Onlinesiraha-Nepali |
- म्यानपावरले अब एजेन्ट राख्न नपाउने
- श्रीनिवास चाैधरीकाे गीतकाे म्युजिक भिडियाे सार्वजनिक
- लहानको सहिद चौकमा गाडी दुर्घटना
- सिरहाको इटर्वामा पोखरीमा डुबेर एक युवकको मृत्यु
- लहानको बिधुत कार्यालय नजिकको नहरमा एकजना महिलाको लास भेटियो ।
- उद्योग वाणिज्य संघ मिर्चैयाको सपथग्रहण सम्पन्न
म्यानपावरले अब एजेन्ट राख्न नपाउने Posted: 04 Oct 2016 04:45 AM PDT ऑनलाइन सिरहा डटकम असोज १८ । वैदेशिक रोजगारीमा ठगी गर्ने क्रम बढेपछि सरकारले म्यानपावर कम्पनीले एजेन्ट राख्न नपाउने व्यवगस्था गरेको छ । वैदेशिक रोजगार ऐन २०६४ को संशोधित मस्यौदामा म्यानपावर एजेन्ट राख्न नपाउने व्यवस्था गर्न लागिएको हो । श्रम तथा रोजगार मन्त्रालयले वैदेशिक रोजगारसम्बन्धी ठगीमा म्यानपावर एजेन्सीभन्दा एजेन्टको बदमासी बढी देखिएको भन्दै यस्तो व्यवस्था संशोधन गर्न मन्त्रालयका सहसचिव सूर्यप्रसाद श्रेष्ठको संयोजकत्वमा गठित ऐन संशोधन सुझाव समितिले पछिल्लो समयमा म्यानपावर एजेन्सीभन्दा एजेन्ट विरुद्ध ठगीको उजुरी बढी परेकाले एजेन्ट राख्न नपाइने व्यवस्था गरेको छ । राष्ट्रिय योजना आयोगका पूर्वसदस्य तथा वैदेशिक रोजगार विद्द डा गणेश गुरुङलेगरेको अध्ययनमा पनि कामदारहरु तहतहका एजेन्टबनट ठगिने गरेको देखिएको थियो । |
श्रीनिवास चाैधरीकाे गीतकाे म्युजिक भिडियाे सार्वजनिक Posted: 04 Oct 2016 03:35 AM PDT गायक श्रीनिवास चौधरीको कर्णप्रिय आवाजमा सजिएको 'सायौँ डाँडा कटिगए गयौँ एक्लै पारेर' भन्ने गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। लक्ष्मी शर्माको शब्द रहेको उक्त गीतको चार वर्षपछि म्युजिक भिडियो बनेको हो। कपिलवस्तुका विभिन्न ठाउँमा छायाँकन गरिएको भिडियोमा रहिश शाह, ऐलिना रिजाल र पुनम सुनारले अभिनय गरेका छन्। गीतमा विकास चौधरीले संगीत भरेका छन्। गिरिस रिजालको निर्देशनमा बनेको भिडियोलाई हिम सम्झौता डिजिटलले बजारमा ल्याएको छ। स्रोत:थारुवान हेर्नुस् भिडियो: |
लहानको सहिद चौकमा गाडी दुर्घटना Posted: 04 Oct 2016 12:30 AM PDT |
सिरहाको इटर्वामा पोखरीमा डुबेर एक युवकको मृत्यु Posted: 03 Oct 2016 10:38 PM PDT सिरहाको इटर्वामा पोखरीमा डुबेर सोमबार साँझ एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा इटर्वा–७ निवासी २४ वर्षीय अनुज यादव रहेको प्रहरीले जनाएको छ । घरनजिकै रहेको पोखरीमा नुहाउनेक्रममा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय लहानले जनाएको छ । यस्तै, सिरहाको सुखीपुर नगरपालिका–९ निवासी ७० वर्षीया डोमी साहको अचानक लडेर मृत्यु भएको छ । लहान नगरपालिका– १४ भिसा टोलस्थित सुरेश चौधरीको खेतमा काम सकेर सोमबार घर फर्किनेक्रममा अचानक लडेर साहको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय लहानले जनाएको छ । |
लहानको बिधुत कार्यालय नजिकको नहरमा एकजना महिलाको लास भेटियो । Posted: 03 Oct 2016 10:21 PM PDT |
उद्योग वाणिज्य संघ मिर्चैयाको सपथग्रहण सम्पन्न Posted: 04 Oct 2016 12:10 AM PDT राम नारायण पंडित, सिरहा, १८ असोज । रामनगर मिर्चैया उद्योग वाणिज्य संघ मिर्चैयाको शपथग्रहण तथा पद–स्थापन कायक्रम सम्पन्न भएको छ । यहि असोज १० गते सम्पन्न भएको निर्वाचनबाट निर्वाचित उद्योग वाणिज्य संघ मिर्चैयाका कार्यकारिणी समितिको सपथग्रहण तथा पद–स्थापन कार्यक्रम सोमबार समपन्न भएको छ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारकाको प्रमुख आतिथ्य र बरिष्ठ उपाध्यक्ष शेखर गोल्छाको बिशिष्ठ आतिथ्यमा सपशग्रहण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा अतिथिको रुपमा नेपाल उद्योग बाणिज्य महासंघका सगरमाथा अञ्चल प्रतिनिधि अशोक अग्रवाल र नेपाल पत्रकार महासंघ सिरहा शाखाका अध्यक्ष देब कुमार यादब लगायतका उपस्थिति रहेको थियो । यहि असोज १० गते सम्पन्न उद्योग बाणिज्य संघ मिर्चैयाको निर्बाचनले हरी शंकर साहको प्यानलले गणेश प्रसाद साह प्यानललाई पराजित गर्दै भारी मतले बिजय भएका थिए । यता, नव निर्वाचित कार्यसमितिको सोमबार नै बसेको बैठकले कार्ययोजनाहरुको सम्बन्धमा छलफल गरि नयाँ संकल्पका साथ मिर्चैया उद्योग बाणिज्य संघलाई थप सुब्यवस्थित र उचाईमा पुर्याउने प्रतिवद्धता व्यक्त गरेका छन् । कार्यक्रममा बिभिन्न राजनितिक दलका प्रतिनिधि, ब्यापारी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानियबासी, संचारकर्मी लगायतका उल्लेखनिय सहभागिता रहेको थियो । |
You are subscribed to email updates from Online Siraha. To stop receiving these emails, you may unsubscribe now. | Email delivery powered by Google |
Google Inc., 1600 Amphitheatre Parkway, Mountain View, CA 94043, United States |
No comments:
Post a Comment