/ , , / विवाहपंचमीको उल्लसः रामजानकी विवाहमहोत्सव मनाइदै

विवाहपंचमीको उल्लसः रामजानकी विवाहमहोत्सव मनाइदै

सिरहा, १९ मंसिर । त्रेतायुगमा भगवान राम र सीताबीच वैवाहिक कार्यक्रम भएको सम्झनामा आज जनकपुरमा स्यम्बर तथा वैवाहिक कार्यक्रम हुंदैछ । साता व्यापी विवाह पञ्चमी महोत्सव अन्तर्गत वैवाहिक कार्यक्रमलाई मुख्य आकर्षणको केन्द्र मानिन्छ ।

विवाह पञ्चमी अन्तर्गत मुख्य विधि मटकोर कार्यक्रम शनिवार सांझ गरिएको छ । कोदालोले माटो खनेर ल्याइने कार्यक्रमलाई मटकोर भनिन्छ । झांकी तथा बाजागाजाका साथ जनकपुरको गंगासागरको डिलमा पुगी कोदालोले माटो खनेर ल्याइएको थियो । 

सो माटो विवाहको लागि बनाइने मड्वामा प्रयोग गर्ने परम्परा रहेको छ । विवाह पञ्चमी महोत्सव १ बजेपछि जनकपुरको रंगभुमि मैदान बाह्रविघामा दुल्ही पक्ष जानकी मंदिरका महन्थ रामतपेश्वर दास बैष्णवले माता सीताको डोला सहित बाह्रबिग्हा पुग्ने तथा अयोध्याको राजा दशरथको रुपमा प्रतिनिधित्व गर्दै राममन्दिरका महन्थ राम गिरी पनि भगवान रामलाई डोलामा राखि स्यम्बरका लागि बाह्रविग्हा पुग्ने कार्यक्रम छ । वेलुका जानकी मन्दिरमा वैदिक परम्परा अनुसार राम र सिता विच वैवाहिक कार्यक्रम सम्पन्न हुनेछ । 

जानकी मन्दिरका वैवाहिक कार्यक्रमको तयारी करिव पुरा भएको जनाइएको छ ।
त्रेता युगमा भगवान श्रीराम र जगत जननी सीताको विवाह भएको उत्सवलाई स्मरण गर्दै मंसिर शुक्ल पञ्चमी तिथिका दिन आज ऐतिहासिक धामिर्क नगर जनकपुरधाममा श्रीराम जानकी विवाह महोत्सव गरिन्छ ।

बिबाह पञ्चमीका दिनमा प्रसिद जानकी मन्दिर, राम मंदिर, दशरथ मंदिर, लक्ष्मण मन्दिर, विवाह मण्डप सहितका मंदिरहरुमा पुजापाठ गर्न श्रद्धादलु भक्तजनहरुको भिड लाग्ने गर्दछ । श्रद्धालुहरुले जनकपुरका गंगासागर, धनुषसागर, अरगजासर लगायतका जलासयहरुमा स्नान गरी विभिन्न मठमन्दिरमा पूजापाठ गर्न एकाविहानै देखी विशेष भीडभाड लाग्ने गर्दछ । 

विवाह पञ्चमी महोत्सवमा सहभागी हुन नेपालका विभिन्न भागका साथै भारतका अयोध्या, वृन्दावन, मथुरा, कलकता, विहार, उतरप्रदेश, राजस्थान सहित विभिन्न स्थानहरुवाट हजारौको संख्यामा श्रद्धालुहरु जनकपुर आएका छन् ।

यसैबीच विवाह पञ्चमीको अवसरमा विशेष मेला समेत लाग्ने गर्दछ । मेला भर्न नेपाल तथा भारतका विभिन्न स्थानबाट श्रद्धालुहरुको जनकपुर आउने क्रम जारी छ । श्रद्धालुहरुको वास तथा भोजनको लागि स्थानिय विभिन्न धर्मशालाका साथै विभिन्न संघसंस्था तथा क्लवहरुले निःशुल्क व्यवस्था मिलाउंदै आएको छ ।

about author

Blogger Sens it website about blogger templates and blogger widgets you can find us on social media
Previous Post :Go to tne previous Post
Next Post:Go to tne Next Post

No comments:

Post a Comment