कैलाली, ५ कात्तिक । दाह संस्कार गर्न आर्यघाट लगिएको शव हत्याको आशंकामा प्रहरीले लिएर पोष्टमार्टम गरेपछि आफन्तलाई बुझाईएको छ। शव परीक्षणपछि आफन्तले शवको अन्तिम संस्कार गरेका छन्। धनगढी उपमहानगरपालिका– २ पुरानो भन्सार रोडका ४० वर्षीय नारायण उपाध्यायको शवलाई मोहना आर्यघाटबाट प्रहरीले नियन्त्रणमा लिई परीक्षण लागि सेती अञ्चल अस्पतालमा पुर्याएको थियो।
उपाध्यायको एकाएक मृत्यु भएको र चितामा राख्ने तयारी गरेका बेला मुख, नाक र कानबाट रगत आएको देखेर छिमेकीले प्रहरीलाई खबर गरेपछि आर्यघाट पुर्याइएको शव प्रहरीले नियन्त्रणमा लिएको थियो।
हत्याको आशङ्कामा मृतककी श्रीमती दुर्गा उपाध्याय र उनको नाता पर्ने सालो विमल उपाध्यायलाई पक्राउ गरिएको छ। उनीहरु दुवैलाई कर्तव्य ज्यान अन्तर्गत मुद्धा चलाई म्याद थप गरिएको प्रहरीले जानकारी दिएको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक राजेन्द्र विष्टले कर्तव्य ज्यान मुद्धामा ७ दिने म्याद थप गरेको बताए। आईतबार सरकारी वकिल समक्ष दुवै जनाको वयान लिईने उनले बताए। त्यसपछि मात्रै आधिकारीक तथ्य बाहिर आउने प्रहरीले जनाएको छ।सेतोपाटी
No comments:
Post a Comment