/ , , , / प्रधानमन्त्री आज सिरहा आउँदै

प्रधानमन्त्री आज सिरहा आउँदै

राम नारायण पंडित, सिरहा, २९ मंसिर । नेकपा माओवादी केन्द्रका केन्द्रिय अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’ आज (वुधबार) सिरहा आउनु हुने भएको छ । प्रधानमन्त्रि आफ्नो निर्वाचित सिरहा क्षेत्र नं. ५ को निर्वाचन क्षेत्र भौतिक पूर्वाधार समितिको वैठकमा सहभागी हुन सिरहाको मिर्चैया आउन लागेको माओवादी केन्द्रका पोलिटव्यूरो सदस्य दिलिप साहले बताए । प्रचण्डको माओवादी केन्द्रका नेता मात्रिका प्रसाद यादवको छोराको विवाहमा जन्ति जाने कार्यक्रम समेत रहेको नेता साहले बताए । मात्रिकाको गाउँ धनुषाको सवैलाबाट सिरहाको गोविन्दपुर–२ मा जन्ति जाने कार्यक्रम रहेको जनाएको छ । प्रधानमन्त्री प्रचण्डको सिरहाको मिर्चैयामा हुने निर्वाचन क्षेत्र भौतिक पूर्वाधार समितिको वैठकमा सहभागि भएर जन्ती जाने कार्यक्रम रहेको जनाएको छ ।

about author

Blogger Sens it website about blogger templates and blogger widgets you can find us on social media
Previous Post :Go to tne previous Post
Next Post:Go to tne Next Post

No comments:

Post a Comment