डरबाट मोवाईल चार्ज गर्न खोज्दा करेन्ट लागेको थियो । करेन्ट लागि गम्भीर घाइते भएका महतोलाई उपचारकालागी भूमिजा अस्पताल लैजानेक्रमा राती नै उनको मृत्यु भएको हो । इलाका प्रहरी कार्यालय गोलबजारबाट प्रहरी टोली घटनास्थलमा पुगी मृतकको शव पोष्टमार्टमका लागी लहान अस्पताल पठाइ थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ। यो समाचार सरगम खवरबाट सभार गरिएको छ |
पेट्रोलियम पदार्थको कृतिम अभाव, मधेश बन्दको पनि हावा चलियो Posted: 27 Feb 2017 06:26 PM PST दिनेश्वर गुप्ता लहान, १८ फागुन । यत्तिबेला पेट्रलियम पदार्थको तस्करहरु फेरी सक्रिय भएका छन् । एक पटक मोटरसाईकलमा ट्यान्की भरेर पेट्रोल लहान ल्याएपुग्दा चोखो एक हजार लिने गरेको छ । अर्कोतीर पसलले १ सय ५० को दरमा किनेको पेट्रोल ग्राहकलाई सिधैं २ सय प्रति लिटर विक्री गरिरहेको छ । त्यो पनि पाउंन कठिन भएको छ पेट्रोल । हिजोसम्म २ सयमै चलेको पेट्रोल आज २ सय ५० रुपैयां समेत नपाउंने गरी विक्री भएको छ । युवा नेता विरेन्द्र यादव विरुले भन्छन् —'यस्तै रहियो भने भोलीदेखि फेरी मधेश बन्दको अभाष हुने हो ।' 'खुद्रा तस्करी गरिरहेको अवस्थामा अब होलसेलमै पेट्रोलको तस्करी नहुनसक्छ भन्न ग्राहो छ ।' ट्याङकर चालक र ढुवानी व्यवसायीको आन्दोलन फिर्ता भएको ५ दिन बितिसक्दा पनि यहां पेट्रोलको अभाव यथावत छ । पेट्रोलको अभाव लहानमा मात्रै नभई सिरहा , मिर्चैया , गोलबजार , कटारी, सप्तरी ,धनुषा , सुनसरी , झापा , मोरंग , उदयपुरका क्षेत्रहरुमा चरम अभाव भएको छ । अधिकांश पेट्रोल पम्पमा एक सातादेखि पेट्रोल तथा डिजलको आभाव छ । एक दिन छाडेर अर्को दिन पालो पालो गरी पम्पवालाहरुले पेट्रोल तथा डिजल विक्री वितरण गरेपनि पेट्रोलियम पदार्थको अभाव यथावतै रहेको छ । पेट्रोल र डिजलको लागि पम्पमा ठुलो लाम देखिन्छ । सोहीक्रममा पेट्रोल लिन लाइनमा बसेका घुरन साह— भन्छन् दुई दिनदेखि गाडीमा पेट्रोल नभएर समस्या खेप्दै आएका थिए तर आज पेट्रोल पाउंने भनी एक घण्टा देखि लाइनमा छु । लाइन लामो भएकोले करिब ४ घण्टादेखि बसेको छु । उता, तस्करहरुले पेट्रोल पम्पवालाहरुसंगको मिलोमतोमा राती राती बढी मूल्यमा पेट्रोल बेच्दै आएको स्थानीयहरुको दावी छ । राती राती किनेको पेट्रोल बढी मूल्यमा विक्री गर्दै आएको छ पसलेहरु । कृतिम पेट्रोलको अर्को कारण मधेश बन्द हुने गार्इंगुई चलिरहेकोले पेट्रोल पम्पसंगै तस्करहरु सल्बलाएका छन् । |
अधिकारको लागि महाभारतः यादब Posted: 27 Feb 2017 06:18 PM PST निर्वाचन प्रक्रियाबाट नेतृत्व चयन हुने सम्भाबना राम नारायण पंडित, सिरहा, १७ फाल्गुन । सरकारले अधिकारबाट बन्चित रहेका समुदायको माँग सम्बोधन नगरे महाभारत हुने संघिय समाजबादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादबले चेताबनी दिएका हुन् । मधेश लामो समय देखि आन्दोलनरत रहेपनि प्रमुख तिन दलले मधेशको माँगलाई उपेक्षित गर्दै अघि बढ्रिहेकोले आन्दोनका लागि कार्यकर्तालाई तयार रहन निर्देशन दिए । सोमबार संघिय साजबादी फोरम नेपाल सिरहाको एकता अधिबेशनको उदघाटन सत्रको सम्बोधन गर्दै अध्यक्ष यादबले अहिलेसम्म नेपालमा ७ ओटा संबिधान जारी भएपनि मधेशी जनतामाथी बिभेद कायमै रहेको बताए । अध्यक्ष यादबले सरकारले संसदमा प्रस्तुत गरेको संसोधन प्रस्ताब मधेशको हितमा नरहेकोले यसले अधिकारबाट बन्चित रहेका समुदायले पनि अधिकार पाउन नसक्ने जिकिर गरे । बर्तमान संबिधानमा खस आर्यको पहिचान भएपनि मधेशी, जनजाती, मुस्लिम लगायतले पहिचान नपाएको भन्दै अध्यक्ष यादबले सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारीमा रहेको स्पष्ट गरे । अहिले सरकारले घोषणा गरेको चुनाब कुनै हालतमा हुन नसक्ने भन्दै उनले भ्रममा नपर्न सम्पुर्ण जनतालाई आग्रह गरे । सरकारले संसोधन प्रस्ताब ल्याएर अन्याय गरेको भन्दै यादबले अधिकार सुनिश्चित नभएसम्म आन्दोलन जारी रहने दाबी गरे । अधिबेशनमा सहमतिका आधारमा नयाँ नेतृत्ब चयन गर्ने प्रयास जारी रहेपनि निर्वाचन प्रक्रियाबाट नै नेतृत्व चयन हुने बताईएको छ । अबिधेशनमा फोरम नेपालका केन्द्रीय उपाध्यक्ष रेणु यादव, केन्द्रीय कोषाध्यक्ष विजय यादव, सांसद् डा. विरेन्द्र महतो, केन्द्रिय सदस्यहरु राजलाल यादब लगायत हजारौको संख्यामा नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो । |