काठमाडौं, १४ माघ। राष्ट्रपति विद्यादेवी भण्डारी सवार हेलिकोप्टर दाङमा आकस्मिक अवतरण गरिएको छ ।
कैलालीको धनगढीमा हुने कार्यक्रमका लागि काठमाडौंबाट प्रस्थान गरेकी राष्ट्रपति भण्डारी सवार नेपाली सेनाको हेलिकोप्टर प्रतिकूल मौसमका कारण दाङको भालुवाङमा अवतरण भएको हो ।
उनी शिवनगर दोस्रो साना शहरी खानेपानी तथा सरसफाई आयोजना उदघाटन लगायतका बिभिन्न कार्यक्रमहरुमा सहभागी हुन धनगढी जाँदै थिइन् । तर प्रतिकुल मौसमका कारण उनी चढेको हेलिकोप्टर दाङको भालुवाङस्थित सशस्त्र प्रहरी क्याम्पमा अवतरण गराइएको थियो ।
दुईचोटि प्रयास गर्दा पनि धनगढी आउन नसकेपछि पुनः घोराहीमा आकस्मिक अवतरण भएको थियो । राष्ट्रपतिले घोराहीस्थित नेपाली सेनाको रिपु मर्दन गणबाटै फोन गरी आयोजना उद्घाटन गरेको अनलाइनखबरकर्मी दीपक उपाध्यायले जानकारी दिएका छन् । ।
राष्ट्रपति भण्डारीले बर्दगोरिया महोत्सव तथा सेती लोकमार्ग शिलान्यास गर्ने कार्यक्रम समेत थियो तर उनी नआउने भएपछि ति कार्यक्रमहरु रद्द गरिएका छन् ।
No comments:
Post a Comment