/ Undifined / Onlinesiraha-Nepali

Onlinesiraha-Nepali

Onlinesiraha-Nepali


मधेशीको माग पुरा नभए देशमा ठूलो रक्तपात हुने सह महासचिव गुप्ता

Posted: 10 Nov 2016 06:18 AM PST

अभिमन्यु राउत कार्तिक २५ कार्तिक । सदभावना युवा मञ्चका केन्द्रीय सहमहासचिव पदमा भाई नविन कुमार सिंह मनोनित हुनु भएकोमा आज उहाँको आफनै गृह गाउँ ब्रहम्पुरीमा युवा मञ्च ब्रहम्पुरीले सम्मान तथा शुभकामना कार्यक्रम आयोजना गरेको थियो । सो कार्यक्रममा प्रमुख अतिथि सदभावना पार्टीका केन्द्रीय सहमहासचिव अजय कुमार गुप्ताले मधेशी जनता लाई सधै झुक्याउने बाहेक अरु केही खशवादी सरकारहरुले नगरेकोले अन्तिम कार्तिक मशाान्त सम्म बाटो हेर्ने त्यसपछि मधेशीको माग पुरा नभए देशमा ठूलो रक्तपात हुने चेतावनी दिनुभयो ।
हामी सबैले पूर्णरुपमा बिश्वस्त छु कि यो सरकारले कार्तिक मशान्त भित्रमा संविधान संशोधन विधेक सासदमा पेस गरिने छन । त्यसमा सबै राजनितिक दल बहस गरी मधेशी लगायत पिछडावर्ग , जनजाति , मुस्लिम , दलितको हकअधिकार सुनिश्चि गराउनु नै पर्छ सहमहासचिव गुप्ताले दाबी गरेका हुन । पटक पटक यो देशको शासक वर्ग लाई हामीले समय दिई मधेशीको माग सम्बोधन गर्नका लागि दिएको सबै समय खेरा नै गरेका हुन । एउटै बुवाको दुईटा छोरा बिचमा शौतेला व्यवहार जस्तै अहिले नेपालमा मधेशी र खशवादी बिच भईरहेको हो तर यस्तो अबको प्रस्थितिमा हुन नदिने एउटा देशमा दुई राष्ट्र हुने खतरा जुन कुरा हामीले सोचेकै छैन तर यो शासक वर्गहरुले बाध्य बनाई रहेका हुन । सम्पूर्ण नेपाली जनतामा एक समान रुपले संविधाबाट हक दियो भने देशमा शान्ति नै शान्ति हुन्छ । तर खशवादीहरुको कारण नै विगत ६ महिना भन्दा बढी आन्दोलन भयो आउने दिनमा पनि देश संकटको कटघेरा उभन सक्छ सहमहासचिव गुप्ताले बतादै युवा मञ्च केन्द्रीय सहमहासचिव भाई नविन कुमार सिंह लाई बधाई तथा शुभकामना समेत दिनुभो ।
सो सम्मान तथा शुभकामना कार्यक्रमका अध्यक्षता युवा मञ्च ब्रहम्पुरीका रमेश साहको अध्यक्षतामा सम्पन्न भएको थियो ।सम्मान तथा शुभकामना कार्यक्रममा अतिथि सदभावना पार्टी जिल्ला अध्यक्ष शेख जमशैद , युवा मञ्च केन्द्रीय सदस्य दिनेश यादव , रिपोर्टर्स क्लब नेपाल रौतहट शाखा अध्यक्ष अभिमनु कुमार पटेल , रामसपा गौर नगर अध्यक्ष ओमप्रकाश साह , पे्रस मञ्च रौतहट उपाध्यक्ष कृष्णा यादव , सदभावना पार्टी ब्रहम्पुरी कमिटि बिरेन्द्र साह , जोगेन्द्र राउत , सतेन्द्र शर्मा , रामआशिष दास लगायतले बधाई एवं शुभकामना दिएका छन ।

