
नोबेल पुरस्कार समितिले बिहिबार पुरस्कार घोषणा गरेको हो।
ुअमेरिकी गीतको महान् परम्परामा काव्यिक अविव्यक्ति सिर्जना गरेकोु भन्दै समितिले उनलाई पुरस्कार दिने घोषणा गरेको हो।
अमेरिकाको मिनेन्सोटाका बासिन्दा डिलेन सन् १९४१मा जन्मिएका हुन्। सन् १९५९ मा आफ्नो सांगितिक करियर सुरु गरेका उनी अहिलेसम्म पनि उत्तिकै क्रियाशील छन्।
उनका अधिकांश गीतहरूमा अमेरिकाको समस्याको इतिहास पाइन्छ। डिलनलाई मानवअधिकारवादी र युद्धविरोधी सर्जक तथा कलाकारका रुपमा चिन्ने गरिन्छ।
उनका विभिन्न किसिमका एक सय एल्बम बजारमा आएका छन्। एजेन्सी
No comments:
Post a Comment