Onlinesiraha-Nepali |
- लाहान सिटी टेम्पो संचालकहरु आन्दोलनमा :स्वतन्त्र रुपमा टेम्पो संचालन गर्न नदिएको आरोप
- आखिर किन महिलालाई प्रवेशमा रोक लगायो राजदेवी मन्दिरमा
- सिरहाको मालपोत अधिकृत ज्ञानराज लम्साल घुस लिदैगर्दा पक्राउ परे
- डिभी लोटरी भर्न सुरु, घरमै निशुल्क भर्ने तरिका
- सिरहा प्रहरी झाडुमा (फोटो फिचर )
- मन्त्री यादवले भने : मधेशीको समस्या समाधान नभए देशमा शान्ति कायम हुदैन
- आज दशैंको पाँचौ दिन, स्कन्दमाता भगवतीको पूजा गरिदै
- लहान आईकन — २०१६ की विनर हेलिना सिंह
लाहान सिटी टेम्पो संचालकहरु आन्दोलनमा :स्वतन्त्र रुपमा टेम्पो संचालन गर्न नदिएको आरोप Posted: 05 Oct 2016 06:36 AM PDT ऑनलाइन सिरहा डटकमले केहि देन अघि समाचार लहानमा ईरिक्साले भाडामा मनोमानी गरेपछि ,लहान सिटीले तोक्यो भाडादर (भाडादर सहित ) संप्रेसन गरेको एक हप्ता नबित्दै अर्को कुरा बाहिर आएको छ। सिटी टेम्पो संघले अफुहरुलाई सान्त र स्वतन्त्र संग टेम्पो (रिक्सा) चलाउन नदिएको भन्दै जुलुस रयाली निकालेका छन् । रिकसा चालकसङ्ग चालक पत्र मागेको भन्दै बिरोद रयाली निकलेका छन । जब कि यातायात ले त्यस्तो कुनै चालक पत्रको व्यवस्ता गरेको छैन भन्दै आरोप लगाउदै रियाली निकालेका छन । उता लहानका एक टार्फिकसंग सोध्दा "लहानमा सिटी सफारीले धेरै दुरघटना गर्दै आएको हुनाले " चालक पत्र मागेको कुरा बाहिर आयो। | ||
आखिर किन महिलालाई प्रवेशमा रोक लगायो राजदेवी मन्दिरमा Posted: 05 Oct 2016 04:12 AM PDT ![]() | ||
सिरहाको मालपोत अधिकृत ज्ञानराज लम्साल घुस लिदैगर्दा पक्राउ परे Posted: 05 Oct 2016 03:40 AM PDT सुरेन्द्र कुमार कामति सिरहा, असोज १९ गते । अख्तियारको टोलीले घुस सहित रंगेहात मालपोत कार्यालय सिरहाका प्रमुख अधिकृत ज्ञानराज लम्साललाई पक्राउ गरेको छ । विशेष सुराकीको आधारमा आएको अख्तियार टोलीले सेवाग्रहीसँग ४० हजार घुस लिदै गर्दा पक्राउ गरेको हो । सिरहा नगरपालिका १३ मल्हनीया गम्हरीयाका दिपु साहसँग ४० हजार घुस लिदै गर्दा पक्राउ गरेको हो । अख्तियार दुरुपयोग अनुसंधान कार्यालय इटहरीबाट आएको टोलीले प्रमुख लम्सालाई पक्राउ गरी लगेको छ । साहको हजुरआमा फूलोदेवीको नाउँमा गम्हरीया ४ को किता नम्बर २६७ मा ३ कट्ठा ६ धुर जग्गामध्ये १ कट्ठा जग्गा गायब भएको थियो । सोही जग्गाको लागि साहले नापी, मालपोत कार्यालयमा दौडधुप गरेपछि कार्यालय प्रमुख लम्सालले घुस माग गरेको थियो । घुस दिनुपूर्व साहले अख्तियारमा जानकारी गराएको बताए । प्रमुख लम्साल करिब २ बर्षदेखि सिरहाको मालपोत कार्यालय र भूमि सुधार कार्यालयको जिम्मेवारी सम्हाल्दै बसेका थिए । प्रमुख लम्सालको सरुवा भईसकेको छ । | ||
