/ Undifined / Onlinesiraha-Nepali

Onlinesiraha-Nepali

Onlinesiraha-Nepali


विद्यार्थी र प्रहरीबीच झडप हुदा हवाई फायर

Posted: 23 Feb 2017 06:34 AM PST

फागुन १२। महेन्द्र मोरङ क्याम्पसका विद्यार्थी र प्रहरीबीच झडप भएको छ। सडक निर्माण गर्न रोडशेष चोक क्षेत्रमा खटिएको डोजरले विद्यर्थाीलाई घाइते बनाएपछि स्थिति तनावपूर्ण बनेको थियो।डोजरले मोरङ क्यामपस बिबिएस दोस्रो वर्षमा अध्यनरत सुरज यादवलाई ठक्कर दिएर घाइते बनाएपछि आक्रोसित बनेका विद्यार्थीले डोजरमा आगजनी गरेपछि स्थिति नियन्त्रण गर्न प्रहरीले हस्तक्षेप गरेपछि विद्यार्थी र प्रहरीबीच झडप भएको हो। प्रहरीले झडप नियन्त्रणमा लिन हवाई फायर गरेका छन्। प्रदर्शनमा उत्रिएका विद्यार्थीले क्याम्पस परिसरभित्रबाट प्रहरीलाई ढुंगा बर्षाएका थिए। घटना नियन्त्रणमा लिन चार राउन्ड हवाई फायर गरिएको छ। अहिले स्थिति समान्य भएको मोरङ प्रहरीले जनाएको छ। घाइते यादवलाई उपचारका लागि अस्पताल पठाइएको छ। प्रहरीले डोजर चालक ब्रिजेशकुमार गुप्तालाई नियन्त्रणमा लिएको छ। सोहि झडपका क्रममा पक्राउ परेका चारजना विद्यार्थी लाइ प्रहरीले छाडेका छन्।

लहान नपाका दुई वडा खुल्ला दिशा मुक्त घोषणा

Posted: 23 Feb 2017 06:29 AM PST

फागुन १२ लहान । सिरहाको लहान नगरपालिका वडा नम्बर आठ मंगलवार खुल्ला दिशा मुक्त घोषणा भएका छन् ।भने, बुधवार वडा नम्बर सात पनि खुल्ला दिशा मुक्त घोषणा भएको हो। घोषणासभामा सम्बोधन गर्दै नेपाली काँग्रेसका सांसद पदम् नारायण चौधरीले, 'आफुसधै सरसफाईका लागि सहयोग गर्न तयार रहेको भने ।' वडा सचिब रामबिलास महतोको अध्यक्षतामा भएको घोषणासभामा कार्यकारी अधिकृत गजेन्द्रनाथ शर्मा, इंजीनियर शत्रुधन प्रसाद चौधरी, जेवाससिसीका अध्यक्ष दिनेश्वर गुप्ता , खानेपानी डिभिजÞन कार्यालयका इंजीनियर कृष्ण साह , सिड नेपाल अध्यक्ष किरण राय ,पार्बती सुब्बा , जिल्ला सरसफाइ तथा स्वच्छता समन्वय समितिका सरसफाई दुत धीरेन्द्र साह लगायतको अतिथिको उपस्थिति रहेको थियो । अहिले दिनहु सिरहामा कुनै कुनै वडा तथा गाविस खुल्ला दिशा मुक्त घोषणा र सरसफाई सम्मेलन भइरहेको सरसफाई दुत साहले बताए । उनका अनुसार, २९ गाविस र २४ वटा नगरपालिकाको वडा खुल्ला दिशा मुक्त भइसकेका छन् । खुल्ला दिशा मुक्त र सरसफाईको कार्य तिव्र रुपमा अगाडी बढिरहेको उनले सुनाए ।

about author

Blogger Sens it website about blogger templates and blogger widgets you can find us on social media
Previous Post :Go to tne previous Post
Next Post:Go to tne Next Post

No comments:

Post a Comment