काठमाडौं, २३ असोज । काठमाडौंको शान्ति सुरक्षा चुस्त दुरुस्त राख्न नेपाल प्रहरीले विशेष सुरक्षा कार्यायोजना बनाएको छ। राजधानी बाहिरिनेको संख्या बढेसंगै संभावित चोरीडकैती र आपराधिक क्रियाकलाप नहोस् भनेर नेपाल प्रहरीले विशेष शान्ति सुरक्षा कार्ययोजना ल्याएको हो।रिपोटर्स क्लबमा आईतबार आयोजित एक कार्यक्रमा महानगरीय प्रहरी आयुक्त अतिरिक्त प्रहरी महानिरीक्षक प्रतापसिंह थापाले चोरीडकैतीलगायत घटना नहोस् भन्ने विषयमा प्रहरी चनाखो रहेको स्पष्ट पारे। उनले राजधानीबाट बाहिर जाने यात्रुबाट ठगिएको पैसा फिर्ता गरेको मात्रै १० लाख रुपैयाँ असुली भएको जानकारी दिए। राजधानी बाहिर जाने क्रममा सवारी संचालकबाट यात्रु ठगिने गरेकाले त्यस्ता गुनासो सुनुवाईको लागि प्रहरीले विभिन्न १२ स्थानमा प्रहरी सेवा केन्द्र राखेको छ। प्रहरी अतिरिक्त महानिरीक्षक थापाले अत्यन्तै तयारीका साथ रहेकाले यसपटक चाडवाड लक्षित अप्रिय घटना नहुने दाबी समेत गरे। उनले शान्ति सुरक्षा कायम गर्न प्रहरीको एक्लो प्रयासले मात्रै नहुने भएकाले सबै नागरिकलाई यथास्थानबाट सहयोग पुर्याउन आग्रह समेत गरे।
No comments:
Post a Comment