/ , , , , / बौद्धिक समाज तथा सामाजिक जागरण मञ्च नेपाल उदघाटन

बौद्धिक समाज तथा सामाजिक जागरण मञ्च नेपाल उदघाटन

सप्तरी, २१ कातिक  ।  मधेशीको महान पर्व छठको अवसर पारेर सप्तरीे मल्हनियाँका बुद्धिजिवीहरुले बौद्धिक समाज तथा समाजिक जागरण मञ्च नेपालको उदघाटन गरेको छ । मल्हनियाँ २ मा गरिएको उक्त कार्यक्रमका प्रमुख अथितिका रुपमा सदभावनाका केन्द्रिय सदस्य एवं पुर्व कृषि मन्त्री मृगेन्द्र सिंह यादव एवं विशष्ट अथितिका रुपमा सिरहाका पुर्व मन्त्री राजलाल यादव रहेका थिए । 


उक्त कार्यक्रममा सदभावना नेता मृगेन्द्र एवं संघिय समाजवादीका राजलाल यादवले मिलेर एक साथ रिबन काटेका थिए भने पानसमा बत्ति बालेर नेता सिंह ले कार्यक्रमलाई मूर्त रुप दिएको थियो । ३ घण्टा लामो समय सम्म चलेको उक्त कार्यक्रममा बौद्धिक समाज तथा समाजिक जागरण मञ्च नेपालले वृद्ध वृद्धा, अपांग, सेवा निवृत कर्मचारीहरु गरी जम्मा ५१ जनालाई समाजिक कामको लागी मनोवल बढाउन सम्मान स्वरुप खादा एवं चादर वितरण गरेको थियो ।
सम्मान पानेमा ८० वर्ष देखी लिएर १०५ वर्ष सम्मका वृद्ध वृद्धा थिए । समाजका धरोहर ति वृद्ध वृद्धाहरु लाई पुर्व मन्त्री मृगेन्द्र सिंह यादव र राजलाल यादवको हात बाट सम्मान गरियोे। त्यस बाहेक पनि विभिन्न तप तपकाका व्यक्तित्व जो समाजिक काममा आफनो जिवन सर्मपण गरेका छन उनीहरुलाई पनि चादर दिई सम्मान गरियो ।

बौद्धिक समाज तथा समाजिक जागरण मञ्च नेपालमा गंगाराम यादव ९अध्यक्ष०, राम अवतार यादव ९सचिव०, दिगम्बर यादव ९कोषाध्यक्ष० , सत्य नारायण यादव ९सदस्य० गरी जम्मा ९ सदस्य कार्य समिति निर्माण गरिएको छ । गंगाराम यादवले आफनो संस्थाले समाजमा आईपर्ने विभिन्न अप्ठेराहरु लाई झेल्दै समाजिक उत्थानमा सक्रिय रहने दावी गरेका छन । त्यसैगरी कोषाध्यक्ष दिगम्बर यादवले यो संस्थाले विगत ५ वर्ष देखी अनवरत समाजसेवामा आफनो योगदान पुर्याएको जिकिर गरेका छन ।कार्यक्रममा सदभावनाका नेता रामेश्वर यादव, राजेश बरबरिया, सिरहा प्रेस मंचका अध्यक्ष मनोज बनैता, संघिय समाजवादीका नेता दयानन्द गोईत, प्रयाग यादव, रिता यादव लगायत हजारौ बुद्धिजिवी एवं सर्वसाधारणको उपस्थिति रहेको थियो ।

about author

Blogger Sens it website about blogger templates and blogger widgets you can find us on social media
Previous Post :Go to tne previous Post
Next Post:Go to tne Next Post

No comments:

Post a Comment