Onlinesiraha-Nepali |
झिझिया नाचभित्र गालीगलौज हटाउन जोड़ Posted: 08 Oct 2016 08:52 AM PDT सिरहा, २२ असोज । पूर्वी मधेशमा झिझिया नाच विशेष रुपमा मनाउंने गरेको छ । यस पौराणिक नाचमा समाजलाई नपच्ने किसिमको गालीगलौजले विकृति बढाउंन थालेको छ । यस्ता विकृति ( तोरा बेटाके खेबौं ) जस्ता गीतमा संशोधन गर्नुपर्ने र यसलाई आधुनिकतर्फ लैजानुपर्ने आजको माग रहेको मानव अधिकारकर्मी राजकुमार राउत बताउंछन् । सोहीक्रममा मधेशको मिथिलाको प्रचलित लोक नाच भिझियाको संरक्षण, सम्वद्ध तथा प्रवद्धनमा सहयोग पुर्याउने उदेश्यका साथ विहीबार साँझ सिरहामा आयोजित झिझिया फेस्टिबल २०१६ सम्पन भएको छ । कार्यक्रममा विभिन्न भिझियाँ नाच प्रदर्शन गरी सो फेस्टिबल मनाइएको हो । झिझिया फेस्टिबल २०१६ को मुख्य आयोजक समितिले सिरहाको चउमावी को प्रांगनमा आयोजना गरिएको सो फेस्टिबलको प्रमुख अतिथिको रुपमा रहेका सांसद बिरेन्द्र महतो ढोल बजाएर झिझिया फेस्टिवल उदघाटन गरेका थिए । उद्घाटन पछि महतोले झिझिया लोक सास्कृतिसंग गासिएकोले यसको संरक्षणका लागी सम्बिधानमै उलेख गर्नुपर्ने । संबिधानमा उलेख नभएसम्म हामी चुप लागेर बस्न सक्दैनौ भनी प्रमुख अतिथि सांसद महतोले बताए । वुशिस्ट अतिथि सिरहाका प्रमुख जिल्ला अधिकारी बिजय नारायण मानन्धर र प्रहरी प्रमुख श्याम लाल ज्ञावली अतिथिहरू पत्रकार महासंघ सिरहा शाखाका सभापति देव कुमार यादव एमालेका जिल्ला अध्यक्ष प्रमोद यादव लगायत अन्य पार्टीका प्रतिनिधिहरु सामुदायिक सेवा केन्द्रका उपाध्यक्ष नबीन यादव लगायत हजारौ दर्शकको उपस्थिति रहेको आयोजकले बताएका छन । फेस्टिवलमा झिझिया नृत्य निर्णायक समितिमा पत्रकार महासंघका सभापति देब कुमार यादव,धीरेन्द्र प्रियमर्शी लगायतका ४ सदस्य रहेका थिए । सो फेस्टिवलमा झिझिया नाचमा पहिलो हुने सनेचरी देवी कामतलाई उपहार स्वरुप १५ हजार दिस्रो हुने सनेचरी दासलाई १० हजार तेस्रो हुने कारी देवीलाइ ७ हजार ५ सय चौथो हुने समुन्द्री देवी पासमानलाई ५ हजार लगायत ७ जनालाई पुरस्कृत गरेको आयोजले जनाएका छन । |
स्वस्थ र क्षमतावान जनशक्तिको लागि खेलकुदलाई प्राथमिकता दिनुपर्छ ः सांसद यादव Posted: 08 Oct 2016 07:55 AM PDT दिनेश्वर गुप्ता लहान, २२ असोज । म खेलकुदबाट राजनीतिकमा आएको हुं, खेलाडीप्रति मलाई औंधी माया छ सांसद रामचन्द्र यादवले बताउंनुभयो । खेल जगतलाई आगाडि बढाउंने प्रतिबद्धता गर्दै सिरहा क्षेत्र नम्बर ४ का सांसद रामचन्द्र यादवले आज धनगढीमाई नगरपालिकामा देवकुमार मगर स्मृति फुटवल प्रतियोगितामा विजय खेलाडीलाई पुरस्कार वितरण गर्दै सो कुरा उहांले बताउंनुभयो । सांसद यादवले स्वस्थ जनशक्ति र क्षमतावान युवा बनाउंनको निम्ति खेलकुदलाई नै प्राथमिकताका साथ अगाडि बढाउंनुपर्ने आवश्यकता रहेको बताउंनुभयो ।आज देशका स्वस्थ जनशक्तिको अभावले उत्पादनमा कमि आएको छ । हामी आयात गरेर मालसमान उपयोग गरिरहेका छौं , जब आफ्नै उत्पादन गर्न सक्ने क्षमतामा जोड दिंदै सांसद यादवले स्वस्थ जनशक्तिलाई वैदेशिक रोजगार जतिको तलब स्वदेशमै दिएर आधुनिक नेपाल बनाउंनुपर्ने बताउंनुभयो । देवकुमार स्मृति फुटवल प्रतियोगिता असोज १४ गतेदेखि शुरु भएर २१ गते सांसद यादवका प्रमुख आतिथ्यमा सम्पन्न भएको हो । सो प्रतियोगितामा ८ टिम सहभागी भएका थिए । जसमा गोलबजार प्रथम विजेता भएका छन् भने बर्दिवास २ गोल गरेर दोस्रो विजेता भएका थिए । गोलबजारले बर्दिवास विरुद्ध ४ गोल गरेर प्रथम विजेताको रुपमा अगाडि बढेका छन् । आज भएको फाइनल खेलमा म्यान अफ दी म्याच, उत्कृष्ट गोलकिपर, उच्च गोलकर्ता, उत्कृष्ट खेलाडीहरुलाई नगद तथा प्रमाणपत्र प्रदान गरिएको थियो । सो फुटवल प्रतियोगितामा बानो, वागमती, बेलटार, कटारी, बिरेन्द्र बजार र आयोजक टिम जिरोमाईल समेत सहभागी भएका थिए । |
You are subscribed to email updates from Online Siraha. To stop receiving these emails, you may unsubscribe now. | Email delivery powered by Google |
Google Inc., 1600 Amphitheatre Parkway, Mountain View, CA 94043, United States |
No comments:
Post a Comment