काठमाडौं, २७ मंसिर । नेपाली कांग्रेसले पुरानै संरचनाअनुसार गाविस, नगरपालिकाको चुनाव गराउन प्रस्ताव गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले पुरानै संरचना अनुसार स्थानीय तहको निर्वाचन गर्न प्रस्ताव गरेका हुन् । नेपाल विद्यार्थी संघले सोमबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा देउवाले अहिलेकै संरचना चुनाव गर्नुपर्ने धारणा राखेका हुन् । उनले अहिले संरचनामा चुनाव गराए नेकपा एमाले पनि सहमतिमा आउने दाबी गरेका छन् । साथै संविधान संशोधन पास गराउन पनि एमालेले सहयोग गर्ने बताए ।मधेशवाणीबाट
No comments:
Post a Comment