सिरहामा फैलिएको झाडापखाला नियन्त्रण बाहर

Posted: 10 Nov 2016 05:45 AM PST

राम नारायण पंडित, सिरहा, २५ कार्तिक । सिरहाको दक्षिणबर्ती गाविस औरहीमा फैलिएको झाडापखाला नियन्त्रणमा नआउँदा स्थानियवासीहरु त्रसित भएका छन् । अहिलेसम्म ५० जना भन्दा बढीमा झाडापखालाको प्रकोप देखिएको छ । आज (विहिबार) स्थानीय प्राथमिक स्वास्थ्य केन्द्रमा १५ जना विरामी उपचारका लागि आएको केन्द्रका निमित्त प्रमुख राम नारायण सिंहले बताए । विरामीहरुको संख्या बढ्दै गएपनि विशेषज्ञहरुको टोली प्रकोप बढेको ठाउँमा नपुुग्दा उपचारमा समस्या भइरहेको प्राथमिक स्वास्थ्य केन्द्रले जानकारी दिए । बिगत चार दिन देखि फैलिएको झाडापखालकाले औरही ३ का ७ वर्षिय बालक वर्जुन यादवको ज्यान गएको छ । औरहीे गाविसको वडा नं. २, ३, ५ र ८ मा फैलिएको झाडापखालाले स्थानियहरु त्रसित भएका छन् । बिरामीहरुमा पेट दुख्ने, बान्ता हुने र पखाला लाग्ने लक्षणहरु देखापरका छन् । अस्पतालमा बेडको अभावले विरामीहरु चिसो भुुइँमै उपचार गराउन वाध्य रहेका छन् । यता, जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख दयाशंकरलाल कर्णले दुुषित पानी सेवनका कारण झाडा पखालाको रोगी बढेको हुुनसक्ने बताउनु भयो । जिल्ला स्वास्थ्य कार्यालय र स्थानीय प्राथमिक स्वास्थ्य चौकीले संयुक्त रुपमा उपचार गरिरहेको प्रमुख कर्णले बताए । पानी परीक्षणको लागि इपिडिमियोलोजी रोग नियन्त्रण महाशाखा काठमाडौं पठाएको तीन दिन वितिसक्दा समेत रोगको पहिचान हुुन नसक्दा रोग रोकिनुुको सट्टा बढ्दै गएको छ । विरामीहरुको संख्या दिन प्रति दिन बढ्दै गएपनि सम्बन्धित निकायले ध्यान नदिंदा स्थानीयहरु त्रसित बनेका छन् । यसतर्फ तत्कालै ध्यान नदिए हैजाको रुप लिन सक्ने स्थानीयहरुले आशंका गरेका छन् ।

सिरहामा फैलिएको झाडापखालले एकको मृत्यु, ३४ विरामी

Posted: 09 Nov 2016 08:30 PM PST

राम नारायण पंडित, सिरहा, २५ कार्तिक । सिरहामा फैलिएको झाडापखालको प्रकोपले एक बालकको मृत्यु भएको छ भने ३४ जना विरामी परेका छन् । झाडापखालाले मृत्यु हुनेमा औरही ३ का ७ वर्षिय वर्जुन यादव रहेको हो । सोमबारदेखि देखापरेको झाडापखाला जिल्लाको औरहीे गाविसको वडा नं. २, ३, ५ र ८ मा फैलिएको छ । विरामीहरुमा पेट दुख्ने, बान्ता हुने र पखाला लाग्ने जस्ता लक्षण देखिएको छ । झाडापखालाबाट बाल बालिका सवैभन्दा बढी प्रभावित भएका छन् । बिरामीहरुलाई एक घन्टामा नै ५÷६ पटक भन्दा बढी पटक पखाला लाग्ने गरेको उपचारमा संलगन चिकित्सकको भनाई रहेको छ । झाडा पखाला फैलिएपछि स्थानिय वासिन्दा त्रसित छन् । यता, जिल्ला जनस्वास्थ्य कार्यालय सिरहाले हैजा नभएको भन्दै सामान्य झाडापखाला भएकोले नआत्तिन सर्वसाधारणलाई अनुरोध गरेको छ । झाडा पखाला नियन्त्रणको लागि इपिडिमियोलोजी रोग नियन्त्रण महाशाखा काठमाडौं र जिल्ला स्वास्थ्य कार्यालय सिरहाको टोली गाउँमै पुगेर उपचार गरिरहेको जिल्ला जनस्वास्थ्य प्रमुख दयाशंकर लाल कर्णले जानकारी दिए । उनले पानीका कारण झाडा पखाला लागेको हुन सक्ने भएकोले पानी परीक्षणकोलागि काठमाडौं पठाईएको बताए । उनले झाडापखालको लागि जनस्वास्थ्यसँग प्रयाप्त औषधी रहेको पनि जनाए ।

about author

Blogger Sens it website about blogger templates and blogger widgets you can find us on social media
Previous Post :Go to tne previous Post
Next Post:Go to tne Next Post

No comments:

Post a Comment