काठमाडौं, ५ कात्तिक । युरोप पठाउछु भन्दै मोटो रकम असुली गर्ने एक जनालाई महानगरीय अपराध महाशाखाले पक्राउ गरेको छ। ३२ जनाबाट २ करोड १५ लाख गठी गर्ने सोलुखुम्बु तिलङघाट ६ घर भइ पेप्सिखोला बस्ने नारायण खड्कालाई पक्राउ गरिएको महाशाखा प्रमुख एसपी प्रकाशजंग कार्कीेले जानकारी दिए।
उनले काठमाडौंको तीनकुनेमा हाइलिंक एजुकेशन कन्सल्ट्यान्सी र जव प्लेसमेन्ट सेन्टर खोलेर ३२ जनाबाट २ करोड १५ लाख गठी गरेको महाशाखाका डिएसपी होबिन्द्र बोगटीले जानकारी दिए।
उनले दिल्ली, बैंकक, मकाउ हुदैँ रसिया र त्यहाँबाट पोर्चुगल पठाउने भन्दै प्रतिव्यक्तीबाट १४ लाखसम्म लिएको बोगटीले बताए। उनले पठाएका मानिसहरु अहिले मकाउ, बैंकक, दिल्ली लगायतका स्थानमा अलपत्र परिरहेका छन्। काभ्रेबाट पक्राउ गरेर उनीमाथि थप अनुसन्धान भइरहेको डिएसपी बोगटीले बताए। सेतोपाटी
No comments:
Post a Comment