/ , , , / दुई नम्बर प्रदेशमा गल्ती भएकै हो, अब सच्याइन्छः ओली

दुई नम्बर प्रदेशमा गल्ती भएकै हो, अब सच्याइन्छः ओली

सन्जिब बगाले काठमाडौं, १२ पुस । प्रमुख प्रतिपक्षी एमाले अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले दुई नम्बर प्रदेशलाई पहाडसँग नजोडेर गल्ती गरिएको स्वीकारेका छन्।
नेकपा एमालेले पार्टी कार्यालय धुम्बराहीमा सोमबार आयोजना गरेको ‘मधेस’ भ्रम र यथार्थ विषयक अन्तर्क्रिया कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले उचित समयमा दुई नम्बर प्रदेशलाई पनि पहाडसँग जोड्ने बताए।
‘दुई नम्बर प्रदेश उचित छ भन्ने होइन,’ कार्यक्रममा बोल्दै ओलीले भने,‘दुई नम्बर प्रदेश अनुचित नै भयो। यसलाई उपयुक्त समयमा विधिवत ढंगले मिलाउनुपर्छ।’
प्रदेशको सीमा हेरफेर गर्ने हो भने नेकपा एमाले दुई नम्बर प्रदेशलाई पहाडसँग जोड्ने पक्षमा रहेको भन्दै ओलीले यसका लागि अहिले संविधान संशोधन हुन नसक्ने बताए।
सहमतिका लागी संविधान बनाउन तराईमा दुई प्रदेश बनाइएको भए पनि त्यतिबेला माओवादी र मधेशी मोर्चाले नमानेकाले त्यो प्रस्ताव अघि नबढेको ओलीले रहस्य खोले।
‘त्यती बेलापो भनेको पछी त सच्याइयो,’ उनले भने, ‘अब दुई नम्बर प्रदेशलाई पनि सच्याउनुपर्छ।’
कुनै बेला राखिएको प्रस्तावलाई सधैं आधार मान्न नमिल्ने भन्दै उनले भने,‘मलाई पनि पुष्पकमल दाहालले आफैं प्रस्तावक बनेर प्रधानमन्त्री बन्न हस्ताक्षर गर्नुभयो। किन त्यो सहमतिलाई उहाँले लत्याउनु भयो तरु’
नेपालमा जस्तो जातीय समानुपातिक अरू कही नभएको भन्दै नेपाललाई गिनीपीगको थलो बनाउन खोजिएको ओलीले आरोप लगाए।
भारतबाट आउनसाथ नेपालको नागरीकता लिए पनि नलिए पनि मधेशी हुने तर पहाडबाट झरेको व्यक्ती कहिले पनि मधेशी नहुने अवस्था रहेको उनले बताए।

संघीयता कुनै धर्म होइन

कार्यक्रममा ओलीले संघीयता कुनै धर्म नभएको बताएका छन्। ‘संघीयता ठीक होलाकी नहोला भनेर भन्नै नहुने,’ ओलीले भने, ‘संघीयता जबरजस्त ढंगले आयो यो ठीक होलाकि नहोला भनेर भन्न पनि नहुने।’
आफूले संघीयता चाहिदैन भनेर नभनेको उनले बताए। पाँच प्रदेश चाहिन्छ भनेर नभनेको कुरालाई समेत सोधिएको भन्दै उनले भने, ‘जसले मलाई यस्तो सोध्यो उसलाई यो कुरा ठीक लागेको रहेछ।’
एमालेका मधेशी नेता तथा कार्यकर्ताले भने ‘हामी मधेशमा एक्लो भयौं’

कार्यक्रममा एमालेका मधेशी नेता तथा कार्यकर्ताहरुले मधेशमा एमाले एक्लो भएको बताएका थिए। उनीहरुले मधेशमा अरूका कारणले भन्दा पनि एमालेभित्रको गुटबन्दीका कारण पार्टीलाई अफ्ठेरोको परेको बताएका छन्। एमाले स्थायी कमिटी सदस्य एवं सांसद सत्यनारायण भगतले एमालेलाई मधेशी मोर्चाबाट भन्दा पनि एमाले भित्रैबाट खतरा रहेको बताए।
‘पार्टी एक ढिक्का भएर मधेशमा जाने हो भने अहिले पनि हामीलाई कसैले केही गर्न सक्दैन,’ मण्डलले भने, ‘मलाई त मधेशी मोर्चा, भूमीगत समूह, कांग्रेस र माओवादीबाट भन्दा पनि एमालेसँग नै बढी डर लाग्छ।’
एमालेको भातृ संगठन लोकतान्त्रिक मधेशी संगठनका अध्यक्ष रघुबीर महाशेठले पार्टीले मधेशका लागि कार्यक्रम ल्याउनुपर्ने बताए। ‘आमसभा मार्फत जानेकि पार्टीका कार्यक्रम मार्फत जाने हामी मधेशमा जानुपर्छ,’ उनले भने, ‘तराई मधेशमा हाम्रा विरूद्ध फैलाइएका भ्रमहरुलाई हटाउनुपर्छ।’
हिमाल पहाड तराईलाई जोडेर प्रदेश बनाउनुपर्ने उनले बताए। पार्टी एकमत भएर तराई मधेशमा जाने हो भने अरू सबै दलहरु एकातिर लागे पनि एमाले अघि बढ्न सक्ने उनको दाबी छ।
एमाले सांसद रामचन्द्र शाह तेलीले मधेशमा एमाले एक्लै परेको बताए। ‘हाम्रा अडान र कार्यक्रम सही भए पनि हामीलाई मधेश बिरोधी भन्ने पारिएको छ,’ उनले भने, ‘हामीले मधेशको सेन्टिमेण्ट बुझ्न सकेका छैनौं पार्टीका संगठनलाई एक बनाएर मधेसमा परिचालन गर्नुपर्छ।’
तराई मधेशमा नागरीकता बाड्ने काम धेरै भएकोले अब यसलाई रोक्नुपर्ने उनको तर्क थियो।

एमाले भातृ संगठन युवा संघका सचिवालय सदस्य प्रदीपकुमार यादवले ६ प्रदेशबाट ७ प्रदेस बनाइएको जबाफ दिन नसकिएको बताए। यादवले पार्टीले मधेश पहाड नछुटाउने भन्ने तर दुई नम्बर प्रदेशलाई किन छुटाइएको भन्ने प्रश्न गरे।
कार्यक्रममा मधेश मामिला बिश्लेषक राजेश अहीराजले मधेश मुद्दा समस्या र समाधान विषयक कार्यपत्र प्रस्तुत गरेका थिए। कार्यपत्र प्रस्तुत गर्ने क्रममा उनले एमालेले मधेशमा सबैभन्दा धेरै बजेट पारेर पनि त्यसको प्रचार गर्न नसकेको बताएका थिए।
मधेशमा मधेशी मोर्चाभन्दा एमाले बलियो भए पनि एमालेको उपस्थिति कमजोर बनेको बिश्लेषण सुनाएका थिए।

about author

Blogger Sens it website about blogger templates and blogger widgets you can find us on social media
Previous Post :Go to tne previous Post
Next Post:Go to tne Next Post

No comments:

Post a Comment