/ Undifined / Onlinesiraha-Nepali

Onlinesiraha-Nepali

Onlinesiraha-Nepali


लहान साइन्स एंड आर्ट फेयर भव्यताको साथ सम्पन्न (फोटो फिचर )

Posted: 23 Oct 2016 08:30 AM PDT

लहानमा सनिवार साइन्स एंड आर्ट फेयर भव्यताको साथ सम्पन्न  भएको छ। लहानको पूर्व-विद्यार्थी र बज्रसक्ति  युथ कलबले  आयोजना  गरेको फेयरमा करिब २०० स्टल राखिएको थियो र २१ स्कुल सहभागी भएको थियो। करिव दस हजार दर्सक हेर्न आएको आयोजकको अनुमान छ। उक्त फेयरमा विद्यार्थीहरुले जे.सी.वि बुल्डोज़र ,घर ,मिथिला पेंटिंग जस्ता पर्दसन गरेको थियो। लिटिलस्टार उच्च मावि  प्रांगणमा सम्पन्न भएको फेयरमा  लिटिलस्टार उच्च मावि,लहान मनोकामना ,स्वस्तिक पठ्सला ,मोडेल स्कुल ,लक्क्षम ललिता कुसवाहा  ,गुरुकुल पठ्सला ,लोट्स स्कुल,लहान मेर्री चिल्द्रीन ,सरदा ,जस्ता स्कुलहरुका विद्यार्थीहरु सहभागी भएको थियो। 

सिरहामा यस वर्ष उत्पादनमा भारी वृद्धि हुने

Posted: 23 Oct 2016 07:40 AM PDT

सिरहा,७ कार्तिक । सिरहामा यस वर्ष धान उत्पादनमा वृद्धि हुने भएको छ । वर्षाले साथ दिएपछि समयमै रोपाई भएका कारण विगतको अनुपातमा यस वर्ष धान उत्पादनमा वृद्धि हुने अनुमान गरिएको हो । जिल्लाको कुल ७३ हजार ९ सय १३ खेती योग्य जग्गामध्ये यस पटक ६० हजार ७ सय ५० हेक्टर ९९० प्रतिशत० मा धान रोपाई भएको जिल्ला कृषि विकास कार्यालय सिरहाले जानएका छन् ।रोपाईपछि पनि भएको वर्षाले सिंचाईका लागि सुविधा हुँदा धान उत्पादनमा वृद्धि हुने जिल्ला कृषि विकास कार्यालयका प्रमुख राम लखन मंण्डलले वताए । यसपालि ३ मेट्रिक टन प्रति हेक्टरका दरले उत्पादन हुने अनुमान गरिएको योजना अधिकृत हरिशचन्द्र पंडितको भनाई छ । उनका अनुसार यस वर्ष कुल १ लाख ८२ हजार २ सय ५० मेट्रिक टन धान उत्पादन हुने अनुमान छ । समयमा वर्षा हुँदा गत वर्षको तुलनामा यस पटक वढि क्षेत्रफलमा धान रोपाई भएको छ । जसका लागि कृषि विकास कार्यलयले समय मै विउ र किटनाशक औषाधिहरु उपलव्ध गराएको थियो । 

सिरहामा जंगली हातीको आतंक स्थानिय त्रसित

Posted: 23 Oct 2016 05:01 AM PDT

सिरहा,कार्तिक ७ गते । सिरहामा जंगली हात्तीले आतंक मच्याएका छन् । सिरहा जिल्लाका भारत संग जोडिएका नाका वरियापटी छेउबाट आएका चार ओटा हात्तीले आतंक मच्याएका छन् ।
हात्ती शनिबार विहान गाँउ घर हुदै महेवा, गोठ चौक , निमचौक,जिरोमाईल हुदै जंगल तर्फ गएको जिल्ला  वन कार्यालय सिरहाका जिल्ला वन अधिकृत शिलानाथ झाले बताए ।

उहाको अनुसार उक्त हात्तीले कुनै पनि मानविय छति नभएको बताए साथै हात्तीहरुलाई प्रहरी,स्थानिय र शस्त्र वन सुरक्षाकर्मीहरुले जंगल तर्फ पठाएको टे.सु ब्रहमदेब यादबले बताए ।
साथै जन समुदायमा कुनै पनि त्यस्तो जंगली जनावरहरु देखेमा जिल्ला वन कार्यालय ,ईलाका वन कार्यालय अथवा नजिकको प्रहरी चौकी मा जानकारी गराउन समेत आग्रह गरे ।

about author

Blogger Sens it website about blogger templates and blogger widgets you can find us on social media
Previous Post :Go to tne previous Post
Next Post:Go to tne Next Post

No comments:

Post a Comment