/ , , , , , / आज साँझ अस्ताउँदो सुर्यलाई अर्घ दिईदै

आज साँझ अस्ताउँदो सुर्यलाई अर्घ दिईदै

२१ कार्तिक । मधेशका जिल्लाहरुमा अपार श्रद्धा भक्तिकासाथ आइतवार अस्ताउँदो सूर्यलाई अर्घ दिएर छठ पर्व मनाईदैछ ।सप्तरीका कोशी व्यारेज, सदरमुकाम राजविराजको भगवती पोखरी, कल्टु दास पोखरी, तुरुन्ती पोखरी, वैष्णवी काली मन्दिरलगायतका पोखरीहरुमा घाट निर्माण गरी छठ पर्व मनाईदैछ । यस्तै जिल्लाको ग्रामिण भेगमा समेत पोखरी तथा तलावमा अस्ताउँदो सूर्यलाई अर्घ दिएर छठ पर्व मनाईदैछ ।
यसैगरी सुनसरीका पत्रकार दिपेन्द्र यादवका अनुसार जिल्लाको विभिन्न ग्रामिण तथा शहरी क्षेत्र कोशी ब्यारेज, कोशी कटान, सुनसरी खोला, शिशुवा धरमपुर शाखा नहर लगायतका ठाउँमा छठको घाट निर्माण गरी बेहुली झैँ सजाईएको छ ।
नदीनाला, खोला, तलाउ, पोखरी छैन त्यहाँका स्थानियहरुले घर किनारको छेउमै पोखरी खनेर मोटर अर्थात पम्पसेटबाट पानीको व्यवस्था गरी छठ मनाउने तयारीमा जुटेको स्थानिय कृष्णा मेहताले जानकारी दिएका छन् । यस वर्ष छठको अवसरमा सुनसरीको रामनगरभुटाहा, कप्तानगंज, देवानगंज, अमडुवा, दुहवी, भोक्राहा, लौकही बसन्तपुर लगायतको क्षेत्रमा रात्री जाग्राम बस्नकालागि साँसकृतिक कार्यक्रमको आयोजना समेत गरिएको जनाईएको छ ।
धार्मिक विधि अनुसार छठ पर्व शुक्रबार अरवा अरवाईन खाएर शनिवार खर्ना गरिएको छ । आइतवार बेलुका अस्ताउँदो सुर्यलाई अर्घ दिई सोमवार विहान उदाउँदो सुर्यलाई ‘ओम सूर्यायै नमः, ओम भास्करयै नमः को मन्त्रोचारण गरी व्रतालुले सूर्यदेवको आराधना गरी अर्घ दिई पर्व समापन गरिनेछ ।
सूर्यको आराधनाबाट सुख समृद्धि र सन्तान प्राप्ति एंव चर्मरोग निको हुने जनविश्वास रहेको छ । यस पर्वलाई सामाजिक संस्कृतिका अभिन्न अङ्ग मानिएको पर्वमा सत्य, अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने विशेषता रहेको कारण मनाउनेहरुको संख्यामा दिनप्रति दिन बढ्दै गएको पाइएको छ ।
यस पर्वमा गहँुको पिठो र चामलको पीठोबाट ठकुवा र भुसवा, कसार, केरा, उखु मूल परिकार हुन्छ भने अन्य सामग्रीमा विभिन्न फलफूल, मेवा मिष्ठान्न, गेडागुडी, कन्दमूल, नरिवल, सुन्तला, दालचिनी, स्याउ, सिगहारालगायतका विभिन्न किसिमका वनस्पति समेत पूजामा राखिन्छ ।

about author

Blogger Sens it website about blogger templates and blogger widgets you can find us on social media
Previous Post :Go to tne previous Post
Next Post:Go to tne Next Post

No comments:

Post a Comment