/ , , / संविधान संशोधनविरुद्ध एमाले सडकमा, संसद अवरुद्ध गर्ने निर्णय

संविधान संशोधनविरुद्ध एमाले सडकमा, संसद अवरुद्ध गर्ने निर्णय

काठमाडौं, १५ मंसिर, । प्रमुख विपक्षी दल नेकपा एमाले संविधान संशोधन विधेयकविरुद्ध सडकमा आएको छ । र, भोलिबाट संसद अवरुद्ध गर्ने निर्णय गरेको छ ।

एमालेको भ्रातृ संगठनहरुले राजधानीमा प्रदर्शन गरेका छन् । युवा र बिद्यार्थीको आहृवानमा भएको प्रदर्शनमा टायर समेत बालिएको थियो भने सवारी आवत(जावत समेत प्रभावित भयो ।

त्यसक्रममा प्रदर्शनकारीहरुले बा १ झ ८११३ नम्बरको सरकारी गाडीमा तोडफोड गरेका छन् ।

सविधान संशोधन प्रस्तावमा प्रदेश नम्बर ५ लार्इ विभाजन गरिएको भन्दै रुपेन्देही, अर्घाखाँची लगायतका जिल्लामा दिनभर प्रदर्शन भएको छ ।

संसद अवरुद्ध गर्ने निर्णय

बुधबार नै बसेको एमाले संसदीय दलको बैठकले भोलिबाट संसद अवरुद्ध गर्ने निर्णय गरेको छ । संविधान संशोधन विधेयक फिर्ता नहुँदासम्म संसद चल्न नदिने निर्णय गरेको सचेतक गोकुल घर्तीले जानकारी दिए ।

अस्वस्थ भएका कारण बैठकमा संसदीय दलका

नेता एवं पार्टी अध्यक्ष केपी ओली भने अनुपस्थित थिए । संसदीय दलको बैठकलाई सम्बोधन गर्दै एमाले उपाध्यक्ष बामदेव गौतमले बिहीबारदेखि संसदमा सशक्त ढंगले उत्रिन सांसदहरुलाई निर्देशन दिए ।

उनले एमालेको अवरोध शालिन र संयमित हुने बताए । गौतमले भने( एमालेको बिरोध सालिन हुनेछ । हामी खुर्सानीको धूलो लिएर संसदमा जाने छैनौं र कुर्सी भाँच्ने पनि छैनौं । तर भिड्न आउछन् भने चुप लागेर बस्ने पनि होइन,लड्ने हो ।

संसदीय दलका उपनेता सुवास नेम्वाङले संशोधन प्रस्तावको उद्देश्य नेपाललाई बहुराष्ट्रिय राज्य सावित गर्ने उद्देश्यले आएकाले कुनै हालतमा पारित हुन नदिने बताए ।

बैठकमा प्रमुख सचेतक भानुभक्त ढकालले बिहीबार संसद बैठक बस्नुअघि नै सांसदहरुलाई अनिवार्य रुपमा संसदमा उपस्थित हुन निर्देशन दिए । अनलाइनखबरबाट

about author

Blogger Sens it website about blogger templates and blogger widgets you can find us on social media
Previous Post :Go to tne previous Post
Next Post:Go to tne Next Post

No comments:

Post a Comment