Onlinesiraha-Nepali |
- प्रधानमन्त्री प्रचण्ड भोली सिरहा आउँदै
- इस्लाम धर्मका गुरु मोहमदको १४९१ जन्मदिन भव्यताका साथ समपन्न
- सर्वधारणका लागि प्रहरीले दाउराबाले
प्रधानमन्त्री प्रचण्ड भोली सिरहा आउँदै Posted: 13 Dec 2016 05:36 AM PST राम नारायण पण्डित सिरहा मंसिर २८ ।नेकपा माओवादी केन्द्रका केन्द्रिय अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दहाल 'प्रचण्ड' भोली (विहिवार) सिरहा आउन लागेको जानकारी प्राप्त भएको छ । नेकपा माओवादी केन्द्रका नेता मात्रिका यादबको छोराको विवाहमा सहभागि हुन प्रचण्ड सिरहा आउन लागेको माओबादी केन्द्रका पोलिटब्युरो सदस्य दिलिप साहले बताए । प्रचण्डको सिरहा ५ अर्थात आफ्नो संसदिय क्षेत्रमा विकास निमार्णको साथै संसदिय कोषको रकमको सम्बन्धमा छलफल गर्ने कार्यक्रम पनि रहेको वुझिएको छ । |
इस्लाम धर्मका गुरु मोहमदको १४९१ जन्मदिन भव्यताका साथ समपन्न Posted: 13 Dec 2016 05:20 AM PST फिरोज शेख लहान मंसिर २८ । मुस्लिम धर्मावलम्बीहरुले ईस्लाम धर्मका अन्तिम प्रवर्तक हजरत मोहम्मद सल्लल्लाहु अलैहि वसल्लमको जन्म दिन भव्यतापूर्र्वक धूमधामका साथ मनाएका छन् ।ईस्लामी क्यालेण्डर हिजरी सम्वतको तेस्रो महिना रविउलअव्वलको १२ तारिखका दिन अर्थात आज मुस्लिम समुदायका मानिसहरुले मोहम्मद–डे मनाएको हो ।'आका की आमद – मरहब्बा, मदनी की आमद – मरहब्बा' भन्ने नाराका साथ आज मंगलबार सिरहाका मुस्लिम समुदायहरुले शान्ति ¥याली निकाल बारवी रविउलअव्वल पर्व 'मोहम्मद–डे' मनाएका हुन । सिरहा नगरपालिका १२ सारश्वरमा सारश्वर मुस्लिम समाज, नुरी महौल्ला यूवा कमीटी तथा अजिज दफाली मेमोरियल ट्रष्ट सारश्वरको आयोजनामा हजारौको संख्यामा महिला, पुरुषहरुले सारश्वरको नगर परिक्रमा गरी शुुभकामना तथा सम्मान कार्यक्रममा परिनत भएको थियो । कार्यक्रम अजिज दफाली मेमोरियल ट्रष्टका अध्यक्ष अलाउदिन दफालीको अध्यक्षता र सिरहाका प्रमुख जिल्ला अधिकारी श्री कृष्ण श्रेष्ठको प्रमुख आतिथ्यमा संचालित कार्यक्रममा प्रजिअ, शसस्त्रका डिएसपी नवराज बोहरा, हेल्थपोष्टका इन्चार्ज डा. कामेश्वर परिहस्त, बेल्हा प्रहरीका इन्चार्ज नरसिगं चौधरी तथा वडा नागरिक मंचका संयोजक भोगेन्द्र साहलाई प्रमाण पत्र तथा दोसल्ला ओढाएर सम्मान गरेका थिए । सम्मान कार्यक्रममा इन्सेक सिरहाका प्रतिनिधि दुुर्गा परियार, अधिवक्ता शुुर्य कुमार यादव लगायतका वक्ताहरुले शुुभ कमना मनतव्य राखेका थिए । मनतव्यको क्रममा प्रजिअ श्री कृष्ण श्रेष्ठले धर्मको नाममा कुरुतीहरु छोडनुपर्ने बताए । धर्मले द्धन्द्ध बढाउनुभन्दा सदभाव मिलाएर विकासमा लाग्न सबैलाई आग्रह गर्नुभएको थियो । विकासको कामको