डिभी लोटरी भर्न सुरु, घरमै निशुल्क भर्ने तरिका Posted: 04 Oct 2016 10:55 PM PDT अमेरिकाको ग्रिनकार्ड पाउने सबैभन्दा सजिलो तरिका डिभी लोटरी भर्न पाउनेगरी फर्म खुलेको छ । इस्टर्न डेलाइट टाइम अनुशार मंगलबार अक्टोबर ४ तारिख दिउसो १२ बजेदेखि नोभेम्बर ७ सोमबार इस्टर्न टाइम अनुशार दिउसो १२ बजेसम्म डिभी लोटरी भर्न सकिनेछ । अर्थात् नेपाली समय अनुशार मंगलबार राती नौ बजेदेखि डिभी लोटरीको फर्म खुलिसकेको छ । डिभी लोटरी भर्दा नियममा यसपटक दुईवटा ठूला परिवर्तनहरु गरिएको छ । पहिलो, आवेदकहरुले डिभीको लागि फोटो खिच्दा चस्मा लगाउन पाइने छैन । दोश्रो, डिभी लोटरीका आवेदकहरुले विगतका बर्षहरुमा प्रयोग गरेको भन्दा फरक तस्विर प्रयोग गर्नुपर्नेछ । यदि चस्मा लगाएको तस्विर हालेर डिभी भरेमा वा विगतका बर्षहरुमा प्रयोग गरेको तस्विर प्रयोग गरेमा आवेदनहरु डिभी लोटरीका लागि अयोग्य हुनसक्नेछन् । त्यसपछि फोटो टुलमा क्लिक गरेर तपाईले आफ्नो फोटो अपलोड गरेर जाँच्न सक्नुहुनेछ । इच्छुक आवेदकका लागि महत्त्वपूर्ण जानकारी – आवेदन निशुल्क । -कन्सल्टेन्टको आवश्यकता नपर्ने । -फारम अनलाइन भर्नुपर्ने -एक जनाका लागि एउटा आवेदन । -हालसालै खिचिएको फोटो । -आफ्नो कन्फर्मेसन नम्बरलाई अवश्य सेभ र प्रिन्ट गर्नुहोस् । -आफ्नो कन्फर्मेसन नम्बर कसैलाई पनि नदिनुहोस् । -तपाईँ डिभीका लागि छनोटमा पर्नुभयो कि भएन भनी निर्धारण गर्ने एउटा मात्र विधि भनेको सन् २०१७ को मे २ मा www.dvlottery.state.gov मा गई आफ्नो कन्फर्मेसन नम्बर प्रवेश गर्नु हो । ![]() अमेरिकामा बस्ने नेपालीहरुले पनि डिभी लोटरीका लागि फर्म भर्न पाउने अमेरिकी सरकारले जारी गरेको निर्देशिकामा जनाइएको छ । यदि डिभी लोटरी पर्ने नेपाली संयुक्त राज्य अमेरिकामा भएमा त्यस्तो व्यक्तिले युएससीआईएससँग आफ्नो स्टेटस समायोजन गर्नुपर्छ । अध्यागमन तथा राष्ट्रियतासम्बन्धी ऐनको दफा २४५ को शर्तअनुसार जो व्यक्ति संयुक्त राज्य अमेरिकामा भौतिक रूपमा उपस्थित छन् उनीहरूले युएससीआईएसमा स्थायी बसोबासको लागि निवेदन दिन सक्छन् । युएससीआईएसलाई आफ्नो केसउपर कार्यवाही गर्नका लागि पर्याप्त समय दिनु पर्दछ ताकि उसले तपाईँको विदेशमा रहेको पति/ पत्नी वा २१ वर्ष मुनिका सन्तान लगायतको केसउपर आर्थिकबर्षभित्र नै सबै प्रक्रिया सम्पन्न गर्न सकोस् किनभने नयाँ आर्थिक बर्ष लाग्नासाथ जुन आर्थिक बर्षको डिभी कार्यक्रम हो, त्यसको अवधि समाप्त हुन्छ । कुनै पनि अवस्थामा सेप्टेम्बर ३० को मध्यरातपछि त्यो बर्षको डिभी कार्यक्रमको लागि भिसा नम्बर उपलब्ध नहुने जनाइएको छ । | ||
सिरहा प्रहरी झाडुमा (फोटो फिचर ) Posted: 04 Oct 2016 10:46 PM PDT सिरहा,१९ असोज । ६१ औं प्रहरी दिवश २०७३ को अवसरमा आज सिरहामा सरसफाई तथा वृक्षा रोपन कार्यक्रम सम्पन्न भएको छ । | ||
मन्त्री यादवले भने : मधेशीको समस्या समाधान नभए देशमा शान्ति कायम हुदैन Posted: 04 Oct 2016 10:20 PM PDT सिरहा, १९ असोज । मधेशीको समस्या सामाधान नभए देशमा शान्ति नआउने शान्ति तथा पुनः निमार्ण मन्त्री सीतादेवी यादवले वताएकी छिन् । ![]() कार्यक्रममा उपस्थित शस्त्र द्धन्द पिडित परिवारका सदस्यहरुले आफनो गुनासो राख्दै भने नेपाल सरकारले शस्त्र द्धन्दमा मारिएको र व्यपता भएको परिवारलाई राहत स्वरुप २ किस्तामा दिने गरेको पैसामा धेरैले नपाएको गुनासो गर्दै हामीहरुलाई दिएको पैसा सरकारले फिर्ता लिएर हरेक पिडित परिवारका १ जना सदस्यहरुलाई जागिरको व्यवस्था मिलाई दिन