काठमाडौँ, २७ मंसिर । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कोटा प्रणाली लागु गरेर मात्र संगठनलाइ आकार दिन सकिएको बताएका छन् ।
सोमवार काठमाडौंको कपनमा आयोजित ३ नं। प्रदेशको पार्टी प्रशिक्षणलाइ सम्बोधन गर्दै प्रचण्डले केन्द्रिय सदस्य र पोलिटव्युरो कति जनाको हो भनेर समेत भन्न नसक्ने अवस्थाको अव अन्त्य भएको र कोटा तोकेरै भएपनि एउटा संख्या निर्धारण गर्न सकिएको बताएका हुन् ।
मंशीर २१ गते माओवादी कार्यालय पेरिस डाँडामा बसेको पोलिटव्युरो वैठकले ३ हजार ९ सय ९९महाधिवेशन आयोजक समिती सदस्य र ३ सय ९९ पोलिटव्युरो सदस्य बनाएको थियो ।
तलका कमिटीहरुवाट पनि कुनै डिसिजन आउन नसकेको र माथिबाट पनि कुनै डिसिजन गर्न नसकिएको हुनाले अहिलेको लागि कोटा तोकेर समस्या हल गरिएको प्रचण्डको भनाइ थियो ।
पोलिटव्युरोमा नपरेर असन्तुष्ट भएकालाइ हेडक्वाटरवाट पनि केही कोटा छुट्याइएको हुनाले त्यतावाट पोलिटव्युरोमा लगिने हुनाले कुनै तनाव र चिन्ता नगरेर काममा खटिनको लागि प्रचण्डले निर्देशन पनि गरे ।
भुगोलवाट पर्नेहरु सिनियर हुने र हेडक्वाटरवाट मनोनयनमा पर्नेहरु जुनियर हुने कुरामाा स्पष्टिकरण दिँदै अध्यक्ष प्रचण्डले सवैको हैसयित वरावर हुने कुरा दोहोर्याएका थिए ।
माओवादी आन्दोलनको राप र तापवाट हासिल भएको परिवर्तनमा वास्तविक हिरोलाई खलनायक जस्तो बनाएर विरोधीहरु हिरो भएकोमा प्रचण्डले चिन्ता व्यक्त गरेका थिए ।
माओवादी कमजोर भएको मौका छोपेर परिवर्तनका विरोधीहरुले टाउको उठाएको बताउँदै प्रचण्डले जनताको विचमा गएर मात्र परिवर्तनलाइ संस्थागत गर्न सकिने हुनाले शहर र सदरमुकाममा केन्द्रित हुन छाडेर गाँउ केन्द्रित हुन कार्यकर्तालाइ काशन गरेका थिए ।
हेर्नुहोस कुन प्रदेशमा कति कोटा तोकियो
१ नं। प्रदेशः ४ सय ७५ केन्द्रिय सदस्य, ४३ पोलिटव्युरो सदस्य
२ नं। प्रदेशः ५ सय ५० केन्द्रिय सदस्य,५७ पोलिटव्युरो सदस्य
३। नं। प्रदेश १ हजार केन्द्रिय सदस्य, ९४पोलिटव्युरो सदस्य
४ नं। प्रदेश ४ सय ५० केन्द्रिय सदस्य, ४० पोलिटव्युरो सदस्य
५नं। प्रदेश ५ सय ५० केन्द्रिय सदस्य ६९ पोलिटव्युरो सदस्य
६नं। प्रदेश ४ सय ५० केन्द्रिय सदस्य ३९ पोलिटव्युरो सदस्य
७ नं। प्रदेश ३ सय ५० केन्द्रिय सदस्य २६ पोलिटव्युरो सदस्य
अन्तराष्टिय व्युरो ४९ केन्द्रिय सदस्य, ५ पोलिटव्युरो सदस्य
No comments:
Post a Comment