काठमाडौं, २३ असोज । भ्रष्टाचारविरुद्ध डा. गोविन्द केसीले राखेका मागमा ऐक्यबद्धता जनाउँदै प्रधानमन्त्री निवास बालुवाटार अगाडि आयोजित भद्र आन्दोलन क्रममा आइतबार व्यंग्यात्मक नाटक मञ्चन गरिएको छ।नाटकमा अख्तियार प्रमुख लोकमान सिंह कार्की मास्टर रहेर नेताहरूले सांगीतिक कुर्सी खेलाए। सुरुमा नेताहरूले कुर्सी तानातान गर्दै एकअर्कालाई हातपात गर्न थाले। केही छिनपछि कार्कीले आफ्नै इसारामा खेल अघि बढाए।विवेकशील नेपालीद्वारा आयोजित यो कार्यक्रम झन्डै एक घन्टा चलेको थियो। सुरुमा सहभागीहरूले देशभक्ति गीत गाएका थिए। यो भद्र आन्दोलन दसैंको टीकाको दिनसम्म जारी रहने विवेकशील नेपालीले जनाएको छ।
No comments:
Post a Comment