लागि आफनो ढोका सदैव खुल्ला रहेको प्रजिअ श्रेष्ठले बताउनुभयो । यसैगरी लहान नगरपालिकामा पनि मुस्लिमहरुले परिक्रमा गर्दै बारवी रविउलअव्वल पर्व 'मोहम्मद–डे' मनाएका छन । लहान ५ स्थित नयाँ बजारबाट शुरुभई लहानका विभिनन क्षेत्र परिक्रमा गर्दै पुनः नयाँबजारमा गएर कोणसभामा परिणत भएको थियो । मुस्लिम समुदायका मानिसहरुले ११ तारिखका दिन राती धार्मिक प्रवचन गर्नुका साथै घर, टोल, मदरसा र मस्जिदलाई सजाउने गर्छन् । मस्जिदमा राती जाग्राम बसि धर्मग्रन्थ कुरआनको तिलावत (वाचन) गर्ने र नफिल नमाज पढ्ने लगायतका धार्मिक कार्य गर्ने गर्दछन् । विश्वभरीकै मुस्लिम समुदायले आजको दिन वारवी रविउलऔव्वल पर्व मनाउदै आएको छ । |
सर्वधारणका लागि प्रहरीले दाउराबाले Posted: 13 Dec 2016 05:15 AM PST फिरोज शेख लहान, मंसिर २८– लगातार एकसातदेखि चलेको शितलहरका कारण सिरहालगाएत तराइको जनवीवन प्रभावित भएको छ । जाडोबाट जनजीवन कष्टकर बन्दै गएपछि इलाका प्रहरी कार्यालय तथा सशस्त्र प्रहरी व्यसक्याम्प गोलबजारले सर्वधारणका लागि सार्वजनिक स्थलहरुमा मंगलबार दाउरा वितरण गरेको छ ।गोलबजारक्षेत्रमा दाउरा वितरण गरेपनि स्थानीयले राहत महसुस गरेका छन् । प्रहरीले बस विसौनी, मासिको चहलपलहुने स्थानहरुमा दाउरा वितरणगरी आगो बालेको जनाएको छ । प्रहरीले गोलबजारको गोलबजार, चोहर्वा, कसहाका बस विसौनी र मानिसको आवतजावत बढीहुने स्थानमा दाउरा बालेको जनाएको छ । विगत एकसातादेखि लागेको कुहिरोसँगै झरेको तुसारो तथा चिसो हावाले मौसत अत्यधिक चिसो बनेको छ । चिसोका कारण बालबालिका, वृद्ध तथा पशुबढी प्रभावित भएको छ । जाडो बढेसँगै दैवि प्रकोप उद्धारसमिति सिरहाले जिल्लाका सवै नगरपालीका तथा गाविसहरुलाई आवश्यक दाउरा वितरण गर्न तथा गरिव, असहाय तथा वृद्ध विद्धाहरुलाई कम्वल वितरण गर्न पनि पत्र जागरी गरिसको दैवि प्रकोप उद्धार समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी श्रीकृष्ण श्रेष्ठले जानकारी दिनुभयो । आजपनि जाडो धेरैभएकोले अव यस्तै अवस्था रहे सवै स्थानीयनियकालाई निर्देशन दिएर सर्वसाधारणको लागि चाँडो दाउरा तथा आवशयक न्यानो कपडा व्यवस्था मिलाउन निर्देशन दिने बताउनुभयो ।साथै जिल्ला प्रशासन कार्यालय सिरहाले जोडोको समयमा धेरैवेर वाहिर नवस्न, न्यानो कपडा लगाउन तथा सुरक्षित स्थानमा बस्न सुचना सार्वजनिक गरेको छ । |
You are subscribed to email updates from Onlinesiraha.com. To stop receiving these emails, you may unsubscribe now. | Email delivery powered by Google |
Google Inc., 1600 Amphitheatre Parkway, Mountain View, CA 94043, United States |
No comments:
Post a Comment