/ , , , / सीके राउतका कार्यकर्ताहरुको २९ गते पेसी, हिरासतभित्र यातना

सीके राउतका कार्यकर्ताहरुको २९ गते पेसी, हिरासतभित्र यातना

जनकपुरधाम, २७ मंसिर । बन्दी प्रत्यक्षीकरणको मुद्दामा जनकपुर उच्च अदालतद्वारा आइतबार भएको दुइटै पक्षको बहस ३ः३० बजे अपरान्दह सके तापनि अदालतले फैसला न दिएर पुनः २९ गते बुधबारको लागि पेशी दिएको छ । १७ जना कैदीहरुलाई पुनः हिरासतमै राखिएको छ ।
कैदीहरुलाई उच्च अदालतमा ल्याउनु अगाडि सरकारी वकिलको कार्यालय लगिएको थियो । त्यहाँ विभिन्न फाइलहरुमाथि उनीहरुलाई जबरजस्ती कुटपीट गरी साइन गर्न लगाइएको थियो । सो कुरा कैदीहरुले आफ्नै मुखले अदालतको परिसरमा बताएका छन् ।
स्मरणीय छ, अहिलेसम्म धनुषा प्रहरीले म्याद समेत नथमाएर गैरकानूनी रुपमा गैरन्यायिक हिरासतमा कैदीलाई राख्दै आएका थिए । उनीहरुसमक्ष बयानको नाउँमा केही सामान्य सोधपूछ गरी आफू मनपरी कुरा लेखेर हिरासतमै उनीहरुलाई त्यसमाथि हस्ताक्षर लिन प्रहरीले खोज्दा उनीहरुले अहिले सम्म अस्वीकार गर्दै आएका थिए । त्यसवापत हिरासतमा उनीहरुले यातना खेप्नु परेको थियो ।
संजय कुमार यादव र उपेन्द्र रोहिताले बिहिबारदेखिको अनशन जारी नै राखेका छन् । उनीहरुको अवस्था बिग्रदो छ । मधेशवाणीबाट

about author

Blogger Sens it website about blogger templates and blogger widgets you can find us on social media
Previous Post :Go to tne previous Post
Next Post:Go to tne Next Post

No comments:

Post a Comment