काठमाडौं, १४ माघ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आफूहरुको माग समेटेर संविधान संसोधन गर्न सरकारलाई अल्टिमेटम दिने तयारी गरेको छ ।
शुक्रबार बसेको मधेसी मोर्चाको बैठकले माघ महिनाभित्र आफूहरुका माग सम्बोधन गरेर संविधान संसोधन गर्न अल्टिमेटम दिने तयारी गरेको हो ।
प्रमुख दलहरु संविधान संसोधन भन्दा पनि निर्वाचनमा बढी केन्द्रीत भएकाले मोर्चाले संसोधनका लागि अल्टिमेटम दिन लागेको जनाएको छ ।
बैठकपछि राष्ट्रिय मधेस समाजवादी पार्टीका महासचिव केशव झाले संविधान संसोधन प्रक्रिया अघि नबढाएसम्म निर्वाचन प्रक्रिया अघि बढ्न नदिने बताए ।
उनले सरकारले आफूहरुको माग पूरा गर्नुको सट्टा स्थानीय तह पुनसंरचना आयोगको प्रतिवेदन सच्याउने कुरा गरेर झुक्याउन खोजेको आरोप पनि लगाए ।
मोर्चाले सरकारसँग भएको तीन बुँदे सहमतिका विषयमा स्वेतपत्र जारी गरेर फागुनबाट आन्दोलन गर्ने तयारीसमेत गरेको छ ।
No comments:
Post a Comment