आग्रह गरेका थिए । पिडितका वच्चाहरुले पाउने छात्रवृति अहिले सम्म धेरै परिवारले नपाएको भन्दै उपलव्ध गराई दिन मन्त्रीलाई आग्रह गरेका थिए । कार्यक्रममा सिरहाका प्रमुख जिल्ला अधिकारी विजय नारायण मानन्धर, नेपाल प्रहरीका प्रहरी उपरीक्षक श्याम ज्ञवाली, शस्त्रका प्रहरी उपरीक्षक चन्द्र प्रसाद भट्ट, नेपाल रेडक्रस सोसाइटी सिरहा शाखाका सभापति राजदेव यादव, जिल्ला शिक्षा अधिकारी अरविन्द्र लाल कर्ण, स्थानिय शान्ति समितिका अध्यक्ष संजिव सिंह यादव, शान्ति समितिका पूर्व संयोजक एवं प्रेस काउन्सिल नेपालका सदस्य चन्द्र देब कामति लगायतको उपस्थित रहेको थियो । | ||
आज दशैंको पाँचौ दिन, स्कन्दमाता भगवतीको पूजा गरिदै Posted: 04 Oct 2016 10:08 PM PDT ![]() सिरहा, असोज १९ गते । दशैंको पाँचौ दिन आज स्कन्दमाता भगवतीको पूजा अर्चना गरिंदै छ ।भगवान स्कन्दकुमार कार्तिकेयको बालस्वरुपलाई सदैव काखमा राखी ममतामयी स्नेह प्रदान गर्ने हुनाले नवरात्रीको पाँचौ दिन यिनलाई स्कन्दमाताको नामबाट पुकार्ने गरिन्छ । चार हात मध्ये दायाँतर्फको माथिल्लो हातले स्कन्दकुमार कार्तिकेयलाई काखमा च्याप्दै बायाँतर्फको तल्लो हातमा कमलको फूल र माथिल्लो हातले बरमुद्रा धारण गर्ने यिनी पद्मासन सहित सिंहमा सवार रहन्छिन । सूर्य मण्डलकी अधिष्ठात्री देवी हुनाले यिनको वर्ण पनि सूर्यकै जस्तै देदिप्यमान हुन्छ । यसै अवसरमा देशभर आदिकालदेखि उत्पत्ति भइरहेका र प्रतिष्थापित अष्टमातृकाका विभिन्न शक्तिपीठमा हिन्दु धर्माबलम्बीहरुले आज श्रद्धाभक्तिपूर्वक नवदुर्गा भगवानीको दर्शन गरी पूजाअर्चना गरिरहेका छन् ।आज देशभरीका नवदुर्गाका मन्दिर र शक्तिपीठहरुमा भक्तजनहरुको भीड लागेको छ । राजधानीभित्र गुहेश्वरी, मैतिदेवी, दक्षिणकाली, कालिकास्थान, शोभा भगवती, तलेजुभवानी, विजेश्वरी, नक्साल भगवती, भद्काली र इन्द्रायणीसहितका देवी दुर्गाका शक्तिपीठहरूमा दर्शनार्थीहरू बढेका हुन् ।उपत्यका बाहिर सिरहा ,धनुषा, रौतहट, बारा, पर्सा गोरखाको मनकामना, सप्तरीको छिन्नमस्ता, कंकालनी मन्दिरमा , सखरा भगवती पोखराको विन्ध्यावासिनीसहितका मन्दिरमा पनि भक्तालुहरूको घुईंचो लागेको छ । | ||
लहान आईकन — २०१६ की विनर हेलिना सिंह Posted: 04 Oct 2016 01:44 PM PDT ![]()
लहानको पशुपति सिनेमा हंलमा भएको ग्रान्ड फाईनलमा २७ प्रतियोगि सहभागी भएका थिए । जसमा रोशिका चौधरी फस्ट रनअफ भएकी छीन् । यसैगरी सेकेन्ड प्रियंका साह, थर्ड नन्दनी गुप्ता र फोस्र्थ रनअफ अनिमा श्रेष्ठ भएकी छीन् । विनर भएका लहान आईकनलाई १० हजार रुपैयां र विभिन्न कम्पनीबाट गिफ्ट प्रदान गरिएको छ । त्यसैगरी फस्ट रनलाई ७ हजार, सेकेन्डलाई ५ हजार, थर्डलाई ३ हजार र फोर्थलाई २ हजार नगद प्रदान गरिएको छ । ![]() ![]() ![]() ![]() ![]() |
You are subscribed to email updates from Online Siraha. To stop receiving these emails, you may unsubscribe now. | Email delivery powered by Google |
Google Inc., 1600 Amphitheatre Parkway, Mountain View, CA 94043, United States |
No comments:
Post a Comment