काठमाडौँ, २७ मंसिर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चुनावको ढोका खोल्नका लागि आफूले संविधान संशोधनको प्रस्ताव संसदमा दर्ता गराएको बताएका छन् ।
संविधान संशोधन प्रस्तावको कसले विरोध गर्छन् कसले समर्थन गर्छ त्यसका लागि आफूले प्रस्ताव दर्ता नगराएको बताउँदै उनले निर्वाचनका लागि ढोका खोल्न संशोधन प्रस्ताव ल्याएको स्पष्ट पारे ।
संविधान संशोधन प्रस्तावको कसैले समर्थन गरेपनि नगरेपनि देश निर्वाचनमा जाने निश्चित भएको छ, उनले भने, माओवादी पार्टीभित्रैका कतिपय साथीहरुले संशोधन प्रस्तावको विरोध गरिरहनु भएको छ, अन्ततः उहाँहरु पनि फर्केर आउनु हुन्छ, अहिले उहाँहरु जनताको मनोभावना बुझ्न जानुभएको छ ।’
माओवादी केन्द्रका तीन नम्बर प्रदेश समितिले सोमवार आयोजना गरेको राजनैतिक तथा वैचारिक प्रशिक्षण कार्याक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले बैशाख–जेठमा चुनाव सम्पन्न हुने गरि चुनावको मिति घोषणा हुन लागेको बताए ।
उनले भने ‘देश चुनावमा जाने निश्चित भएको छ, बैशाखको दोस्रो वा अन्तिम हप्ता चुनाव हुने गरि मिति घोषणा गर्ने तयारी भइरहेको छ, अब मिति चाँडै घोषणा हुन्छ ।’ देशलाई लामो समयसम्म अनिर्णयको बन्दी बनाउन नहुने उनले बताए ।
देशभरि लोडसेडिङ्ग मुक्त गर्न सकिन्छ, त्यसमा सबैको सहयोग चाहिने बताउँदै उनले ठूला साना सबै विद्युतको चुहावट रोक्नुपर्ने उनले बताए ।
साथै उनले परिवर्तन विरोधीहरुले टाउको उठाउँन लागेको र यसैबेला माओवादी कमजोर भयो भने परिवर्तनका विरोधी शक्तिहरु बलियो हुने धारणा राखे ।
पार्टीका नेता तथा कार्यकर्ताहरु शहरमुखी भएको टिप्पणी गर्दै उनले शहर सदमरमुकाम छाडेर गाउँ गाउँ जान नेता तथा कार्यकर्तालाई निर्देशन दिए । रातोपाटीबाट
No comments:
Post a Comment